काठमाडौं । यही कार्तिक १४ गतेदेखि काठमाडौंमा फ्लोरा एक्स्पो हुने भएको छ । नर्सरी व्यवसायी संघ, नेपालले कार्तिक १४ गतेदेखी १८ गतेसम्म ५ दिने तिहार फ्लोरा एक्स्पो २०८० गर्न लागेको हो ।
भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा फूल तथा बत्तिको विशेष पर्व तिहारलाई लक्षित गर्दै देशका विभिन्न भागबाट नर्सरी व्यवसायीहरुको सक्रिय सहभागितामा एक्पो गर्न लागिएको संघले जनाएको छ ।
यस मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरुलगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादीत विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने छ ।
मेलामा ६० वटा व्यवसायीक स्टल रहनुको साथै मलखाद, अर्गानिक एवं रसायनिक विषाधी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने आयोजकले जनाएको छ ।
मेलाको आकर्षणको रुपमा प्रदर्शित फूल विरुवाको प्रस्तुतीको सम्बन्धित क्षेत्रको विज्ञ प्राविधिकद्वारा मुल्याइन गराई नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।
व्यवसायमा क्रियाशिल व्यवसायीहरुमध्येबाट १ जनालाई सम्मान पत्रद्वारा सम्मान गरिने छ । नर्सरी क्षेत्रमा आयातीत वस्तुको प्रतिस्थापनको लागि बृहत लगानीबाट उत्पादनमा सबै व्यवसायीहरुमध्येबाट १ जनालाई नगद, दोसल्ला तथा सम्मान पत्रबाट सम्मान गरिने कार्यक्रम गरिनेछ ।
यस मेलामा कम्तीमा ३० हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
मेला अवलोकन गर्न चाहाने सर्वसाधारणको लागि प्रतिव्यक्ति १ सय र विद्यार्थीहरुका लागि प्रति व्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...
श्रावण १४ गते, २०८३ - ०९:१५
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...
श्रावण १४ गते, २०८३ - ०९:१३
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...
श्रावण १४ गते, २०८३ - ०९:०१
काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...
श्रावण १४ गते, २०८३ - ०८:५६
काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...
श्रावण १४ गते, २०८३ - ०८:५२
काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...
श्रावण १४ गते, २०८३ - ०८:५०
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...
श्रावण १४ गते, २०८३ - ०८:४५
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...
श्रावण १४ गते, २०८३ - ०८:३७
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...



प्रतिकृया लेख्नुहोस्: