काठमाडौं । इजरायल र प्यालेस्टाइनबीचको लडाइँबाट अति प्रभावित गाजा क्षेत्रमा पहिलो खेप राहत सामग्री पुर्याइएको छ । इजिप्टसँग जोडिएको सीमा नाका रफाहबाट २० ट्रक राहत सामग्री शनिबार गाजामा पुर्याइएको हो ।
एउटा ट्रकमा मृतकलाई राखिने कफिनमात्र रहेको बीबीसीले जनाएको छ । यसैगरी घाइतेहरुका लागि पोर्टेबल ट्रमा ब्याग, औषधि र अन्य अत्यावश्यक सामग्री पनि रहेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल भ्रमण गर्दा राहत सामग्री पुर्याउनका लागि इजिप्टसँग जोडिएको सीमा नाका खोल्न दिन आग्रह गरेका थिए । सोही आग्रह बमोजिम इजरायलले शनिबार उक्त सीमा नाका खुला गरेको हो । रफाह नाकाबाट राहत सामग्री गाजामा पुगेको र अब सोही नाकाबाट विदेशी नागरिकहरु बाहिर निस्किन पाउने प्रतिक्षा गरिएको बीबीसीले उल्लेख गरेका छन् ।
गत असोज २० गते प्यालेस्टाइन लडाकु समूह हमासले इजरायलमा एक्कासी आक्रमण गरेको थियो । लगत्तै इजरायलले पनि युद्धको घोषणा गर्दै जवाफी आक्रमण थालेको थियो । गाजा क्षेत्रमा अहिलेसम्म ४ हजार ३८५ जनाको मृत्यु पुष्टि भइसकेको बीबीसीले जनाएको छ । मृतकमध्ये १ हजार ७५६ जना बालबालिकाहरु छन् ।
यसैबीच इजिप्टको राजधानी कायरोमा इजरायल–प्यालेस्टाइन युद्ध रोक्नका लागि शान्ति सम्मेलन भइरहेको छ । सम्मेलनमा जोर्डन, कतार, इटली, स्पेन, युरोपेली संघ र बेलायतका प्रतिनिधिहरु सहभागी छन् । अमेरिका, इजरायल र इरान भने सम्मेलनमा सहभागी छैनन् ।
सम्मेलनमा सहभागी प्यालेस्टाइन नेता महमुद अब्बासले आफूहरुले आफ्नो भूमि नछोड्ने अडान लिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - ०८:५८
लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...
आषाढ़ २६ गते, २०८३ - ०८:५४
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...
आषाढ़ २६ गते, २०८३ - ०८:५२
समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने
आषाढ़ २६ गते, २०८३ - ०८:४७
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...
आषाढ़ २६ गते, २०८३ - ०८:४६
काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...
आषाढ़ २६ गते, २०८३ - ०८:३१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...
आषाढ़ २६ गते, २०८३ - ०८:२९
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...
आषाढ़ २६ गते, २०८३ - ०८:२३
हुम्ला । हुम्लाको स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ । गाउँपालिकाले आर्थिक ...
आषाढ़ २६ गते, २०८३ - ०८:१८
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिएको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
आषाढ़ २६ गते, २०८३ - ०८:१६
काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको स्वास्थ्य अवस्था अझै जटिल रहेको छ। उनी हाल वीर अस्पतालको बर्...



प्रतिकृया लेख्नुहोस्: