Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

रुसी सेनामा कार्यरत बर्दियाका विवेक खत्री युक्रेनी सेनाको कब्जामा

खबरडबली संवाददाता

काठमाडौं । रुसी सेनामा कार्यरत एक नेपाली युवालाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । युक्रेनको गृहमन्त्रीका सल्लाहकार एन्टोन गरास्चेन्कोले एउटा भिडिओ शेयर गर्दै यसको पुष्टि गरेका छन् ।

यी युवा बर्दियाका विवेक खत्री  हुन्  । गरास्चेन्कोले ट्वीटरमा शेयर गरेको भिडिओमा विवेकलाई केही प्रश्न सोधिएको छ । विवेकले आफू पैसा कमाउनका लागि रसियन सेनामा भर्ती भएको बताएका छन् । रसियन सेनामा भर्ना हुनुको कारणबारे सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘मेरो परिवार आर्थिक समस्यामा थियो । मेरी आमासँग कुनै काम थिएन । हामीलाई पैसा चाहिएको थियो । त्यसैले यो निर्णय लिएँ ।’

आफूलाई एकजना साथीले रसियन सेनामा भर्ती हुन सल्लाह दिएको उनले बताएका छन् । विवेकका अनुसार ती साथीले उनलाई रसियन सेनामा प्रशस्त पैसा कमाउन सकिने बताएका थिए । ‘म एउटा सफल व्यक्तिका रूपमा आफ्नी आमासामु फर्किन चाहन्थेँ । त्यसैले (रसियन सेनामा) जोडिएँ,’ उनले भनेका छन् ।

उनले आफू एक व्यक्तिले मोबाइलमा भाषा अनुवाद गरेर सेनामा आवद्ध भएको बताएका छन् । युद्धको बारेमा के धारणा छ भन्ने प्रश्नमा विवेकको जवाफ छ, ‘धेरै मानिसहरू मारिएका छन् । युद्ध समाधान होइन । सबै मानिसहरू समान छन् । मानिसहरू मार्नु राम्रो कुरा होइन ।’

उनले पुटिनलाई हिटलरको संज्ञा दिँदै रसियन प्रणाली राम्रो नभएको बताएका छन् । यद्यपि, विवेकलाई दबाबमा राखेर बोल्न लगाइएको हुन सक्ने अनुमान छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

ग्यास छैन कि वितरण बिग्रियो ? बजारमा हाहाकारबीच निगमको यस्तो दाबी

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...

देवानगञ्जमा गृहमन्त्रीको पर्खाइ : ‘पीए’ पुग्दा स्थानीयले भने– मन्त्री नै आउनुपर्छ

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...

भारतीय नागरिकलाई कुटपिट, जबर्जस्ती बिल तिराएको आरोपमा दुई पक्राउ

काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...

देशभर सडक संकट, रातिको यात्रा नगर्न प्रहरीको आग्रह

काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...

कपिलवस्तुमा अर्को सडक दुर्घटना, टिपरले पैदलयात्रीलाई किच्यो

काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...

आजको तरकारी बजार : गोलभेँडा ५० रुपैयाँ, प्याज ५७, काउली १२० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending