Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

गाउँघरमा न पिङ छन् नत पिङ हाल्ने युवा नै

मनोज भट्टराई

काठमाडौँ  । पछिल्लो समय सहरमा मात्रै होइन गाउँमा समेत पिङ देखिन छाडेको छ । एक दशक अघिसम्म भन्ज्याङ, चौतारी, गाउँ सहर जताततै दसैँ अगावै देखिने लिङ्गे, पिर्कै, जाते, लठ्ठे पिङ अब मुस्किलले देखिन थालेका छन् ।

यति मात्रै होइन चचहुई गर्दै पिङमा मच्चिँदै खेल्ने युवायुवती समेत देखिन मुस्किल भएको छ । पिङ दसैँ तिहारसँगै जोडिएर आउने शब्द जस्तै भएको छ । पिङले दसैँ तिहार पर्वको मौलिकता र रौनकतालाई अझै उँचो बनाउँछ  । तर, पछिल्लो दशकमा नत सहरमा नत गाउँघरमा नै पिङ देखिन्छ । बुढापाकाले दसैँको दिन त एक पटक धर्ती छोड्नलाई पनि पिङ खेल्नुपर्छ भनेर भन्थे । बुढापाकाको भनाइलाई सार्थक बनाउन युवापुस्ताले गाउँ गाउँमा पिङ हाल्ने प्रचलन थियो । तर, एक दशकयता दसैँ तिहारमा पिङ हाल्ने प्रचलन निरन्तर घटिरहेको छ । युवापुस्ता बैदेशिक राेजगार र अध्ययनका लागि भन्दै शहर र विदेश पलायन भए सँगै अहिले गाउँघरमा न पिङ हाल्ने युवा छन्, न मच्चिँदै खेल्ने पिङ नै छ ।

बर्सेनि पिर्कै (रोटे) पिङ मच्चिने ठाउँहरुमा यसपालीमात्र हैन धेरै वर्ष देखी सुनसान भएको छ । केही वर्षदेखि ती स्थानहरूमा पिङ हाल्न छाडिएको छ । गाउँ रित्तिँदो छ, बुढापाका मात्रै गाउँमा भएका कारण पनि गाउँमा पिङको रौनक नभएको बुढापाकाले बताउँछन् । युवा सबै सहर बजार र विदेशमा भएका कारण पनि पिङ हाल्न सम्भव नभएको उनीहरूको भनाइ छ । गाउँमा पिङ नहुँदा दसैँ खल्लो भएको जस्तो र पिङ नभएपछि त दसैँ दसैँ जस्तो नै नभएको पाका मान्छेहरुको भनाइ छ । पिङ हुँदा रमाइलो हुने गरेको भए पनि  अहिले खल्लो भइरहेको र पिङ नहुँदा दसैँको महत्व कम भएको छ ।

हरेक गाउँहरूका टोल–टोलमा पिर्कै (रोटे) पिङ हालिने भए पनि अहिले यो कतै देखिन छाडेको छ  । पिर्कै (रोटे) पिङ नहालेको गाउँमा लिङ्गे र जाते पिङ अनिवार्य हुन्थे तर, अहिले त्यो पनि पाइन्न ।हरेक जसो घरको आँगनमा बाबियोको लठ्ठाले हालिएको पिङमा केटाकेटी झुम्मिएर दसैँदेखि तिहारसम्म खेलिरहन्थे । त्यो दृश्य अहिले एकादेशको कथा जस्तै बनेको छ । अहिले गाउँमा युवा नहुँदा पिङ हाल्न कठिन भएको बुढापाकाहरूको भनाई छ ।

गाउँमा युवाहरू नभएपछि  पछिल्लो समय पिङ हाल्ने संस्कृति हराउँदै गइरहेको छ । जङ्गलबाट काठ काटेर ल्याएर पिङ ठड्याउनलाई धेरै जनशक्ति चाहिने हुँदा पनि पिर्कै (रोटे) पिङ गाउँघरमा देखिन छाडेको हो  । बसाइसराइ, वैदेशिक रोजगारका कारण गाउँ सुनसान बनिरहेको गाउँमा दसैँ तिहारमा केही चहलपहल देखिए पनि गाउँमा पिङ भने देखिन छाडेका छन्  ।

बडो कष्टपूर्ण तरिकाले गाउँका केही स्थानमा यसपालिको दसैँमा संस्कृति जोगाउनकै निम्ति पिर्कै (रोटे) पिङ हालिने गरिएको छ । एकाध स्थानमा लिङ्गे पिङ ठडिएको देखिन्छ । जाते पिङ भने लोप भइसकेको छ । संस्कृति जोगाउनैका निम्ति हालिएका पिङ खेल्नेको सङ्ख्या पनि कम भएको छ । गाउँघरमा कहीँ कतै हालिएका पिङ पनि कोही खेल्न आउनेको प्रतीक्षामा रहेका हुन्छन् । गाउँमा पिङ हाले पनि पहिला जस्तो पिङ खेल्नेहरू नआएको र संस्कृति जोगाउनलाई कहिँकतै पिङ हालिएको गाउँमा रहेका पाका मान्छेहरू बताउँछन्  । छिटपुट मात्र पिङ खेल्न आउने भए पनि पहिलाको जस्तो माहौल देखिँदैन । 

पहिला पहिला एक गाउँबाट अर्को गाउँमा पिङ खेल्न जाने आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको भए पनि गाउँ गाउँबाट पिङ खेल्न आउने जानेको भिड पनि हुन छाडेको छ । मेला महोत्सवका पिङले  पनि दशेैं तिहारमा गाउँमा पिङमा आकर्षण कम गराई दिएको छ । यति बेला हरेक गाउँघरमा पुग्दा आधुनिकतामा रमाउँदा युवापुस्ताले मौलिक संस्कृतिलाई बिर्सेको बुढापाकाहरू बताउँछन्  । पछिल्लो समय त पिङ हाल्ने र खेल्ने संस्कृति मात्रै होइन समग्र दसैँको मौलिकता र रौनकता समेत गुम्दै गएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending