विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेसँग छलफललाई तिब्रता दिएका छन् । सोमबार एमाले नेताहरूसँग छलफल गरेका कार्कीले अहिले सरकारमा सहभागी दलकै सरकार निरन्तर हुने सङ्केत गरे ।
असोज २७ गते एमालेका ३९ र नेपाली काँग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री चयन भएका कार्कीले सरकार गठनमा पनि त्यहीँ अनुसार अगाडि बढ्ने अडान लिएका छन् । कोशी प्रदेशको अङ्क गणितले एमाले बाहेकको सरकारले काम गर्न नसक्ने बताउँदै उनले सरकारलाई प्रभावकारी बनाउन एमाले चाहिने धारणा राखेका छन् ।
नेकपा एमाले कोशी प्रदेश सभाका प्रमुख सचेतक रेवतिरमण भण्डारीले सोमबारको छलफलमा सम्पूर्ण विषय टुङ्गो नलागेको बताएका छन् । मंगलबारको छलफलमा सरकारमा मन्त्रालयको भागबन्डा देखि न्यूनतम साझा कार्यक्रम लगायत विभिन्न विभागको समेत टुङ्गो लाग्ने बताए । केही दिनभित्र मन्त्रालय बिस्तार हुने बताउँदै भण्डारीले अब प्रदेश सरकारले गति लिने विश्वास व्यक्त गरे ।
कात्तिक १ गते एमाले, काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले कार्कीलाई विश्वासको मत दिएका थिए । केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले मुख्यमन्त्री कार्कीलाई एमाले विनाको मन्त्रिपरिषद् विस्तार गर्न निरन्तर दबाब दिँदै आएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बारम्बार एमालेलाई सरकार छाड्न आग्रह गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: