काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कान्तिपुर प्रतिष्ठान शाखालाई अनिश्चितकालका लागि निलम्बन गरेकाे छ । शुक्रवार बसेको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले कान्तिपुर प्रतिष्ठान शाखाले महासङ्घको विधान विपरीत क्रियाकलाप गरेकोले अनिश्चितकालका लागि निलम्बन गरेकाे हाे ।
महासंघले कान्तिपुर मिडियाको व्यवस्थापनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासचिव रोशन पुरीले जानकारी दिए । कान्तिपुर प्रतिष्ठान शाखाले महासङ्घको विधान विपरीत क्रियाकलाप गरेपछि स्पष्टीकरण सोधिएकाे र शाखाले दिएको जवाफ चित्त बुझ्दाे भएकाे उनकाे भनाइ छ । विधानको प्रतिकूल हुने खालको कुराहरू देखिसकेपछि थप आन्दोलनलाई अघि बढाउन शाखा निलम्बन गर्नुपर्ने आवश्यकता भउकाेले तत्कालका लागि कान्तिपुर शाखालाई निलम्बित गरिएकाे पुरीकाे भनाइ छ ।
कान्तिपुर व्यवस्थापनका विरुद्ध फेरि अर्को चरणको आन्दोलन गर्ने निर्णय भएको पनि पुरीले बताए । महासङ्घले आगामी मङ्सिर १० गतेसम्मका लागि आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ । कान्तिपुरमा सम्पादकीय स्वतन्त्रता नै सङ्कुचनमा परेको बताउँदै महासचिव पुरीले धर्ना लगायतका विभिन्न आन्दोलनका कार्यक्रम राखिएको जानकारी दिए ।
८२ जना पत्रकारहरूलाई कान्तिपुरले कानुन विपरीत निष्कासन तथा अवैध तरिकाले सरुवा गर्ने काम गरेको भन्दै पत्रकार महासङ्घले विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्दै आइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...
फाल्गुन २७ गते, २०८२ - २०:१९
काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन् । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...
फाल्गुन २७ गते, २०८२ - २०:१३
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...
फाल्गुन २७ गते, २०८२ - २०:०८
काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...
फाल्गुन २७ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...
फाल्गुन २७ गते, २०८२ - १९:५८
भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...
फाल्गुन २७ गते, २०८२ - १९:४६
जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...
फाल्गुन २७ गते, २०८२ - १९:३९
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...
फाल्गुन २७ गते, २०८२ - १९:१५
भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...
फाल्गुन २७ गते, २०८२ - १९:०८
काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...



प्रतिकृया लेख्नुहोस्: