Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

नवदुर्गा भवानीको नौ दिनको नौ मन्त्र

खबरडबली संवाददाता

महिला शक्तिको ९ स्वरुप, महिला आस्थाका ९ महत्व तथा महिला शक्तिकाे ९ फरक विश्वासको साधनाको विशेष चाड बडादशैंको रौनक प्रारम्भ हुँदैछ । शक्तिस्वरुपा ९ देवीको साधना गर्नाले परीवार, समाज, तथा व्यक्ति विशेषमा खुशीयाली प्राप्त हुनुका साथै चिताएका कुरा पुरा हुने विश्वास छ । सनातन संस्कारका अनुयायीहरु यो विशेष ९ फरक फरक तिथीमा भिन्ना भिन्नै दुर्गा स्वरुपाको भक्ति तथा साधाना गर्ने गर्दछन् ।

प्रस्तुत छ ९ देवीहरुका विशेष मन्त्र, जुन मन्त्र पाठ गरी हरेक दिन फरक दुर्गा भवानीका नौ वटै स्वरुपको आराधना गर्न सकिनेछः

१) शैलपुत्री: प्रतिपदाको दिन माता शैलपुत्रीको पूजापाठ तथा नित्य आराधना गर्दै प्रारम्भ हुन्छ नवरात्री/नौरथाको । माता शैलपुत्रीलाई धनधान्य, एैश्वर्य, सौभाग्य, आरोग्य तथा मोक्षदाताकी देवीको रुपमा पूजा गरीन्छ ।

मन्त्रः 'ॐ ऐं ह्रीं क्लीं शैलपुत्र्यै नम:।'

२) ब्रह्मचारिणी: नित्य पूजा प्रारम्भसँगै स्वाधिष्ठान चक्रमा ध्यान गरेर माता ब्रह्मचारिणीको साधना गर्ने गरिन्छ । यिनी संयम, तप, वैराग्य तथा विजय प्राप्तिको दाहिने हुन्।

मन्त्रः 'ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नम:।'

३) चन्द्रघण्टा: तेश्रो दिन नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलाई ध्यान गर्ने गरिन्छ । विभिन्न शारीरीक तथा मानसिक कष्टहरुबाट मुक्ति तथा मोक्ष प्राप्तिकी देवीको रुपमा चन्द्रघण्टा पूजिन्छिन् ।

मन्त्र: 'ॐ ऐं ह्रीं क्लीं चन्द्रघंटायै नम:।'

४) कूष्माण्डा: चौथो दिन नित्य पूजा अर्चनाका क्रममा अनाहत चक्रमा ध्यान गरी यिनको आराधना गर्ने गरिन्छ । रोग, दोष, शोकको निवृत्ति तथा यश, बल व आयूको दाहिनेको रुपमा माता कूष्माण्डालाई पूज्ने गरिन्छ ।

५) स्कन्दमाता: नवरात्रीको पाचौं दिन यिनको पूजा आराधना विशुद्ध चक्रमा ध्यान गरेर गर्ने गरिन्छ। सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाता सबैको दाहिने रहून ।

मन्त्र: 'ॐ ऐं ह्रीं क्लीं स्कंदमातायै नम:।'

६) कात्यायनी: माता कात्यायनीको ध्यान गर्दा आज्ञा चक्रमा बसेर यिनको आराधना गर्ने गरिन्छ । यिनी भय, रोग, शोक, संतापबाट मुक्ति तथा मोक्षदात्रीको रुपमा पुजिन्छिन ।

मंत्र: 'ॐ ऐं ह्रीं क्लीं कात्यायनायै नम:।'

७) कालरात्रि: यीनको आराधना गर्दा ललाटमा ध्यान गर्ने गरिन्छ । शत्रुहरुको नाश, कृत्या बाधाबाट मुक्त गरेर साधकलाई सुख, शान्ति प्रदान गरी मोक्ष दिने गर्दछिन् ।

मंत्र: 'ॐ ऐं ह्रीं क्लीं कालरात्र्यै नम:।'

८) महागौरीः माता महागौरीको आराधनागर्दा मस्तिष्कमा ध्यान गरी जप गर्ने गरिन्छ । यिनको साधनाले अलौकिक सिद्धि प्राप्त हुनुका साथै असंभवदेखि असंभव कार्य पूर्ण हुन्छन् ।

मंत्र: 'ॐ ऐं ह्रीं क्लीं महागौर्ये नम:।'

९) सिद्धिदात्री: माता सिद्धिदात्रीलाई मध्य कपालमा साधना गर्ने गरिन्छ । यिनको साधनाले सबै मनोकांक्षा तथा सिद्धि पुरा हुन्छ ।

मंत्र: 'ॐ ऐं ह्रीं क्लीं सिद्धिदात्यै नम:।'

उपरोक्त मान्यता परापूर्वकालदेखि सनातन संस्कारले बडो आस्था अनि विश्वासका साथ पालन गर्दै आएको छ । महिलाको शक्ति यिनको महिमा तथा पराक्रमप्रतिको दृढ विश्वास नै नवरात्री पूजाको मूल मर्म हो ।

महिला श्रृष्टि अनि जीवनको सर्जक हुन् । हिन्दु धर्मग्रन्थमा भनिएको छः “यत्र पुज्यन्ते नारी रमन्ते तत्र देवता” अर्थात् जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाएर रहन्छन् । विधि-विधानले पूजा-अर्चना तथा जप गर्नाले साधकका लागि कुनै कुरा पनि अगम्य रहँदैन ।

प्राकितिक रुपमैं आमाको स्थान बाबुले कदापि लिन सक्दैन तर आमाको अनुपस्थितिमा बाबुको जिम्मेवारी एक आमा अर्थात् एक महिलाले बहन गरेको अनगन्ती उदाहरण हामी माझ प्रष्ट छ । तर उसले अवस्य पनि महिलाको सम्मान गर्न जानेको हुनुपर्छ, महिलाले यस सुन्दर श्रृष्टिमा दिएको अद्भूत योगदान बुझेको हुनुपर्छ अनि मात्र कोही पिताले महिलाले निभाउने जिम्मेवारीझै आफ्नो केही योगदान गर्नसक्छ ।

यो कुराले पनि समाजमा पुरूषभन्दा महिलाको बढी महìवपूर्ण भूमिका रहेको पुष्टि गर्दछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...

सडक पार गर्ने क्रममा पिकअपको ठक्कर, झापामा ७० वर्षीय वृद्धको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...

काठमाडौं उपत्यकासहित २५ भन्दा बढी जिल्लामा बाढीको जोखिम, साना नदी किनारमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...

देशभर बाढी–पहिरोको असर : मुख्य राजमार्गहरू अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...

कोशीमा हिक्मत कार्कीमाथि दबाब बढ्दै, मुख्यमन्त्री र दलको नेताबाट हटाउने तयारी

विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...

उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा, अवैध कारोबार र कर छलीको आशंकामा अनुसन्धान

विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...

रोल्पा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...

आन्दोलन घोषणा गरेको केही घण्टामै पक्राउ परे दुर्गा प्रसाईं, सार्वजनिक शान्ति भंगको आरोप

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...

आन्दोलनको घोषणा लगत्तै दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending