विराटनगर । कोशी प्रदेशमा एक जना पूर्व मन्त्री पदमुक्त भएकाे एक महिना समम पनि क्वाटरमै रहेकी छन् । जसपाकी एकमात्र सांसद निर्मला लिम्बूले मन्त्रीबाट पदमुक्त भएको एक महिना पुग्दासम्म क्वार्टर नछाडेकी हुन् ।
स्वास्थ्य मन्त्रालयले मीठाकुमारी खतिवडाको तीनतले घर २९ हजार रूपैयाँ मासिक बुझाउने गरी पुस मसान्तसम्म सम्झौता गरेको छ । उनी सोही घरमा बस्दै आएकी छन् । प्रदेशको स्वास्थ्यमन्त्रीबाट हटे पनि उनले बूढीगंगा गाउँपालिकाको हात्तिमुढामा रहेको मन्त्रीको सरकारी निवास प्रयोग गरिरहेकी छन् । गत भदौ २१ गते सर्वोच्च अदालतको आदेशपछि लिम्बू पदमुक्त भएकी थिइन् ।
उनले मन्त्री हुँदा पाएको सुविधासमेत फिर्ता नगरी बसेकी छन् । प्रदेश सरकारबाट पाएको कार्यालय सहयोगी र पीएसओ पनि लिम्बूसँगै रहेका छन् । उनले पीएसो रेनुका सुनाम र सहयोगी राजेश राजवंशीलाई साथमै राखेकी हुन् । स्वास्थ्यमन्त्री भएपछि कार्यालय सहयोगी राजेश राजवंशीलाई मन्त्रालयले सहयोगीको रूपमा खटाएको थियो । निर्मला विराटनगर भएका बेला राजवंशी खाना पकाउन जाने गरेका छन् ।
सहयोगीलाई किन फिर्ता नआएको भनेर सोध्दा निर्मलाले आफू पुन: मन्त्री हुने भएकाले अहिले नजानू भन्दै काममा आउनु भनेकाले जाने गरेको जवाफ दिने गरेको मन्त्रालय स्रोत बताउँछ । पीएसो रेनुका भने दिनहुँजसो स्वास्थ्य मन्त्रालयमा आउने गरेकी छन् । उनलाई समेत फिर्ता पठाइएको छैन ।
मन्त्रालय स्रोतका अनुसार रेनुकाले फेरि आफूहरू नै मन्त्रालयमा आउने भन्दै मन्त्रालयमा हुने गरेका दैनिक कामबारे बुझ्न आउने गरेकी छन् ।
नेपाली कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकारमा साउन २६ गते मन्त्री नियुक्त भएकी उनी २८ दिन मन्त्री बनेकी थिइन् । उनी हिक्मत कार्की नेतृत्वको सरकारमासमेत स्वास्थ्यमन्त्री भएकी थिइन् । लिम्बूले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन असार १७ गते फिर्ता लिएकी थिइन् । पूर्वमन्त्रीले क्वाटर नछाडेका कारण नवनियुक्त मन्त्री जान पाएका छैनन् ।
मन्त्रीबाट हटेलगत्तै मन्त्रालयका कर्मचारीले क्वाटर खाली गरिदिन आग्रह गरेको भए पनि नछाडेको बताइएको छ । क्वाटर, पीएसओ र सहयोगी नछाडेकोबारे बुझ्न पटकपटक फोन गर्दा लिम्बूकाे फाेन उठेन । मन्त्री पदबाट हटेको सात दिनभित्रमा सरकारी आवास छाड्नुपर्ने कानूनी व्यवस्था रहेको छ । मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूची १ मा उल्लेख भएअनुसार मुख्यमन्त्री र मन्त्रीहरूले मन्त्री पदको शपथ ग्रहण गरेको मितिदेखि सरकारी आवाससहितका सुविधाहरू पाउँछन् ।
आवास सुविधासम्बन्धी दफा ८ मा भनिएको छ, ‘यस दफा बमोजिमको सुविधा मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म पाउनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - २१:४३
काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...
जेष्ठ ४ गते, २०८३ - २१:३५
रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप
जेष्ठ ४ गते, २०८३ - २१:२१
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...
जेष्ठ ४ गते, २०८३ - १९:५४
२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार
जेष्ठ ४ गते, २०८३ - १९:४७
काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...
जेष्ठ ४ गते, २०८३ - १९:३६
काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...
जेष्ठ ४ गते, २०८३ - १९:२९
काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...
जेष्ठ ४ गते, २०८३ - १९:१८
काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...
जेष्ठ ४ गते, २०८३ - ०८:२९
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...
जेष्ठ ४ गते, २०८३ - ०८:२६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्यो । सूचना टाँसिए...



प्रतिकृया लेख्नुहोस्: