Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

इजरायलीको खोजीमा रुसी विमानस्थलमा आक्रमण, ६० जना पक्राउ

खबरडबली संवाददाता

मस्को  । मुस्लिम बहुल ककेसस गणतन्त्र दागेस्तानमा एक विमानस्थलमा हमला गरेको आशङ्कमा ६० जनालाई पक्राउ गरिएको रुसी प्रहरीले सोमबार बताएको छ । प्रहरीका अनुसार उनीहरूले यहुदी यात्रुहरूमाथि हमला गर्ने प्रयास गरिरहेका थिए ।

‘अल्लाहु अकबर’ (ईश्वर सबैभन्दा महान् छन्) भन्ने नारा लगाउँदै दर्जनौँ प्रदर्शनकारी आइतबार मखाचकाला विमानस्थलमा ढोका र अवरोधहरू तोडेर धावनमार्गमा आएका थिए । आन्तरिक मन्त्रालयले शान्ति कायम गर्ने प्रयास गर्दा नौ प्रहरी घाइते भएको र तीमध्ये दुई जनालाई अस्पतालमा भर्ना गरिएको बताएको छ ।

हिंसाका कारण इजरायलले आफ्ना नागरिकहरूको सुरक्षाका लागि रुससँग आग्रह गरेको छ । अमेरिकाले भने ‘यहुदी विरोधी प्रदर्शन’ को निन्दा गरेको छ । उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ ले तेल अविवबाट रेड विङ्ग्सको एउटा उडान आइतबार साँझ ७ बजे मखाचकालामा अवतरण भएको सङ्केत दिएको छ ।

स्वतन्त्र रुसी मिडिया आउटलेट सोताका अनुसार उक्त विमान ट्रान्जिटका लागि अवतरण भएको र दुई घण्टापछि पुनः मस्कोका लागि उडान भर्न लागेको थियो । दागेस्तानका गर्भनर सर्गेई मेलिकोभले उक्त घटनामा जिम्मेबार व्यक्तिहरूलाई सजाय दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । दागेस्तानको आन्तरिक मन्त्रालयले पछि ६० जनालाई पक्राउ गरिएको जानकारी दिएको थियो ।

“हमलामा एक सय ५० भन्दा बढी सहभागी भएको पहिचान भएको छ, तीमध्ये ६० जनालाई पक्राउ गरिएको छ”, मन्त्रालयले सोमबार बिहान एक विज्ञप्तिमा भनेको छ, “अहिले विमानस्थल सुरक्षाकर्मीको पूर्ण नियन्त्रणमा छ ।” रुसको उड्डयन कार्यालयले सुरुमा नोभेम्बर ६ सम्म विमानस्थल बन्द हुने बताएको थियो तर पछि मङ्गलबार पुनः खोल्ने जानकारी दिएको थियो ।

आइतबार साँझ इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले एक विज्ञप्तिमा भनेको थियो, “रुसी अधिकारीहरूले सबै इजरायली नागरिक र यहुदीहरूको रक्षा गर्नेछन्, दङ्गाकारीविरुद्ध निर्णायक कारवाही गर्नेछन् र यहुदी तथा इजरायलीहरू विरुद्ध हिंसा भड्काउनेविरुद्ध कारवाही गर्नेछन् भन्नेमा इजरायलको अपेक्षा छ ।” 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE