कास्की । वरिष्ठ कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान पोखरा ३, नदीपुरको बालमन्दिर नजिकै घाँस काट्ने क्रममा लड्दा कलाकार घिमिरे घाइते भएका हुन् ।
उनको हाल पोखराको मणिपाल अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको र रिपोर्ट आउन बाँकी रहेको उनका छिमेकी प्रेम शेरचनले जानकारी दिए । घिमिरेले घरमा गाई पाल्दै आएका छन् । उनको दैनिकी गोठबाटै सुरु हुन्छ । आज बिहान भने घिमिरे प्रेम शेरचन र गायक विनोद बानियाँसँगै मर्निङ वाकमा निस्केका थिए।
भलामबाट फर्किएपछि उनी सोझै घर गए । उमेरले केही जेठा तर अभिन्न मित्र प्रेम शेरचनका अनुसार मर्निङ वाकको क्रममा प्रकाशले गाईले बहर खोजेको र कृतिम गर्भाधानको लागि भेटेनरी डाक्टरलाई बोलाएको कुरा गरेका थिए।
‘फर्कँदै गर्दा भेटेनरी डाक्टरको फोन आयो, प्रकाश घर गयो । बिहान खाजा पनि सँगै खाएको हो,’ शेचरनले भने, ‘त्यसपछि ऊ घाँस काट्न गयो । म कुखुरालाई दाना बनाउँदै थिएँ, ऊ घाँस काट्दै थियो । पर्खालको ब्लक समातेर डालेघाँस काट्ने क्रममा एक्कासी ब्लक नै भत्किएर ऊ तल खसेर गम्भीर घाइते भयो।’
प्रकाश प्रेमको घर नजिकै घाँस काट्ने क्रममा लडेका हुन् । कलाकार प्रकाश घिमिरे घाइते भएसँगै देश विदेशबाट उनको स्वास्थ्यलाभको कामना गरिएको छ । पोखराका मेयर धनराज आचार्यले उनको स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कसर बाँकी नराखिने बताएका छन्।
लोकप्रिक कलाकार घिमिरे अभिनित चलचित्र ‘भष्मे डन’ अहिले देशभरको फिल्म हलमा चलिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...
फाल्गुन २७ गते, २०८२ - २०:१९
काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन् । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...
फाल्गुन २७ गते, २०८२ - २०:१३
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...
फाल्गुन २७ गते, २०८२ - २०:०८
काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...
फाल्गुन २७ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...
फाल्गुन २७ गते, २०८२ - १९:५८
भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...
फाल्गुन २७ गते, २०८२ - १९:४६
जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...
फाल्गुन २७ गते, २०८२ - १९:३९
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...
फाल्गुन २७ गते, २०८२ - १९:१५
भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...
फाल्गुन २७ गते, २०८२ - १९:०८
काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...



प्रतिकृया लेख्नुहोस्: