Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

देउसीभैलो खेलेको रकमले धारा निर्माण

खबरडबली संवाददाता

रुकुम पश्चिम ।  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ मा देउसि भैलो खेलेको रकमबाट खाने पानीको धारा निर्माण गरिएको छ । सोहि वडा जंगल गाँउका युवा युवतीहरूले गत बर्षको देउसि भैलो खेलेको रकमबाट जंगल गाँउ र चाईनाबगर बिचको जंगलमा खाने पानीको धारा स्थापना गरेका हुन् ।

जंगलगाउँका शालिग्राम विकको नेतृत्वमा रहेको ३१ जनाको टिमले गत साल भैली खेलेको र उनिहरूले अन्य थोरै रकम थप गरी ५१ हजार लगानीमा उक्त धारा निर्माण गरिएको वडा अध्यक्ष पुनले बताए । उनिहरूले मुहान देखी ५ सय ५० मिटर पाईपको ब्यबस्था गरी पिउने पानीको धारा स्थापना गरेको सानीभेरी गाउँपालिका १ का वडा अध्यक्ष टेक बहादुर पुनले जानकारी दिए । हेर्दा सामान्य देखिए पनि यो समाज प्रतिको सकरात्मक कार्य भएको उनले बताए । पहिला पैदल यात्रीलाई पिउने पानीको समस्या थियो तर अहिले धारा निर्माण भए पछि धैरै सहज भएको उनको भनाइ छ ।

पहिले देउसी भैलोबाट संकलित रकम भोजभतेर खाने प्रचल रहेतापनि अहिलेका पुस्ताले विकास निमार्ण संग जोडिएर स्रहानिय कार्य गरेको स्थानियको भनाई रहेको छ । पछिल्लो सयमा खेलिने देउसी भैलो निश्चित उद्देश्य प्राप्तीका लागि खेलिने भएकाले भोज भतेर खाने चलनको विस्तारै अन्त्य हुदै जान लागेको छ । शिक्षा, स्वास्थय खानेपानी, बाटो निमार्ण लगायत अन्य क्षेत्रमा देउसी भैलाबाट उठेको रकम लगानी भईरहेको छ ।

यस्तो सामाजिक कार्य अझै भैरहने आशा व्यक्त गर्दै सम्पुर्ण सहभागी टिमलाई वडा कार्यालयले बिषेश धन्यवाद दिएको छ । जंगलगाउँका युवा युवतीले यसवर्ष पनि देउसीभैलो खेलेर अर्को कुनै सिर्जनशिल कार्यमा लगानी गर्ने योजना बनाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

ग्यास छैन कि वितरण बिग्रियो ? बजारमा हाहाकारबीच निगमको यस्तो दाबी

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending