Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

सामान्य किराना पसलेको खातामा कहाँबाट आयाे २० करोडभन्दा बढी रुपैयाँ ?

खबरडबली संवाददाता

काठमाडौं। झापाकाे दमक नगरपालिका घर भएका एक सामान्य युवकको खातामा अस्वाभाविक परिमाणमा पैसा रहेको पाइएको छ । ३० वर्षीय युवक पिन्टुकुमार साहको बैंक खातामा २० करोड रुपैयाँ भन्दा बढी रकम रहेको भेटिएको हो ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले खातामा शंकास्पद रकम देखिएपछि गत असोजको दोस्रो साता उनलाई नियन्त्रणमा लिएको थियो । तीन साता लामो अनुसन्धानमा उनले अनलाइन जुवा (सट्टेबाजी) खेलेर रकमको कारोबार गरेको खुलेको छ ।

साहको झापाको दमकमा किराना पसल छ । ६ महिना अघि मात्र उनी सट्टेबाजीमा लागेको खुल्छ । वानएक्स वेट लगायतका एपबाटसट्टेबाजी गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । आफूले मोबाइलमा आउने विज्ञापनमार्फत सट्टेबाजी गर्ने गरेको र अरुलाई पनि खेल गराउने गरेको प्रहरीसँगको बयानमा साहले स्वीकारेका छन् ।

उनले सट्टेबाजी खेल्न आउने मानिसलाई सानिमा बैंक, सिद्धार्थ बैंक, एक्सल डेभलपमेन्ट बैंक, सिटिजन्स, मुक्तिनाथ बैंक, कामना विकास बैंक, नेपाल एसबीआई लगायतका बैंकहरुका खाता पैसा हाल्न लगाएर कारोबार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। खेल जितेपछि उनले लगानीको दोब्बर गरेर दिने गरेका थिए।

यी बैंकहरुमा उनले २० करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको देखिएको छ। तर आफूले ६ महिनाको अवधिमा ३ लाख रुपैयाँ मात्र कमाएको र व्यक्तिगत खर्च गरेर सकेको बताएका छन् । अनलाइन जुवा गैरकानुनी भएको भन्ने थाहा नभएको समेत बताएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरेर उनीविरुद्ध सट्टेबाजीमा सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

ग्यास छैन कि वितरण बिग्रियो ? बजारमा हाहाकारबीच निगमको यस्तो दाबी

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending