भरतपुर । दसैं बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन्।
दसैंअघि सुनसान रहेका होटलदसैंपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन्। सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन्।
दसैं सुरू भएपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन्।
क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्त मात्रामा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा निरास पर्यटन व्यवसाय चाडबाड सुरू भएसँगै पुन: आशावादी भएको बताए।
'दसैंअघि सौराहा सुनसान जस्तै थियो,' उनले भने, 'पर्यटकीय सिजन सुरू भएसँगै पर्यटक बढ्न थालेका छन्।'
देशमा बढ्दो अर्थतन्त्रको समस्याले कतै आन्तरिक पर्यटकको संख्यामा पनि कमी आउने हो कि भन्ने चिन्तामा रहेका व्यवसायीलाई दसैंको माहोलले भने केही उत्साहित बनाएको गिरीले बताए।
उनले दसैंपछि सौराहाका सबै होटल पर्यटकले भरिभराउ भएको जानकारी दिए।
आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्दै जाँदा सुस्ताउँदै गरेको सौराहाको पर्यटनलाई पुरानै लयमा फर्काउने राम्रो संकेत दिएको सौराहाका पर्यटन व्यवसायी वासु ढुंगाना बताउँछन्। उनले दसैंमा पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको बताए।
दसैंको टीकापछि सौराहामा झनै पर्यटक बढेका छन्। शुक्रबार साँझ सौराहामा थामिनसक्नु भीड थियो। सौराहाको ड्याम(साइटका रेस्टुरेन्ट तथा होटल भरिभराउ थिए। होटल हर्मिटेजका सौराहाका सञ्चालक रमेश रेग्मीले आन्तरिकसँगै सौराहामा बाह्य पर्यटक बढेको बताए।
उनले बाह्य पर्यटक आउने समय भएका कारण पनि सौराहामा चहलपहल बढेको भन्दै व्यवसायमा केही उत्साह थपेको बताए। उनका अनुसार रसिया, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायत देशबाट घुम्नका लागि पर्यटक यहाँ आएका छन्।
पछिल्लो समय नेपालीमा घुम्ने संस्कृतिको विकास भइरहेको छ। सौराहामा विदेशीभन्दा स्वदेशी पर्यटकको संख्या बढ्दो छ। दसैंका बेलामा घुम्नुपर्छ भन्ने मान्यताले पर्यटकीय क्षेत्र स्वदेशी पर्यटकले नै भरिराउँछ देखिन्छ।
आन्तरिक पर्यटक मिता आचार्यले दसैं बिदाको समय पारेर सौराहा घुम्न आएको बताइन्।
'निकुञ्जमा जिप सफारी र राप्ती नदीमा डुंगा सयर गर्यौं,' उनले भनिन्।
त्यस्तै अमेरिकाबाट घुम्न आएका पर्यटक एन्जेलाले चितवन निकुञ्जका वन्यजन्तुले र चराचुरूंगीले मन लोभ्याएको बताइन्। यहाँको प्राकृतिक वातावरणमा घुम्न पाउँदा मन आनन्दित भएको पनि उनले बताइन्।
सौराहा वरपर साना तथा ठूला गरेर एक सय ५० होटल छन् भने ५० भन्दा बढी रेस्टुरेन्ट छन्। सौराहामा चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीका साथै डुंगा सयर, हात्ती सफारीका लागि पर्यटक आउने गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार गत वर्ष निकुञ्जमा स्वदेशी तथा विदेशी गरी करिब तीन लाख पर्यटकले भ्रमण गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...
पौष १२ गते, २०८२ - १२:२१
सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...
पौष १२ गते, २०८२ - १२:१७
बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...
पौष १२ गते, २०८२ - ११:१५
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...
पौष १२ गते, २०८२ - १०:५८
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...
पौष १२ गते, २०८२ - १०:४९
सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् । भीषण वर्ष...
पौष १२ गते, २०८२ - १०:३६
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...
पौष १२ गते, २०८२ - १०:२६
रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...




प्रतिकृया लेख्नुहोस्: