Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

कर्मचारीको पीडाः अवकाशका बेला रित्तो हात

खबरडबली संवाददाता

काठमाडौं । अवकाश प्राप्त कर्मचारीहरु जागिरे जीवनमा सञ्चयकोषमा जम्मा गरेकाे योगदानवापतको रकममध्ये जम्मा १८ प्रतिशत रकम मात्र लिएर घर फर्किने गरेको एक अध्ययनले देखाएको छ। कोषकाे विशेषाङ्कमा प्रकाशित प्रतिवेदनका अनुसार सापटी लिएका कर्मचारीले जम्मा गरेकोमध्ये बाँकी रकम काेषबाट लिएको सापटी अर्थात् कर्जा रकमको साँवा र ब्याज भुक्तानीमै खर्च हुने गरेको हाे ।

सञ्चयकर्ताले जम्मा रकममध्ये औसतमा करिब ४० प्रतिशत मात्रै सापटी समायोजन पश्चात भुक्तानी लिने गरेका छन् । अझ विशेष सापटी लिएका सञ्चयकर्ताले सेवाबाट अवकाश हुनासाथ सापटी समायोजनपछि हात पार्ने भुक्तानी वापतको रकम कूल सङ्कलित रकमको करिब १५ देखि १८ प्रतिशत मात्र हुने गरेको छ ।

कोषले सञ्चयकर्ताको योगदान रकमको आधारमा प्रदान गरेको विशेष सापटीको अंश झण्डै ७८ प्रतिशत रहेको छ । यसैगरी कोषले योगदानकर्ता कर्मचारीलाई प्रवाह गरेको धितोमा आधारित कर्जाको अंश २२ प्रतिशत रहेको छ । कोषले आर्थिक वर्ष २०७९।०८० मा झण्डै २८ हजार सञ्चयकर्तालाई २८ अर्ब रुपैयाँ भुक्तानी दिएको छ। सञ्चयकर्ताले लिएको विशेष सापटीमध्ये झण्डै १७ अर्ब रुपैयाँ गत आवमा कोषले असुल उपर गरेको छ ।

वार्षिकोत्सव विशेषांकमा समावेश गरिएको कोषका कामु मुख्य प्रबन्धक शान्ता गाैतमले आफ्नो आलेखमा अवकाशपछि कोषबाट भुक्तानी लिँदा कर्मचारीको हात पर्ने रकमको आयतनलाई लिएर कोषको अवधारणाबारे पुनःविचार गर्नुपर्ने बेला आएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, कोष आफैँले सञ्चालन गरेका कार्यक्रमको विषयमा विचार विमर्श गर्नुपर्ने समयमा नीति निर्माताले उस्तै प्रकृतीका कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक सुरक्षण गर्ने नाममा मजाक गरिरहेको जस्ताे छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending