विराटनगर । कोशी प्रदेशमा एक जना पूर्व मन्त्री पदमुक्त भएकाे एक महिना समम पनि क्वाटरमै रहेकी छन् । जसपाकी एकमात्र सांसद निर्मला लिम्बूले मन्त्रीबाट पदमुक्त भएको एक महिना पुग्दासम्म क्वार्टर नछाडेकी हुन् ।
स्वास्थ्य मन्त्रालयले मीठाकुमारी खतिवडाको तीनतले घर २९ हजार रूपैयाँ मासिक बुझाउने गरी पुस मसान्तसम्म सम्झौता गरेको छ । उनी सोही घरमा बस्दै आएकी छन् । प्रदेशको स्वास्थ्यमन्त्रीबाट हटे पनि उनले बूढीगंगा गाउँपालिकाको हात्तिमुढामा रहेको मन्त्रीको सरकारी निवास प्रयोग गरिरहेकी छन् । गत भदौ २१ गते सर्वोच्च अदालतको आदेशपछि लिम्बू पदमुक्त भएकी थिइन् ।
उनले मन्त्री हुँदा पाएको सुविधासमेत फिर्ता नगरी बसेकी छन् । प्रदेश सरकारबाट पाएको कार्यालय सहयोगी र पीएसओ पनि लिम्बूसँगै रहेका छन् । उनले पीएसो रेनुका सुनाम र सहयोगी राजेश राजवंशीलाई साथमै राखेकी हुन् । स्वास्थ्यमन्त्री भएपछि कार्यालय सहयोगी राजेश राजवंशीलाई मन्त्रालयले सहयोगीको रूपमा खटाएको थियो । निर्मला विराटनगर भएका बेला राजवंशी खाना पकाउन जाने गरेका छन् ।
सहयोगीलाई किन फिर्ता नआएको भनेर सोध्दा निर्मलाले आफू पुन: मन्त्री हुने भएकाले अहिले नजानू भन्दै काममा आउनु भनेकाले जाने गरेको जवाफ दिने गरेको मन्त्रालय स्रोत बताउँछ । पीएसो रेनुका भने दिनहुँजसो स्वास्थ्य मन्त्रालयमा आउने गरेकी छन् । उनलाई समेत फिर्ता पठाइएको छैन ।
मन्त्रालय स्रोतका अनुसार रेनुकाले फेरि आफूहरू नै मन्त्रालयमा आउने भन्दै मन्त्रालयमा हुने गरेका दैनिक कामबारे बुझ्न आउने गरेकी छन् ।
नेपाली कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकारमा साउन २६ गते मन्त्री नियुक्त भएकी उनी २८ दिन मन्त्री बनेकी थिइन् । उनी हिक्मत कार्की नेतृत्वको सरकारमासमेत स्वास्थ्यमन्त्री भएकी थिइन् । लिम्बूले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन असार १७ गते फिर्ता लिएकी थिइन् । पूर्वमन्त्रीले क्वाटर नछाडेका कारण नवनियुक्त मन्त्री जान पाएका छैनन् ।
मन्त्रीबाट हटेलगत्तै मन्त्रालयका कर्मचारीले क्वाटर खाली गरिदिन आग्रह गरेको भए पनि नछाडेको बताइएको छ । क्वाटर, पीएसओ र सहयोगी नछाडेकोबारे बुझ्न पटकपटक फोन गर्दा लिम्बूकाे फाेन उठेन । मन्त्री पदबाट हटेको सात दिनभित्रमा सरकारी आवास छाड्नुपर्ने कानूनी व्यवस्था रहेको छ । मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूची १ मा उल्लेख भएअनुसार मुख्यमन्त्री र मन्त्रीहरूले मन्त्री पदको शपथ ग्रहण गरेको मितिदेखि सरकारी आवाससहितका सुविधाहरू पाउँछन् ।
आवास सुविधासम्बन्धी दफा ८ मा भनिएको छ, ‘यस दफा बमोजिमको सुविधा मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म पाउनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: