पर्वत । सदियौँदेखि दाहसंस्कार गर्ने पवित्र कालीगण्डकी नदी किनारको घाटनै गायब भएपछि यहाँका बासिन्दालाई समस्या परेको छ ।
पर्वतको जलजला गाउँपालिका–८ नागलीवाङस्थित फर्सेमा रहेको शिवालय चौपारीघाटबाट वर्षायामको बाढीसँगै अवैधरुपमा बालुवा र ढुङ्गा उत्खनन गरिएपछि घाटनै गायब भएको स्थानीय हेमबहादुर खत्रीले जानकारी दिए ।
किनारमा रहेको शिवालय चौपारीघाटको संरचना पूरै गायब भएपछि अहिले शव दाहसंस्कार गर्न समस्या परेको उनले बताए । अवैध दोहनकै कारण नदी किनारमा एक सय ५० मिटरमा फैलिएको झण्डै एक रोपनी क्षेत्रफलको घाटको अहिले नाम निसानासमेत छैन र सोही स्थानबाट नदी बगिरहेको छ ।
नदीको अवैध दोहनका कारण किनारमा रहेको शिव माध्यमिक विद्यालय, स्वास्थ्य चौकी भवन, कृषिउपज केन्द्रको भवनलगायत मानव बस्तीसमेत जोखिममा पर्न थालेको छ । उक्त क्षेत्रका नागरिकको मृत्युपछि दाहसंस्कार गर्ने पवित्र शिवालय घाटबाट एक्साभेटर प्रयोग गरी बालुवा र गिट्टीसहित ढुङ्गा निकाल्दा जमिनको सतह गहिरो र साँघुरो भई घाट नै हराएको हो । यहाँका बासिन्दाले चाडपर्वमा कालीगण्डकीमा स्नान गर्ने गरेको स्थान पनि गायब भएको छ ।
सर्वोच्च अदालतले नदी दोहन रोक्न दिएको आदेशपछि स्थानीय जलजला गाउँपालिका र कुश्मा नगरपालिकाले ठेक्का लगाउनसमेत पाएका छैनन् । यसका कारण पनि नदी किनारका ठाउँ ठाउँमा उत्खनन बढ्दै गएको छ । खत्रीका अनुसार क्रसर व्यवसायीसँगको मिलेमतोमा अवैध ढङ्गले नदीबाट नदीजन्य पदार्थ निकालेर किनारमा रहेको बस्ती नै जोखिममा पार्ने काम भएको छ ।
स्थानीय तारा रेग्मीले दोहन गर्नेहरुलाई रोक्न प्रशासनले पनि नसक्नु रहस्यमय रहेको बताए । पटक पटक घाटको संरचना उत्खनन नगर्न अनुरोध गरेको भए पनि सुनुवाइ नभएपछि गाउँले सबै जुटेर एक्साभेटरसहित बालुवाले भरिएका टिप्पर नियन्त्रणमा लिएका थिए । स्थानीय प्रशासन, प्रहरीले कालीगण्डकी नदीमाथि भइरहेको अवैध दोहनलाई बेवास्ता गरेपछि आफू नै नदी जोगाउन लागिपरेको रेग्मीले बताए ।
कालीगण्डकी नदी आसपास रहेका क्रसर व्यवसायीले अवैधरूपमा नदीजन्य पदार्थलाई एक्साभेटर, डोजर, लोडर जस्ता ठूला मेसिन प्रयोग गरी दोहन गर्दै आएका हुन् । गण्डकी प्रदेश सरकारले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा सञ्चालन व्यवस्थित गर्न तयार गरेको कार्यविधि–२०७५ अनुसार राष्ट्रिय वन, आरक्षण क्षेत्र, संवेदनशील क्षेत्रबाट उत्खनन गर्दा डोजर, एक्साभेटर, लोडर जस्ता भारी उपकरण प्रयोग गर्न बन्देज लगाइएको छ ।
अन्य क्षेत्रको हकमा स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएबमोजिम मेसिन तथा औजार मात्र प्रयोग गर्न पाइने उल्लेख छ । नदीको दोहन अहिले पनि जारी छ । कालीगण्डकी नदी आसपासका किनारमा रहेका क्रसर उद्योगमा बालुवा, ढुङ्गा र गिट्टीका ठूला पहाड जत्रा थुप्रा देख्न सकिन्छ ।
पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम आचार्य भने स्थानीय स्रोत साधनको उपभोग, नियन्त्रण तथा नियमन गर्ने अधिकार स्थानीय सरकारकै भएकाले प्रशासनले अवैधरुपमा उत्खनन गर्नेलाई पक्राउ गरेर जलजला गाउँपालिका र कुश्मा नगरपालिकामा बुझाउने गरेको बताए ।
लुकीछिपी र अवैधरुपमा उत्खनन गर्नेलाई पनि कानुनअनुसार कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: