Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

गाउँघरमा न पिङ छन् नत पिङ हाल्ने युवा नै

मनोज भट्टराई

काठमाडौँ  । पछिल्लो समय सहरमा मात्रै होइन गाउँमा समेत पिङ देखिन छाडेको छ । एक दशक अघिसम्म भन्ज्याङ, चौतारी, गाउँ सहर जताततै दसैँ अगावै देखिने लिङ्गे, पिर्कै, जाते, लठ्ठे पिङ अब मुस्किलले देखिन थालेका छन् ।

यति मात्रै होइन चचहुई गर्दै पिङमा मच्चिँदै खेल्ने युवायुवती समेत देखिन मुस्किल भएको छ । पिङ दसैँ तिहारसँगै जोडिएर आउने शब्द जस्तै भएको छ । पिङले दसैँ तिहार पर्वको मौलिकता र रौनकतालाई अझै उँचो बनाउँछ  । तर, पछिल्लो दशकमा नत सहरमा नत गाउँघरमा नै पिङ देखिन्छ । बुढापाकाले दसैँको दिन त एक पटक धर्ती छोड्नलाई पनि पिङ खेल्नुपर्छ भनेर भन्थे । बुढापाकाको भनाइलाई सार्थक बनाउन युवापुस्ताले गाउँ गाउँमा पिङ हाल्ने प्रचलन थियो । तर, एक दशकयता दसैँ तिहारमा पिङ हाल्ने प्रचलन निरन्तर घटिरहेको छ । युवापुस्ता बैदेशिक राेजगार र अध्ययनका लागि भन्दै शहर र विदेश पलायन भए सँगै अहिले गाउँघरमा न पिङ हाल्ने युवा छन्, न मच्चिँदै खेल्ने पिङ नै छ ।

बर्सेनि पिर्कै (रोटे) पिङ मच्चिने ठाउँहरुमा यसपालीमात्र हैन धेरै वर्ष देखी सुनसान भएको छ । केही वर्षदेखि ती स्थानहरूमा पिङ हाल्न छाडिएको छ । गाउँ रित्तिँदो छ, बुढापाका मात्रै गाउँमा भएका कारण पनि गाउँमा पिङको रौनक नभएको बुढापाकाले बताउँछन् । युवा सबै सहर बजार र विदेशमा भएका कारण पनि पिङ हाल्न सम्भव नभएको उनीहरूको भनाइ छ । गाउँमा पिङ नहुँदा दसैँ खल्लो भएको जस्तो र पिङ नभएपछि त दसैँ दसैँ जस्तो नै नभएको पाका मान्छेहरुको भनाइ छ । पिङ हुँदा रमाइलो हुने गरेको भए पनि  अहिले खल्लो भइरहेको र पिङ नहुँदा दसैँको महत्व कम भएको छ ।

हरेक गाउँहरूका टोल–टोलमा पिर्कै (रोटे) पिङ हालिने भए पनि अहिले यो कतै देखिन छाडेको छ  । पिर्कै (रोटे) पिङ नहालेको गाउँमा लिङ्गे र जाते पिङ अनिवार्य हुन्थे तर, अहिले त्यो पनि पाइन्न ।हरेक जसो घरको आँगनमा बाबियोको लठ्ठाले हालिएको पिङमा केटाकेटी झुम्मिएर दसैँदेखि तिहारसम्म खेलिरहन्थे । त्यो दृश्य अहिले एकादेशको कथा जस्तै बनेको छ । अहिले गाउँमा युवा नहुँदा पिङ हाल्न कठिन भएको बुढापाकाहरूको भनाई छ ।

गाउँमा युवाहरू नभएपछि  पछिल्लो समय पिङ हाल्ने संस्कृति हराउँदै गइरहेको छ । जङ्गलबाट काठ काटेर ल्याएर पिङ ठड्याउनलाई धेरै जनशक्ति चाहिने हुँदा पनि पिर्कै (रोटे) पिङ गाउँघरमा देखिन छाडेको हो  । बसाइसराइ, वैदेशिक रोजगारका कारण गाउँ सुनसान बनिरहेको गाउँमा दसैँ तिहारमा केही चहलपहल देखिए पनि गाउँमा पिङ भने देखिन छाडेका छन्  ।

बडो कष्टपूर्ण तरिकाले गाउँका केही स्थानमा यसपालिको दसैँमा संस्कृति जोगाउनकै निम्ति पिर्कै (रोटे) पिङ हालिने गरिएको छ । एकाध स्थानमा लिङ्गे पिङ ठडिएको देखिन्छ । जाते पिङ भने लोप भइसकेको छ । संस्कृति जोगाउनैका निम्ति हालिएका पिङ खेल्नेको सङ्ख्या पनि कम भएको छ । गाउँघरमा कहीँ कतै हालिएका पिङ पनि कोही खेल्न आउनेको प्रतीक्षामा रहेका हुन्छन् । गाउँमा पिङ हाले पनि पहिला जस्तो पिङ खेल्नेहरू नआएको र संस्कृति जोगाउनलाई कहिँकतै पिङ हालिएको गाउँमा रहेका पाका मान्छेहरू बताउँछन्  । छिटपुट मात्र पिङ खेल्न आउने भए पनि पहिलाको जस्तो माहौल देखिँदैन । 

पहिला पहिला एक गाउँबाट अर्को गाउँमा पिङ खेल्न जाने आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको भए पनि गाउँ गाउँबाट पिङ खेल्न आउने जानेको भिड पनि हुन छाडेको छ । मेला महोत्सवका पिङले  पनि दशेैं तिहारमा गाउँमा पिङमा आकर्षण कम गराई दिएको छ । यति बेला हरेक गाउँघरमा पुग्दा आधुनिकतामा रमाउँदा युवापुस्ताले मौलिक संस्कृतिलाई बिर्सेको बुढापाकाहरू बताउँछन्  । पछिल्लो समय त पिङ हाल्ने र खेल्ने संस्कृति मात्रै होइन समग्र दसैँको मौलिकता र रौनकता समेत गुम्दै गएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending