गलकोट । सिगानामा दसैँ अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी रु एक सयका दरले बिक्री गरे । उन्सु जातको सुन्तला उत्पादन गदै आएका खड्काले ‘सिजन’ मा रु तीन लाखको सुन्तला बिक्री गर्छन् भने ‘अफसिजन’मा अर्थात् असोजमा उन्सु जातको सुन्तलाको परीक्षण उत्पादन गर्दै आएका छन् । उनले गतवर्ष बेमौसमी जातको सुन्तला बिक्रीबाट रु ५० हजार आम्दानी गरेको र अहिले सुन्तलाको उत्पादन घटेकाले रु २० हजारको बिक्री गरिसकेको र अन्य सुन्तला आफन्तलाई कोसेली पठाएको बताए ।
“परीक्षणका लागि छ वर्षअघि उन्सु जातको सुन्तला लगाएको थिए”, खड्काले भने, ‘अहिले दसैँ खर्च बेमौसमी सुन्तलाबाटै हुँदै आएको छ ।” सुन्तला गाउँका रुपमा परिचय कमाउँदै आएको बागलुङको सिगानामा मौसमी सुन्तला बिक्रिबाटै रु तीन करोड वार्षिक रुपमा गाउँ भित्रिँदै आएको छ । अगुवा सुन्तला किसान टोपबहादुर खड्काले सुन्तला बगानमा बेमौसमी जातका सुन्तला फलाउँदै आएका छन् ।
खड्काले चार वर्षदेखि बेमौसमी सुन्तलासमेत उत्पादन गर्दै आएका छन् । तर मौसमी जातको तुलनामा १० प्रतिशत मात्रै बेमौसमी सुन्तला उत्पादन हुने गरेको उनको भनाइ छ । सामान्यत: सुन्तलाको सिजन मङ्सिरबाट सुरु भए पनि उहाँले ५० बोटमा बेमौसमी सुन्तला फलाएका छन् । खड्काको सुन्तला बगैँचामा विभिन्न प्रजातिका १० देखि २० केजीसम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ । बेमौसी सुन्तलाको बोट भने सानो हुने र रोपेको कम समयमै फल्ने गर्दछ ।
बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणका रुपमा लगाएको बेमौसमी सुन्तला असोजमै पाक्ने गरेको छ । उक्त सुन्तला घरमा खपत र कोसेलीका रुपमा पठाएपछि बाँकी रहेको बिक्री गर्छन् ।
अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यसोधा र पोङ्कान भने एक महिनापछि पाक्छन् । “बेमौसी सुन्तला व्यावसायिकरुपमा भन्दा पनि परीक्षण्का लागि हो, असोजमा उन्सु जातको सुन्तला टिपियो, अब एक/एक महिनाको फरकमा यसोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो भन्ने हो”, खड्काले भने, “मौसमी जातको एउटा बोट लगाउने जग्गामा बेमौसमीका पाँचवटा बोट हुर्कन्छन् भने छिटो फल लाग्न थाल्दछ ।”
बगैँचा सजावटका लागि पनि उक्त जातको सुन्तला प्रयोग गरिन्छ । खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा एक सय दाना मात्रै लाग्ने गरेको बताउनुभयो । विसं २०३२ सालदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका खड्काले बेमौसमी जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउँछन् । ६ वर्षअघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सय बढी सुन्तलाका बोटमध्ये ५० प्रतिशत बोटमा सुन्तला फल्न थालेका छन् । उक्त सुन्तलाका बोटले धान्न नसक्दा थाक्रो हाल्ने गरिएको छ ।
नेपालमा अधिकांश सुन्तला कात्तिकदेखि मंसिरको अवधिमा पाक्छन् । खड्काले भने भदौदेखि असोजको समयमा पाक्ने जापानीज जातका सुन्तला लगाएका हुन् । खड्काले पाँच रोपनी क्षेत्रफलको सुन्तला बगैँचामा हालसम्म १४ प्रजातिका सुन्तलाका बिरुवा लगाएका छन् । खड्काले मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँची र तरकारी खेती गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: