काठमाडौं । धन कमाउने आशाले विदेश जाँदै गरेकी दाङकी एक महिला ३५ दिनपछि जिन्दगीभरि भुल्न नसकिने शारीरिक र मानसिक चोट बोकेर स्वदेश फर्किएकी छन्। धन कमाउनु त परको कुरा, तन र मनमा चौटैचोट लागेपछि २७ वर्षीया ती महिलाको अवस्था चिन्ताजनक बनेको छ। विदेशमा भोग्नुपरेको यातनाका कारण उनी हातै नचल्ने अवस्थामा छिन् ।
पारिवारिक जिम्मेवारी निभाउनुपर्ने भएपछि उनी बिदेसिएकी थिइन्। कुवेत हिँडे पनि एजेन्टको जालझेललेउनी ओमान पुगिन्। कक्षा ८ सम्म पढेकी उनी एक छोराकी आमा हुन्। पतिको साथ नपाएपछि कमाइका लागि बिदेसिनुपर्ने बाध्यता उनीमाथि आइलाग्यो। काठमाडौंमा भेटिएका तर पहिला चिनजान नभएका एजेन्टले उनलाई भिजिट भिसामा ओमान पु¥याएका थिए। ओमान पुगेपछि नारकीय जीवन सुरु भएको उनले बताइन्।
‘बेचिएको भन्ने जानकारी एक श्रीलंकाली एजेन्टले दिएपछि होसहवास उड्यो,’ उनले भनिन्, ‘म लगिएको ठाउँमा २५÷३० नेपाली महिला थिए। एउटै कोठामा कोचिएका उनीहरू पनि बेचिएका रहेछन्। सबैको मोबाइल खोसिएको थाहा पाएँ।’ दाङकी ती महिलाले सुरुमा १८ दिन श्रीलंकालीद्वारा बन्धक हुँदाको समय १८ वर्षजत्तिकै लामो लागेको बताइन्। त्यहाँबाट फुत्किन धेरै प्रयास गरेको उनले सुनाइन्।
‘झ्यालका ससाना प्वालबाट कागजका टुक्रामा बचाइदिनू भन्ने सन्देश लेखेर फ्याँक्ने गरेका थियौं तर नेपालीमा लेखिएका त्यस्ता कागजका टुक्रा कता जान्थे जान्थे,’ नारकीय दिनहरू सम्झँदै ती महिलाले भनिन्।
उनीहरूलाई राखिएको कोठामा महिलाहरू आउनेजाने क्रम चलिरहेको उनले बनाइन्। आफूहरूलाई स्वदेश फर्काइदिनू भन्दै श्रीलंकाली एजेन्टसँग लाख बिन्ती गर्दा पनि तिनीबाट नेपाली एजेन्टले बेचेर गएको जवाफ मिल्ने गरेको उनले बताइन् । यो समाचार नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: