काठमाडौं । तामाङ सेलो सांगीतिक बजारमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल बहुचर्चित सेलो गीत ‘हेर्दैमा राम्री-२’ को भिडियो बजारमा सार्वजनिक भएको छ ।
गायक तथा संगीतकार विश्व दोङ र गायिका कमला दोङको स्वरमा रहेको उक्त गीतमा तामाङ चलचित्र जगतको महानायक अमिर दोङ र मोडल मन्जरी वाइबाको अभिनय रहेको छ ।
कुमार बम्झनको शब्द तथा विश्व दोङकै संगीत रहेको यस गीतको मिक्सिङ दिपेश प्रधानले गरेका छन् । भाग-१ को अडियो करिब ५७ लाख र भिडियो ३७ लाखले हेरेपछि उत्साहित भएका हेर्दैमा राम्री टिमले भाग-२ ल्याएको हो ।
हेर्दैमा राम्रीको अगिल्लो भागमा गायक दोङ र मोडल सोंगमित थिङले अभिनय गरेका थिए । सेलो सांगीतिक बजारमा सबैले रुचाएको हेर्दैमा राम्रो-२ लाई पनि दर्शकले रुचाउने विश्वास भिडियो निर्माण टिमले लिएको छ ।
यस गीतमा अभिनय गरेका दोङले आफ्नो टिमले भिडियो निर्माणमा अत्याधिक मेहनत गरेकोले यस गीतको भिडियोलाई पनि अगिल्लो गीतलाई जति नै माया गर्ने विश्वास व्यक्त गरेका छन् । भिडियोको कोरियोग्राफर राजकिङ वाइबाले गरेका छन् ।
केही दिन अघि मात्र डम्फु मिडिया युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई सार्बजनिक गरिएको दुई दिनमा नै ७० हजार भन्दा धेरैले हेरिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...
फाल्गुन २७ गते, २०८२ - २०:१९
काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन् । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...
फाल्गुन २७ गते, २०८२ - २०:१३
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...
फाल्गुन २७ गते, २०८२ - २०:०८
काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...
फाल्गुन २७ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...
फाल्गुन २७ गते, २०८२ - १९:५८
भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...
फाल्गुन २७ गते, २०८२ - १९:४६
जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...
फाल्गुन २७ गते, २०८२ - १९:३९
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...
फाल्गुन २७ गते, २०८२ - १९:१५
भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...
फाल्गुन २७ गते, २०८२ - १९:०८
काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...



प्रतिकृया लेख्नुहोस्: