Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

यूनाइटेड सहकारीको लुटः १५ लाखको ऋण दिएर ७ करोडको घर–जग्गा कब्जा

खबरडबली संवाददाता

काठमाडौं ।  पुतलीसडकको यूनाइटेड बचत तथा ऋण सहकारीले पूर्वी–रुकुम पुथाउत्तर गंगा गाउँपालिका १० स्थायी निवासी सुरेन्द्र पुनको काठमाडौंको बालाजुमा रहेको करिब ७ कारोडको घरजग्गा मिलेमतोमा कब्जा गरेको पीडितले बताए । बुधबार संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट न्यान् तथा कानुन् विभागले पत्रकार सम्मेलन् गरी भण्डाफोर गरेको छ ।

करिब १२ वर्ष जापानमा श्रम गरेर कमाएको रकमले लिएको घर अदालत,मालपोत, वडाकार्यालय र वकिलहरुसँग मिलेमातो गरेर सो सहकारील लिलाम गरेको पीडित पुनले आरोप लगाएका छन् ।  पीडित वैदशिक रोजगारको क्रममा जापान रहेको समय २०६१ सालमा सहोदर भाई पञ्च पुनले दाजु सुरेन्द्रको नाममा रहेको घर–जग्गा आफू स्वयम सुरेन्द्र भएको किर्ते हस्ताक्षर र ल्याप्चे किर्ते गरी ऋण लिएको अदालतले समेत पुष्टि गरेको छ ।

ऋण लिदाको समयमा सहकारीले सुरेन्द्रको घरलाई दृष्टिबन्दक राखेर भाई पञ्च पुनले ५ लाख,निरन्जन प्रसाद शर्माले ५ लाख र दिपेन्द्र उप्रेतिले ५ लाख बाँढेको जिल्ला अदालत काठमाडौंलेसमेत पुष्टि गरिसकेको छ । २०६३ सालमा निज सुरेन्द्र जापानबाट फर्किएपछि आफ्नो घरजग्गा किर्ते जालसाजी गरेर सहकारीमा रहेको थाहा पाएपछि सहकारीमा सोधिखोजि गर्दा तत्काल ऋणको दोब्बर बढी ३२ लाख तिर्न भनि घरमा पत्र पठाएको पीडितले बताए । सहकारी समक्ष आफूले ऋण नलिएको बरु भाईले किर्ते गरेको भन्दा नमानेपछि न्यायको लागि काठमाडौं जिल्ला अदालतमा मुद्धा लडेको बताए । 

करिब ७ वर्षपछि अदालतमा ल्याप्चे तथा हस्ताक्षर किर्ते पुष्टि भएपछि  पीडितको पक्षमा फैसाल गरे पनि सहकारी पुनः त्यसवीरुद्ध उच्चअदालत गएपछि मिलेमतोमा मुद्धा उल्ट्याएको आरोप पीडितको छ । त्यसपछि पीडित न्यायको निम्ति सर्बोच्च अदालतमा गए,सर्बोच्चले किर्ते तथा ठगी कुनै नभएको बरु लेनदेनमार्फत मिलापत्र गर्नु भनि पुनः जिल्ला अदालत फर्काएको पीडित बताउँछन् ।

यसरी १८ वर्षदेखि अदालतमा मुद्धा चलिरहँदा गत भदौमा सहकारीले कानुनी मर्यादालाई तोड्दै घरजग्गा लिलाम गरी आफूलाई सडकमा पुर्याएको पीडित दुःख व्यक्त गरे । कतै न्याय नपाएपछि बाध्य भई आमरुपमा न्याय माग्न र पीडा सार्बजनिक गर्न विवश भएको सुरेन्द्र बताउँछन् ।

पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको न्याय तथा कानुन विभागका प्रमुख कृष्ण धमाला‘गम्भिर’ले सुरेन्द्रले पाएको अन्यायर अत्याचारले आफ्नो पार्टीलाई गम्भिर बनाएपछि पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको बताए । सो पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका धमलाले कानुनी राज्य भनिएको देशमा न्यायालय समेतको मिलेमतोले आफूलाई दुःखी तुल्याएको बताउँदै भने,“अदालत,मालपोत,वकिल,सहकारी मिलेर पीडितलाई आत्मदाहसम्म गर्न बाध्य बनाउनेहरुलाई हाम्रो पार्टीले छाड्दैन ।”

सो पार्टीका नेता जुनतारा मगरले विदेशबाट खुन–पशिना बगाएर कमाएको परिश्रमबाट आर्जेको सम्पत्ति गलत बाटोबाट हडपेकोले पीडितलाई न्याय दिने प्रतिबद्धता जाहेर गरे । हाकाहाकी सोझासाझा सुरेन्द्रजस्ता हजारौं जनताको जग्गा जमिनलाई लिलाम गर्ने विरुद्ध पार्टी खरो उत्रने बताउँदै भने,“कानुन तथा न्याको गला रेट्दै कथित युनाइटेड सहकारी, मालपोत,वकील र वडा कार्यालयका मान्छेहरुलाई सडकमा पछार्ने दिन टाढा छैन ।”

अभियान्ता पुण्य गौतमले सुरेन्द्र हाम्रो समाजको एक प्रतिनिधी पीडित पात्र मात्रै रहेको र यस्ता हजारौं निश्चल र निश्छल जनता दिनदिनै माफियाहरुको चंगुलमा पर्ने हुँदा न्याका लागि सबै एक हुन पर्ने धारणा राखे । गौतमले सुरेन्द्रको न्यायका निम्ति युनाइटेड सहकारी देखी मालपोतसम्म घेर्न तयार रहने प्रतिबद्धता जाहेर गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

ग्यास छैन कि वितरण बिग्रियो ? बजारमा हाहाकारबीच निगमको यस्तो दाबी

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending