Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

आमाबुवा बितेपछि चार छोराको बिचल्ली

'बालकको शिक्षादीक्षाका लागि नगरपालिकाले आवश्यक पहल र सहयोग गर्ने'

खबरडबली संवाददाता

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरका चार दाजुभाइ अभिभावक विहीन भएका छन् । एक वर्ष अघि आमा र केही दिन अघि बाबुकाे मृत्यु भए पछि चार दाजुभाइ अभिभावक विहीन भएका हुन् ।

गत वर्षको दसैँको नवमीका दिन ४१ वर्षीया गीता बसेलले आत्महत्या गरिन् । उनका श्रीमान् ४६ वर्षीय भक्तबहादुर बसेलको पनि श्रीमतीको निधन भएको एक वर्ष नपुग्दै गत असोज १७ गते जन्डिस रोगबाट निधन भयो । उनीहरूका चार छोरा अहिले  बिचल्लीमा परेका छन् । 

आमाको आत्महत्यापछि जसोतसो छोराहरूको संरक्षण र पठनपाठन गराउँदै आएका भक्तबहादुरको पनि मृत्यु भएपछि छोराहरू संरक्षणविहीन बनेका छन् । १८ वर्षका लेखबहादुर, १६ वर्षका सञ्जीव, १२ वर्षका सरोज र आठ वर्षका सन्दीप बसेल अभिभावकविहीन बनेका हुन् । 

कच्ची घर र गोठ, घरमुनि अलिकति बारी रहेको यो परिवारको जीवनयापन नै कठिन बनेको छ । त्यही बारी पनि सहकारी संस्थामा राखेर आफन्तले ऋण झिकेका छन् । गीता बसेलले आत्महत्या गर्नुको कारण पनि सहकारी संस्थाको ऋण र आफ्नो बारी जाने अवस्थामा रहेको हुन सक्ने स्थानीयको अनुमान छ । बसेल दाजुभाइसँग ऋण चुक्ता गर्ने  र बारी फिर्ता ल्याउने कुनै उपाय छैन । 

लेखबहादुरले कक्षा ५ र सञ्जीवले कक्षा ७ सम्म पढेर छोडेका छन् । साहिँलो र कान्छो भाइ कक्षा ५ र ३ मा पढ्दै छन् । बुवाआमा दुवै बितेपछि जेठो १८ वर्षीय लेखबहादुरको काँधमा अब तीन भाइलाई हुर्काउने, बढाउने र पढाउने जिम्मा आइपरेको छ । लेखबहादुरको इच्छा पनि भाइहरूलाई राम्रो शिक्षा दिने छ तर आफैँ के गरी जीवन अगाडि बढाउने भन्नेमा लेखबहादुर स्पष्ट छैनन् ।

एक वर्षको फरकमा बाबा आमा दुवैजना गुमाउनुकाे पिडा हुँद हुँदै पनि बुवाआमाको काज किरिया पनि ऋण गरेर र सहयोग मागेर जसोतसो गरिएकाे उनले बताए । 
उनलाइ अब भाइहरूको लालनपालन र पढाइ कसरी गर्ने भन्ने चिन्ता रहेकाे छ । यस्तो बेला कसैले सहयोग गरिदिए हुन्थ्यो भन्ने उनको चाहना छ । भएका लुगाफाटा पनि बुवा बितेपछि फालेकाले अहिले ओढ्ने ओछ्याउने कपडासमेत नरहेको उनले बताउनुभयो । 

यी चार बालकका एक्ली हजुरआमा ९० वर्षीया काली सर्किनी छुट्टै घरमा बस्छिन । ठुला बा र माहिला बा पहिल्यै भिन्न भएर बसेका उनले बताए । 

भाइको  किरियाकर्म गरुन्जेल गाउँले दाजुभाइ जम्मा भएर गाउँमा रहेको समूहले एकएक सय रुपियाँ चन्दा उठाउँदै सहयाेग गरिएकाे र स्थानीय समाजसेवीकाे सहयाेगले पनि काजकिरीया सकिएकाे चार भाइका माइलो बुवा जोठे सार्कीले बताए । 

अलि हुर्किएका दुई भाइ श्रम गरेरै भने पनि ज्यान पाल्नसक्ने भए पनि साना दुई भाइको भने अवस्था बिजोग रहेको स्थानीय समाजसेवी शङ्कर थापाले बताए । यति बेला  उनीहरूको जीवन चलाउने आधार नै नभएकाे थापाले बताए । उनीहरूलाई कुनै संरक्षण केन्द्रले लगेर शिक्षादीक्षाको व्यवस्था मिलाइदिए जीवन बन्ने थापाकाे भनाइ छ। 

बुवाआमा दुवै गुमाएर बिचल्लीमा परेका चार बालकलाई मन्थली नगरपालिकाले आवश्यकताका आधारमा तत्कालका लागि खाद्यान्न र आर्थिक व्यवस्था गरेको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताए । पीडामा रहेको यो परिवारलाई नगरपालिकाले तत्कालका लागि खाद्यान्न र नगदको पनि व्यवस्था गरेको र बालकको शिक्षादीक्षाका लागि नगरपालिकाले आवश्यक पहल र सहयोग गर्ने श्रेष्ठकाे भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending