काठमाडौं । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रतिगमनको विरोध लगायत विषयमा काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था सम्बन्धमा अध्यक्ष प्रचण्डले गम्भीर चिन्ता व्यक्त गर्दै देशी विदेशी प्रतिगामी शक्तिहरू षडयन्त्रमुलक ढंगले विद्यमान उपलब्धिहरुलाई उल्टयान खोज्ने, अस्थिरता र अराजकता पैदा गराई मुलुकमा संकट निम्त्याउन खोज्ने प्रवृत्तिहरू देखिएको उनले ब्रिफिङ गरेका छन् ।
विशेष अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जवस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा आगामी मंसिर २२ गते सडक प्रर्दशन गर्ने गरी माओवादीले मातहतका कमिटीमा ६ बुँदे परिपत्र जारी गरेको छ ।
‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जवस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढिकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ’, परिपत्रमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - १६:५९
काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...
श्रावण २७ गते, २०८३ - १६:४८
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...
श्रावण २७ गते, २०८३ - १६:३९
काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...
श्रावण २७ गते, २०८३ - १६:२३
काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...
श्रावण २७ गते, २०८३ - १५:४६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...
श्रावण २७ गते, २०८३ - १५:३१
काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...
श्रावण २७ गते, २०८३ - १५:२८
सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...
श्रावण २७ गते, २०८३ - १५:२१
विराटनगर। कोशी प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिने भएका छन्। केन्द्रमा नेपाल कम्युनिस्ट पार्टी (...
श्रावण २७ गते, २०८३ - १५:०४
काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले र नेकपाले नेकपा मसालसँग दुईबुँदे सहमति गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संय...
श्रावण २७ गते, २०८३ - १४:५१
काठमाडौं । थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर...



प्रतिकृया लेख्नुहोस्: