Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

तत्कालिन मेगा बैंकका शाखा प्रमुख त्रिशुलीमा हामफाले, लाग्ला त आत्महत्या दुरुत्साहन मुद्दा !

खबरडबली संवाददाता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकहरुले चर्को दवावसहित मानसिक तनाव दिएका कारण तत्कालिन मेगा बैंकका हेटौडा शाखाका प्रमुख निराजन देवकोटाले सोमबार साँझ वर्षेभेल आइरहेको धादिङको त्रिशुली नदिमा हामफालेर आत्महत्या गरेका छन् । सोमबार बैंकको केन्द्रीय कार्यालयका हाकिमहरुले टर्चरसहित सोधपुछ गरेपछि घर फर्कदै गरेका देवकोटा धादिङ पुगेर त्रिशुली नदिमा हामफालेर आत्याहत्या गरेका हुन् ।

देवकोटाले सोमबार साँझ धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसीस्थित नयाँ पुल नजिकै मोटरसाइकल रोकेर जुत्ता समेत खोलेर त्रिुशली नदिमा हाम फालेको र मंगलबार दिनभर खोज्दा पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । धादिङ प्रहरी प्रमुख गौतम मिश्रका अनुसार सोमबार साँझै नै माछा मार्ने एक व्यक्तिले हाम फालेको देखेर प्रहरीलाई खवर गरेको र प्रहरी पुग्दा बा.प्र ०३–००५प ४१७६ नम्बरको मोटरसाइलक र जुत्ता फेला परेको छ । मंगलबार दिनभर खोजी गर्दा उनको शव नभेटिएको प्रहरीको भनाई छ ।

मर्जरअघि मेगा बैंकमा कार्यरत देवकोटालाई मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओको चर्को पेलाईको कारण राजिनामा दिएका थिए । मर्जरपछि राजिनामा दिइसकेका उनलाई नउठेका ऋणको छानविन गर्न भन्दै पटक पटक केन्द्रीय कार्यालयमा बोलाएर बयान लिने नाममा मानसिक टर्चर दिइदै आएको थियो । त्यसरी टर्चर दिनेहरुमा सिईओ ज्योति प्रकाश पाण्डेको संलग्नता छ वा छैन भन्ने पुष्टि हुन बाँकी छ ।

स्रोतका अनुसार नदिमा हाम फालेका देवकोटाले सुसाइड नोट समेत लेखेको र सो सुसाइड नोटमा नेपाल इन्भेष्टमेन्ट बैंकका सिईओसहितका व्यक्तिहरुको गाली गलौज र दवावका मुख्य कारण खुलाएको जनाइएको छ । यद्यपि सुसाइड नोटबारे पुष्टि हुन बाँकी छ ।

घटनाको सम्बन्धमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ ज्योति पाण्डेसँग जिज्ञाशा राख्दा उनले जवाफ दिन चाहेनन् । जागिर छोडिसकेको व्यक्तिलाई बैंकले नै बोलाएर काठमाडौं आएका र फर्कदा घटना भएकोले बैंकका उच्च व्यवस्थापकमाथि आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने सम्भावना समेत देखिएको छ ।

पीडित परिवार हेटौडा उपमहानगरपालिका २ चौकीटोलका बासिन्दा हुन् । उनी नारायण देवकोटाका छोरा हुन् । नारायण देवकोटा हेटौडाका सहकारी अभियान्ता हुन् । पीडित परिवारका एक सदस्यले पहिले घटनाको वास्तविक अवस्था सार्वजनिक भएपछि कस्तो मुद्दा चलाउने भन्ने सम्बन्धमा निर्णय गरिने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...

सडक पार गर्ने क्रममा पिकअपको ठक्कर, झापामा ७० वर्षीय वृद्धको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...

काठमाडौं उपत्यकासहित २५ भन्दा बढी जिल्लामा बाढीको जोखिम, साना नदी किनारमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...

देशभर बाढी–पहिरोको असर : मुख्य राजमार्गहरू अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...

कोशीमा हिक्मत कार्कीमाथि दबाब बढ्दै, मुख्यमन्त्री र दलको नेताबाट हटाउने तयारी

विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...

उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा, अवैध कारोबार र कर छलीको आशंकामा अनुसन्धान

विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...

रोल्पा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...

आन्दोलन घोषणा गरेको केही घण्टामै पक्राउ परे दुर्गा प्रसाईं, सार्वजनिक शान्ति भंगको आरोप

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...

आन्दोलनको घोषणा लगत्तै दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending