पाँचथर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयसमशेर राणाले नयाँ पार्टीले गाली गर्न मात्र जानेको बताएका छन् । नेपाली कांग्रेस पाँचथरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपालगायतका पार्टीले संसदभित्र र बाहिर अरु पार्टीलाई गाली गरेर समय बिताउने गरेको आरोप लगाएका हुन् ।
काम गर्न जान्नेले अरुलाई गाली नगर्ने राणाले तर्क गर्दै उनले भने ‘देशमा सुशासन छैन । भ्रष्टाचारले देश थलिएको सबैलाई थाहा छ ।’ रास्वपाप्रति इंगित गर्दै राणाले भने, ‘यस्तो अवस्थाबाट देशलाई सुधार्ने विकल्पको बारेमा अलमल भएको छ । देश बनाउने हो भने उत्तम विकल्पका साथ आउनुपर्छ । हल्ला र गालीले देश बन्दैन ।’
सम्बोधनकै क्रममा राणाले देशको शासन प्रणाली नै अलमलिएकाले मुलुकको अर्थतन्त्र र भविष्य नै अलमलिएको बताए । ‘देशको भविष्य नै अलमलमा परेको बेला प्रधानमन्त्रीको ध्यान सरकार टिकाउनमा मात्रै छ,’ राणाले भने, ‘अरु ठूला दलका शीर्ष नेताहरुको ध्यान पनि प्रधानमन्त्री कसरी बन्ने भन्नेमा मात्र छ ।’
ठूला दलका शीर्ष नेताहरुमा देशको चिन्ता नभएकाले अवस्था बिग्रिएको राणाले तर्क गरे । स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने राणाको जोड थियो । ‘देशको निकाशका लागि प्रत्यक्ष निर्वाचित प्रधामन्त्री बनाउन कांग्रेस तयार हुनुपर्छ,’राणाले भने, ‘अहिलेको आवश्यकता प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हो ।’
वर्तमान गठबन्धनको कुरा गर्दै राणाले बाध्यताले मात्र प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्नु परेको उल्लेख गरे । फिदिमस्थित शनिबारेमा रहेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस पाँचथरका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...



प्रतिकृया लेख्नुहोस्: