काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रकरणमा सभापतिसँगै नेता शेखर कोइरालामाथि प्रश्न उठाएका छन् । सभापति शेरबहादुर देउवा र नेता शेखर दुबैको शैलीले पार्टीको हित नगर्ने भन्दै उनले दुबै नेतालाई बदलिन आग्रह गरेका हुन् ।
कोशीको गणितीय जटिलता र पहिचानको आन्दोलनलाई सम्बोधन गर्न आफू र अर्का महामन्त्री गगनकुमार थापाले एमालेसहित समाधान खोज्ने, तर गठबन्धन जोगाउने प्रस्ताव राखेको स्मरण गर्दै उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देशित गरेको स्थिति हो ।’
एक्लै कुन दलले सरकार बनाउन नसक्ने अवस्थामा नेतृत्वले निरन्तर सम्वाद गर्नुपर्ने उनको भनाइ छ । महामन्त्री शर्माले भनेका छन्, ‘व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनुभयो, न फरक विचार समूहको नेताले आफ्नो समूहभित्र साझा मत खोज्नुभयो ।’
उनले अगाडि लेखेका छन्, ‘थोरै फरक, करिव उस्तै शैलीले पार्टीको हित हुन्न । जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस् ।’ आफूहरु पनि बदलिन तयार रहेको भन्दै उनले भनेका छन्, ‘पार्टीको हित तपाई हामी बदलिनुमा सन्निहित छ ।’
व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनु भयो, न `फरक विचार समुहको नेता´ले आफ्नै समुहभित्र `साझा मत´ खोज्नुभयो l थोरै फरक, करिब उस्तै शैलिले पार्टीको हित हुन्न l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 15, 2023
जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस् l हामी बदलिन तयार छौं l पार्टीको हित तपाईंहामी बदलिनुमा सन्निहित छ l
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...
फाल्गुन २७ गते, २०८२ - २०:१९
काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन् । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...
फाल्गुन २७ गते, २०८२ - २०:१३
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...
फाल्गुन २७ गते, २०८२ - २०:०८
काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...
फाल्गुन २७ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...
फाल्गुन २७ गते, २०८२ - १९:५८
भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...
फाल्गुन २७ गते, २०८२ - १९:४६
जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...
फाल्गुन २७ गते, २०८२ - १९:३९
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...
फाल्गुन २७ गते, २०८२ - १९:१५
भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...
फाल्गुन २७ गते, २०८२ - १९:०८
काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...



प्रतिकृया लेख्नुहोस्: