पाँचथर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयसमशेर राणाले नयाँ पार्टीले गाली गर्न मात्र जानेको बताएका छन् । नेपाली कांग्रेस पाँचथरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपालगायतका पार्टीले संसदभित्र र बाहिर अरु पार्टीलाई गाली गरेर समय बिताउने गरेको आरोप लगाएका हुन् ।
काम गर्न जान्नेले अरुलाई गाली नगर्ने राणाले तर्क गर्दै उनले भने ‘देशमा सुशासन छैन । भ्रष्टाचारले देश थलिएको सबैलाई थाहा छ ।’ रास्वपाप्रति इंगित गर्दै राणाले भने, ‘यस्तो अवस्थाबाट देशलाई सुधार्ने विकल्पको बारेमा अलमल भएको छ । देश बनाउने हो भने उत्तम विकल्पका साथ आउनुपर्छ । हल्ला र गालीले देश बन्दैन ।’
सम्बोधनकै क्रममा राणाले देशको शासन प्रणाली नै अलमलिएकाले मुलुकको अर्थतन्त्र र भविष्य नै अलमलिएको बताए । ‘देशको भविष्य नै अलमलमा परेको बेला प्रधानमन्त्रीको ध्यान सरकार टिकाउनमा मात्रै छ,’ राणाले भने, ‘अरु ठूला दलका शीर्ष नेताहरुको ध्यान पनि प्रधानमन्त्री कसरी बन्ने भन्नेमा मात्र छ ।’
ठूला दलका शीर्ष नेताहरुमा देशको चिन्ता नभएकाले अवस्था बिग्रिएको राणाले तर्क गरे । स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने राणाको जोड थियो । ‘देशको निकाशका लागि प्रत्यक्ष निर्वाचित प्रधामन्त्री बनाउन कांग्रेस तयार हुनुपर्छ,’राणाले भने, ‘अहिलेको आवश्यकता प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हो ।’
वर्तमान गठबन्धनको कुरा गर्दै राणाले बाध्यताले मात्र प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्नु परेको उल्लेख गरे । फिदिमस्थित शनिबारेमा रहेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस पाँचथरका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: