Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

हामी कर्मचारी त कुहिरोका काग भयूङ त...!

बिरेन्द्र ग्याबा तामाङ
बिरेन्द्र ग्याबा तामाङ
हामी कर्मचारी त कुहिरोका काग भयूङ त...!
वरिष्ठ नेताले थाङने कर्मचारी भन्यो
आ भनोस है भन्यूङ चुपै बस्यूङ
फेरि
सरखारले गाउँ गाउँ जा है भन्यो
ल है हस भन्यूङ
गाउँगाउँमा सिंहदरबार भन्ने नारा साकार बनाउन
दुर्गम गावैमा गयूङ उतै बस्यूङ
बिहान पनि भनिनम, राती पनि भनिनम्
बिदा पनि भनिनम्,
सरखारको काम र आफ्नो काम उस्तै त हो भन्दै
कति त भोकभोकै पनि बस्यूङ...!
संघीयतामा कर्मचारीलाई
संघका, प्रदेशका,स्थानीय,विकासे भन्यो
हाम्ले नि आमा बाउले जन्माएको छोराछोरीलाई
जेठा माइला साईला अन्तरे जन्तरे भने झै चिन्न मात्र यसो भनेको होला भन्ने ठान्यूङ...
फेरि चुपै बस्यूङ !
नाम जे राखे नि बाउ आमाले
अंश दिदा त समाज डाक्थो, चित बुझाएर भागबन्डा लाउथ्यो
सबै आ आफ्नो अंशमा रमाएर बस्थ्यूङ
तर
सरखार त मेरो बाउआमा भन्दा नि अनपढ पो छ कसो
भागबन्डा लाउनै जानेन
कसैलाई लैनो भुइसी कसैलाई थारो
कसैलाई टार बारी,कसैलाई काडाँघारी
कसैलाई टारी खेत कसैलाई ढाटबारी
लु
मान्छेले सौताको छोरछोरीलाई त
बराबरी नरम करम मिलाएर भाग मिलाउछ
एउटै कोखबाट जन्मेकालाई त्यसो गर्न त
साह्रै अन्याय पो गरि पठाएछ
भन्ने ठान्यूङ...!
लु अबो चूप लागेर
नबसूङ त
याँ त सरखारले भन्दा नि आफ्नैले सिध्याएछ कि
लु विचार गरि ल्याउदा त
बेला त बिति गएछ
ख्याल ख्यालमा यता न उताको बनाए छ त
लु
हामी कर्मचारी त कुहिरोको काग पो भै गएछूङ त
बाटो क्लियर नभए सम्म कतै नबसूङ
आबो त ज्यान गए पनि ठुङेको ठुङेई गरुङ त लु...!
लु माथि बस्नेले त
काम गर्ने कालु मकै खाने भालु जस्तै पो गर्यो त
जुन गोरु छेउ लाग्छ,उसैलाई छेउ लाउछ भने झै
हामी त...ल बसेर काम गर्ने लाई त तलको तल पो पार्ने भो
लु अब त बैमानी भइयूङ है हामी पनि
अब हलो जुवा,जोतारो भाँचे नि भाचोस्
हलि भनाउदाको लौरो खाए नि खावोस
अब त हामी नि बैमानी भयूङ है...
बराबरी अंश नपाए सम्म......!
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानलाई हराउदै श्रीलंका महिला एशिया कपको फाइनलमा

काठमाडौँ । श्रीलंका जारी महिला एशिया कपको फाइनलमा पुगेको छ । शुक्रबार राती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्...

महिला एसिया कपः आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् । दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्...

देशभर सोमबारसम्म वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

 काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।  शनिबार दिउँसो देशभर साधारणतया बदली रहने...

कार्यालयलाई कमिसन नदिँदा रोकियो भुक्तानी

गुल्मी । गुल्मीमा एक निर्माण व्यवसायीले काम गरेबापत सम्बन्धित कार्यालयका इन्जिनियरलाई कमिसन नदिदा कार्यालयबाट हुने भुक्तानी रोकिएको छ । सडक डिविजन पाल...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै...

आफुखुसी संविधान संसोधन गरिए सशक्त प्रतिकारमा उत्रने प्रकाण्डको चेतावनी

कालिकोट । नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले नेकपालाई पर राखेर संविधान चलाउन खोजियो भने देशमा फेरी  आगो बल्ने  बताएका छन । आफ्नो...

उपत्यकाका सबै पालिकामा आइतबार शोक बिदा

काठमाडौं । काठमाडौं उपत्यकाको मेयर्स फोरमले कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । फोरमले उपत्यकाभरका प...

सौर्य विमान दुर्घटनाः माग सम्बोधन नभए शव नबुझ्ने आफन्तको अडान

काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछ...

गौशाला २६ को पत्रलाई नमान्ने महान्यायाधिवक्ता कार्यालयको अडान

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आफूले हालेको मुद्दालाई थप अगाडि नबढाउने गौशाला २६ ले निर्णय लिएपछि उब्जेको प्रश्न हो, के अब यो मुद्दा समाप्...

आईसीयूबाट सारियो क्याप्टेन मनिष शाक्यलाई

काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ । क्या...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy