Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

केयरसिंहको ठक्करहरूको यात्रा शास्त्र विमोचन

खबरडबली संवाददाता

पोखरा । कवि केयरसिंह गुरुङको नवीनतम कविता कृति ‘ठक्करहरूको यात्रा शास्त्र’ को बुधवार पोखरामा विमोचन भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले कृति विमोचन गरेका हुन् ।

 उनले कवि केयरसिंहलाई ‘पहरामा फुलेको फूल’ को संज्ञा दिए । लमजुङको घाम्राङमा गाउँमा शिक्षणसँगै साहित्य सिर्जनामा लागिरहेका गुरुङले गुरुङ भाषासँगै नेपाली भाषाको साहित्यमा समेत महत्त्वपूर्ण योगदान दिएको भन्दै बिखर्चीले केयरसिंहको यो कृतिमा जीवनका उतारचढावहरूलाई दार्शनिक शैलीमा प्रस्तुत गरिएको बताए । नेपाली कविताका क्षेत्रमा कृतिले विशेष महŒव राख्ने उनको भनाइ छ ।

कृतिको समीक्षा गर्दै गुरुङ साहित्यिक मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले कृतिमा कहिले हँसाउने, कहिले रुवाउने खालका ८१ कविता समेटिएको बताए । बिम्ब र प्रतीकको सुन्दर संयोजन गरिएको कृतिमा नेपाली माटो र संस्कृतिको पहिचान झल्काउने कविताहरू समेटिएको उनले विश्लेषण गरे ।

कवि केयरसिंह गुरुङले जीवन यात्राका क्रममा लागेका ठक्करहरूलाई लिपिबद्ध गरेर कविता लेखेको बताए । उनले कृतिमा आफ्नो व्यक्तिगत ठक्करहरू मात्र नभई समाज र देशका ठक्करहरूलाई समेत समेट्ने प्रयास गरेको भनाइ राखे । लमजुङको क्व्होलासोथार गाउँपालिका–८, घाम्राङका स्थायी बासिन्दा गुरुङ सोही ठाउँमा सूर्योदय माविमा अध्यापनरत छन् । यसअघि नेपाली लोककथा सङ्ग्रह (२०५३), हाम्रा नेपाली लोककथा सङ्ग्रह (२०५६), तमु कविता सङ्ग्रह (२०६२) तमु व्याकरण र अभिव्यक्ति (२०६९), तमु–नेपाली–अङ्ग्रेजी शब्दकोश (२०७४) लगायतका कृति प्रकाशन गरेका उनको यो आठौँ कृति हो । उनले ३ ओटा गुरुङ चलचित्रमा कथा र गीत लेखेका छन् । उनी गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पनि हुन् ।

ठाडो भाका लोक कला प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रम सोही संस्थाका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ को अध्यक्षतामा भएको थियो । संस्थाका संस्थापक महासचिव रुपिन्द्र प्रभावीद्वारा सञ्चालित कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, हिमाली गुरुङ परिवारका अध्यक्ष पर्त घले, तमु धीँ युकेका पूर्व अध्यक्ष डम्बर घले, लमजुङ–पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिजुलीबहादुर गुरुङ, साहित्यकार अमरलेम गुरुङ, गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य गमबहादुर गुरुङलगायतले शुभकामना दिएका थिए । सो अवसरमा ठाडो भाका गायक धम्पु र गायिका सीता दुराले ठाडो भाका गायन प्रस्तुत गरेका थिए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हराए रवि ? सुकुम्बासी संकटमा मौन बसेपछि सामाजिक सञ्जालमा ‘मानिस हराएको सूचना’ भाइरल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुकुम्बासीको मुद्दामा मौन बसेपछि सामाजिक सञ्जालमा उनको आलोचना चुलिएको छ। चुनावी ...

बाढीले बगायो झोलुङ्गे पुल, घान्द्रुक जाने सडकसमेत अवरुद्ध

किम्रोंग र मोदी खोलाको बाढीले कास्कीमा ठूलो क्षति, स्थानीय र पर्यटकको आवतजावत प्रभावित

घर गुमाए, आश्रय पनि डुब्यो : सुकुम्बासीको पीडामाथि दमनको अर्को अध्याय

काठमाडौं । एउटा घर गुमाएको परिवारलाई सरकारले अस्थायी आश्रय दियो। उनीहरूले सोचे—अब केही समय भए पनि सुरक्षित रूपमा बाँच्न पाइएला। तर नियतिले फेरि उनीहरू...

मोदीखोलाको कटानले घान्द्रुक जाने सडक ठप्प

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ ।...

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending