Ntc summer Offer
Khabar Dabali ९ जेष्ठ २०८१ बुधबार | 22nd May, 2024 Wed
NIMB

त्रिशुलीमा हाम फालेका तत्कालिन मेगा बैंकका शाखा प्रमुख देवकाेटा अझै बेपत्ता

खबरडबली संवाददाता

काठमाडाैं । त्रिशुली नदीमा हाम फालेका एक युवक बेपत्ता भएका छन् । सोमबार साँझ साढे ६ बजेतिर धादिङको गजुरी गाउँपालिका-५ घाटवेशीस्थित नयाँ पुलबाट त्रिशुलीमा हाम फालेका हेटौंडा उपमहानगरपालिका-२ चौकी टोलका ३८ वर्षीय निराजन देवकोटा  बेपत्ता भएका हुन् ।

उनी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखाका प्रमुख थिए । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार उनको खोजी भइरहेको छ । सशस्त्र प्रहरी बलको गोताखोर र प्रहरीको टोलीले अहिले त्रिशुलीका विभिन्न ठाउँमा खोजी गरिरहेको छ।

एसपी मिश्रका अनुसार नयाँ पुल बीचमा प्रहरीले उनको बाइक, हेल्मेट र चप्पल फेला पारेको छ । प्रदेश नम्बर ३-००५-क- ४१७६ नम्बरको एभेन्जर बाइक फेला परेसँगै उनको पहिचान खुलेको हो । देवकोटाले बीच पुलबाट हाम फालेपछि माछा मार्दै गरेका माझीले देखेर प्रहरीलाई खबर गरेका थिए। 

त्यसयता उनको खोजी भइरहेको हो । केही समयअघि मात्रै उनले बैंकको जागिरबाट राजीनामा दिएका थिए। तर उनको राजीनामा भने स्‍वीकृत भइसकेको थिएन । बेपत्ता भएका देवकोटाका परिवार भने प्रहरीको सम्पर्कमा आएका छन् ।  प्रहरीले देवकोटाको खोजीसँगै घटनाको कारणबारे पनि अनुसन्धान गरिरहेको छ ।

तत्कालिन मेगा बैंकका शाखा प्रमुख त्रिशुलीमा हामफाले, लाग्ला त आत्महत्या दुरुत्साहन मुद्दा !

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज बन्दै यात्रा

कास्की ।  पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज यात्रा बन्दै गएको स्थानीयले बताएका छन् । गण्डकी प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा पोखरा–सिक्ल...

उपत्यकाका ट्राफिक प्रहरीका लागि नेत्रज्योति संघद्धारा २ हजार थान चस्मा हस्तान्तरण

काठमाडौं   । नेपाल नेत्रज्योति संघद्धारा काठमांडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुका लागि धुवा, धुलो तथा घामबाट बच्न २ हजार थान चस्मा (सन ग्लास) ह...

उडिरहेको विमान आकाशमै भयानक तुफानमा फस्दा १ को मृत्यु धेरै घाइते

काठमाडौं । लण्डनबाट आउँदै गरेको सिंगापुर एयरलाइन्सको विमानलाई गम्भिर एयर टर्बुलेन्सका कारण मंगलबार बैंककमा आकस्मिक अवतरण गर्नुपरेको छ । यस क्रममा ए...

एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै

काठमाडौं ।  विश्व बौद्ध धर्म सङ्घले पछिल्लो समय विभिन्न शक्ति राष्ट्रबीच बढ्दै गइरहेको द्धन्द्ध अन्तको सन्देश प्रवाह गर्न यही जेठ १० गते एक हजार बुद्ध...

सिरोहिया पक्राउ प्रतिशोधपूर्णः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । अध्यक्ष उपेन्द्...

अदालतको अनुमति लिएर पक्राउ गर्नु प्रेस स्वतन्त्रताको हनन होइनः रास्वपा

काठमाडौं ।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका विषयमा आफ्नो धारणा सा...

मन्त्रिमण्डल पुनर्गठनको तयारीमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेका छन्।उनले सरकारमा रहेका केही मन्त्रीहरुलाई हटाएर नयाँलाइ सामेल ग...

अवैध लागूऔषध कारोबारमा सम्लग्न १२ जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ गरेको छ । झापा। बाँके, कैलाली,बार र ञ्चनपुरबबाट उनीहरुलाई पक्राउ गरेको हो । झाप...

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका १ घर भई का...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies