काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाल (नेपाली सेना र प्रहरी) ले विश्वशान्तिका लागि खेलेको भूमिकाप्रति मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
आइतबार चार दिने नेपाल भ्रमणमा आएका महासचिव गुटरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, मौसम परिवर्तन र नेपालले विश्व समुदायमा शान्तिप्रक्रियामा खेलेको भूमिकाबारे छलफल भएको छ ।
भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता सौहाद्रपूर्ण वातावरणमा दुईपक्षीय हितकाबारेमा कुराकानी भएको बताए । ‘नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा छ । यसलाई टुंगोमा पुर्याउन राष्ट्रसंघको भूमिका आवश्यक छ’, प्रचण्डले भने, ‘भेटवार्ता बडो सौहार्दपुर्ण वातावरणमा दुईपक्षीय हित र राष्ट्रिय अन्तराष्ट्रिय महत्वका विषयमा विश्वासका साथ छलफल भयो ।’
भेटपछि प्रधानमन्त्री प्रचण्डले आफु खुसी र सन्तुष्ट रहेको बताए । ‘किनभने नेपालको राजनीतिक उत्तरचढाव र नेपालको शान्ति प्रक्रिया र मौसम परिवर्तनको असरबारे पनि उहाँलाई धेरै कुरा थाहा छ । नेपाल (नेपाली सेना र प्रहरी) ले विश्वशान्तिका लागि खेलेको भूमिकामा उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो’,
प्रधानमन्त्री प्रचण्डले क्लाइमेट चेन्जका कारण परेको असरबारे गम्भीर रुपमा छलफल भएको बताए । ‘मौसम परिवर्तनका विषयमा हामीले गम्भीर रुपले चर्चा गर्यौ र नेपालमा मौसम परिवर्तनको नकारात्मक परिणाम छ त्यसलाई कम गर्नका लागि अन्तराष्ट्रिय समुदाय त्यसमा पनि संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँले खेलेको भूमिकाको उच्च प्रसंशा गर्यौ’, प्रचण्डले भने, ‘आउने दिनमा अझ ठुलो सहयोगको अपेक्षा गर्यौ ।’ त्यसैगरी प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटरेसबीच नेपालको शान्ति प्रक्रियाका बारेमा समेत छलफल भएको छ ।
‘नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा छ । त्यसलाई टुंगोमा पुर्याउन पनि अन्तराष्ट्रिय समुदाय र संयुक्त राष्ट्र संघको महासचिवको हैसियतले उहाँको महत्वपूर्ण भूमिका हुने कुरा पनि हामीले गर्यौ’, प्रचण्डको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: