रामेछाप । रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरका चार दाजुभाइ अभिभावक विहीन भएका छन् । एक वर्ष अघि आमा र केही दिन अघि बाबुकाे मृत्यु भए पछि चार दाजुभाइ अभिभावक विहीन भएका हुन् ।
गत वर्षको दसैँको नवमीका दिन ४१ वर्षीया गीता बसेलले आत्महत्या गरिन् । उनका श्रीमान् ४६ वर्षीय भक्तबहादुर बसेलको पनि श्रीमतीको निधन भएको एक वर्ष नपुग्दै गत असोज १७ गते जन्डिस रोगबाट निधन भयो । उनीहरूका चार छोरा अहिले बिचल्लीमा परेका छन् ।
आमाको आत्महत्यापछि जसोतसो छोराहरूको संरक्षण र पठनपाठन गराउँदै आएका भक्तबहादुरको पनि मृत्यु भएपछि छोराहरू संरक्षणविहीन बनेका छन् । १८ वर्षका लेखबहादुर, १६ वर्षका सञ्जीव, १२ वर्षका सरोज र आठ वर्षका सन्दीप बसेल अभिभावकविहीन बनेका हुन् ।
कच्ची घर र गोठ, घरमुनि अलिकति बारी रहेको यो परिवारको जीवनयापन नै कठिन बनेको छ । त्यही बारी पनि सहकारी संस्थामा राखेर आफन्तले ऋण झिकेका छन् । गीता बसेलले आत्महत्या गर्नुको कारण पनि सहकारी संस्थाको ऋण र आफ्नो बारी जाने अवस्थामा रहेको हुन सक्ने स्थानीयको अनुमान छ । बसेल दाजुभाइसँग ऋण चुक्ता गर्ने र बारी फिर्ता ल्याउने कुनै उपाय छैन ।
लेखबहादुरले कक्षा ५ र सञ्जीवले कक्षा ७ सम्म पढेर छोडेका छन् । साहिँलो र कान्छो भाइ कक्षा ५ र ३ मा पढ्दै छन् । बुवाआमा दुवै बितेपछि जेठो १८ वर्षीय लेखबहादुरको काँधमा अब तीन भाइलाई हुर्काउने, बढाउने र पढाउने जिम्मा आइपरेको छ । लेखबहादुरको इच्छा पनि भाइहरूलाई राम्रो शिक्षा दिने छ तर आफैँ के गरी जीवन अगाडि बढाउने भन्नेमा लेखबहादुर स्पष्ट छैनन् ।
एक वर्षको फरकमा बाबा आमा दुवैजना गुमाउनुकाे पिडा हुँद हुँदै पनि बुवाआमाको काज किरिया पनि ऋण गरेर र सहयोग मागेर जसोतसो गरिएकाे उनले बताए ।
उनलाइ अब भाइहरूको लालनपालन र पढाइ कसरी गर्ने भन्ने चिन्ता रहेकाे छ । यस्तो बेला कसैले सहयोग गरिदिए हुन्थ्यो भन्ने उनको चाहना छ । भएका लुगाफाटा पनि बुवा बितेपछि फालेकाले अहिले ओढ्ने ओछ्याउने कपडासमेत नरहेको उनले बताउनुभयो ।
यी चार बालकका एक्ली हजुरआमा ९० वर्षीया काली सर्किनी छुट्टै घरमा बस्छिन । ठुला बा र माहिला बा पहिल्यै भिन्न भएर बसेका उनले बताए ।
भाइको किरियाकर्म गरुन्जेल गाउँले दाजुभाइ जम्मा भएर गाउँमा रहेको समूहले एकएक सय रुपियाँ चन्दा उठाउँदै सहयाेग गरिएकाे र स्थानीय समाजसेवीकाे सहयाेगले पनि काजकिरीया सकिएकाे चार भाइका माइलो बुवा जोठे सार्कीले बताए ।
अलि हुर्किएका दुई भाइ श्रम गरेरै भने पनि ज्यान पाल्नसक्ने भए पनि साना दुई भाइको भने अवस्था बिजोग रहेको स्थानीय समाजसेवी शङ्कर थापाले बताए । यति बेला उनीहरूको जीवन चलाउने आधार नै नभएकाे थापाले बताए । उनीहरूलाई कुनै संरक्षण केन्द्रले लगेर शिक्षादीक्षाको व्यवस्था मिलाइदिए जीवन बन्ने थापाकाे भनाइ छ।
बुवाआमा दुवै गुमाएर बिचल्लीमा परेका चार बालकलाई मन्थली नगरपालिकाले आवश्यकताका आधारमा तत्कालका लागि खाद्यान्न र आर्थिक व्यवस्था गरेको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताए । पीडामा रहेको यो परिवारलाई नगरपालिकाले तत्कालका लागि खाद्यान्न र नगदको पनि व्यवस्था गरेको र बालकको शिक्षादीक्षाका लागि नगरपालिकाले आवश्यक पहल र सहयोग गर्ने श्रेष्ठकाे भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: