काठमाडाैं । चलचित्र ‘परदेशी–२’को डान्सिङ नम्बरको गीत ‘कुरा सिधा छ’ युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शनको छैठौं दिन बुधवार निर्माण टिमले गीतको पुरा भिडियो सार्वजनिक गरेको हो । यो गीत यसअघि ‘बिहाइन्ड द सिन’सहित लिरिकल शैलीमा ल्याइएको थियो ।
यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटी रहेका छन् । प्रताप दास र मिना निरौलाले गीतमा स्वर दिएका छन् । बि.बि अनुरागीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई गोविन्द राईले कोरियोग्राफी गरेका हुन् ।
बडा दशैंको अवसर पारेर प्रदर्शनमा आएको ‘परदेशी–२’ले हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको छ । चलचित्रले चार दिनमा (सोमवारसम्म) २ करोड हाराहारी ग्रस कलेक्सन गरेको रिपोर्ट निर्माण पक्षले सार्वजनिक गरेको थियो । मंगलवार र बुधवार पनि चलचित्रले देशभरका हलमा दर्शकको राम्रो साथ पाएको छ ।
नारायण रायमाझीको निर्देशन रहेको चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । चलचित्रमा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर चलचित्र निर्माण गरेका हुन् ।
परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुवाको कथा चलचित्रले पेश गर्छ ।
बडादशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।
हलबाट निस्किँदै गरेका दर्शकहरुले आजको नेपाली समाजको प्रतिनिधि कथामा चलचित्र बनेको प्रतिक्रिया दिइरहेका छन् । यो चलचित्र हेरेका दर्शकको आँखा रसाएको थुप्रै भिडियोहरु टिकटकमा छ्यापछ्याप्ती छन् ।
राजधानीका भन्दा मोफसलका हलमा चलचित्रले दर्शकबाट राम्रो साथ पाइरहेको देखिन्छ । चलचित्रले कमाई पनि सुखद् गरिरहेको छ । निर्माण टिमले चलचित्रको पहिलो ४ दिनको कमाई सार्वजनिक गरेको छ । चलचित्रले सोमवारसम्ममा १ करोड ९८ लाख ग्रस कलेक्सन गरेको छ ।
सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त गरेका कारण चलचित्रले आगामी दिनमा पनि राम्रो व्यापार गर्ने विश्वास लिइएको छ । रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रलाई राजेश वशंल र निर्देशक रायमाझी मिलेर निर्माण गरेका हुन् । ‘परदेशी २’ गायक प्रकाश सपूतको डेब्यु चलचित्र हो ।
चलचित्रमा प्रकाशसहित केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ ।
चलचित्रले सुखद् कमाई गरिरहँदा शीर्ष कलाकारहरू यतिबेला दर्शक भेट्न मोफसलमा हलहलमा पुगिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: