काठमाडौं । तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला अदालत काठमाडौंबाट जारी पक्राउ पुर्जीका आधारमा सोमबार भट्टराईलाई पक्राउ गरेको हो।
उनीविरुद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दर्ता हुँदा भट्टराई अदालतमा उपस्थित नभएकाले पक्राउ पुर्जी जारी गरिएको थियो।
सीआईबीका अनुसार पक्राउ परेका भट्टराईलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई थप कानुनी प्रक्रिया अघि बढाइनेछ। सीआईबी प्रमुख एआईजी उमा चतुर्वेदीले अदालतमा उपस्थित गराउने तयारी भइरहेको जानकारी दिएकी छन्।
अनुसन्धानका क्रममा करिब १७ वर्षअघि पाँच जना तिब्बती शरणार्थीका नाममा फर्जी कागजातका आधारमा ट्राभल डकुमेन्ट जारी गरिएको खुलेपछि भट्टराईविरुद्ध राहदानी कसुरअन्तर्गत मुद्दा दायर गरिएको हो।
यस प्रकरणमा संलग्नताको आरोपमा प्रहरीले थप अनुसन्धानसमेत अघि बढाइरहेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - १६:०७
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...
श्रावण १८ गते, २०८३ - १५:४५
काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...
श्रावण १८ गते, २०८३ - १५:१५
काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...
श्रावण १८ गते, २०८३ - १५:०६
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...
श्रावण १८ गते, २०८३ - १४:४७
काठमाडौं । तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टरा...
श्रावण १८ गते, २०८३ - १४:३५
काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रको सुधारका लागि आमरण अनशनमा बसेकी नर्स ज्योति रा...
श्रावण १८ गते, २०८३ - १४:१३
सिन्धुलीमाढी। मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार बिहान बस र कार ठक्कर खाँदा यात्रुसहित कार सुनकोशी नदीमा बेपत्...
श्रावण १८ गते, २०८३ - १३:५७
कञ्चनपुर । चट्टानी पहाड, भौगोलिक विकटता तथा अन्य अवरोध नभए पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। ...
श्रावण १८ गते, २०८३ - १३:४४
चितवन । चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्याँस अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारण लाई आग्रह गरेको ...
श्रावण १८ गते, २०८३ - १३:२०
इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज गोली काण्डपछि उत्पन्न भएको अवस्थालाई नियन्त्रणमा लिन लगाइएको निषेधाज्ञा सिमित क्षेत्रमा लागू हुने ग...



प्रतिकृया लेख्नुहोस्: