Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सद्भावको आडमा अतिवाद

राजाराम दास
राजाराम दास

केही वर्ष पहिले नेपालगञ्जमा हिन्दू र मुस्लिमको आपसी सद्भाव देख्न पाइन्थ्यो । तर पछिल्लो केही वर्षयता नेपालगञ्ज अशान्त हुँदैछ । परिचालित केही व्यक्तिहरूले नेपाली राजनीतिले दिएको ‘स्पेस’ र संवैधानिक अधिकारको दुरूपयोग गर्दै सडकमा निस्किएर खुलेआम रूपमा मनोमानी गर्न थालेका छन् । जिहादी आतंकवादी क्रियाकलापको झल्को दिने गरी जबरजस्तिका घटना हुन थालेका छन् ।

नेपालगञ्जमा पटक–पटक हिन्दू  धर्मावलम्बीहरूको आस्था र अस्मितामाथि दुर्व्यवहार हुँदा समेत प्रहरी प्रशासनको मौनताबाट आजित बनेका ‘ॐ’कार परिवारका सदस्यहरू एकजुट भएर मंगलबार नेपालगञ्ज बन्दको घोषणा गरेका छन् ।

गाई काटेको विरोधमा सामान्य व्यक्तीले सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसको भरमा सम्पूर्ण हिन्दूहरूलाई परिचालित जातिवादी, नश्लवादी समुदायका वर्गले तारो बनाइ आईतबार बिहान गरिएको चक्काजाम तथा विरोध प्रदर्शनले यस क्षेत्रमा गाई काटेर खानेहरूलाई पश्रय दिने र त्यस्तै जमातको बोलबाला बढेको प्रष्ट हुन्छ ।

हिन्दूहरुको आस्थाको केन्द्र तथा नेपालको राष्ट्रिय जनावर गाई काटेर खानेहरूको विरोध गर्दा सामाजिक सदभावको विषय उठान गर्ने प्रशासन र मुस्लिम समुदायले त्यसरी सदभाव विथोल्ने समुदाय र गाई काट्नेलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने तर्फ किन आवाज नउठाएका हुन् ? षडयन्त्रको तार यतै–कतै जोडिएको हुनुपर्छ भनेर आशंका गर्ने प्रशस्त आधारहरू रहेको छन ।

हिन्दू धर्मावलम्बीहरूको आस्थामा चोट पुग्ने गरी चक्का जाम र शक्ति प्रदर्शन गर्न छुट दिने तर हिन्दूलाई सधैं सद्भाव र्याली गर्न दवाव दिने स्थानीय सरकारले अर्को पक्षलाई जे गर्न पनि प्रश्रय दिएको जस्तो देख्न सकिन्छ ।

संविधानको मर्यादालाई उल्लङ्घन गर्दै ‘शर तन से जुदा’ भन्दै लगाईएको नाराको अर्थ के हो ? त्यसमा जिहादी नियत प्रष्ट झल्कन्छ । तर यस्तो सुनेर देखेर पनि बेवास्ता गर्ने स्थानीय सरकार र प्रहरी प्रशासनलाई के भन्ने ? यस्ता घटनाको पछाडि कतै स्थानीय सरकारकै केही व्यक्तिहरूको हात त छैन भन्ने आशंका समेत उत्पन्न भएको छ ।

पछिल्लो समयमा नेपालगञ्जको नगरपालिकाको कार्यालयभित्र बैठक गरेर सडक आन्दोलनको प्रारूप तयार गरेको समेत खुल्न आएको छ । चोकमा उग्र प्रदर्शन गर्दै हिन्दू समुदाय विरुद्ध विषबमन गर्ने आततायीहरु विरुद्ध लक्षित गर्दै आज नेपालगञ्ज बन्द गरिए पनि शान्ति एकता र सद्भावको सन्देश दिदै आज नेपालगञ्जमा सद्भाव र्याली समेत सम्पन्न गरिएको थियो ।

अहिले ईसाई, मंगोल र मुस्लिमद्वारा पटक पटक ठाडै रूपमा हिन्दू समाजमाथि प्रहार गर्दा पनि हिन्दू समाजले सद्भावकै गीत गाउनु र सरकारी पक्षले पनि सदभावकै लागि आग्रह गर्नुको कारण जिहादी पक्षलाई थप हौसला मिलिरहेको देखिन्छ ।

यो स्वाभिमान, सम्मान र पहिचान जोगाउने समय हो । केही तुच्छ अपराधी मानसिकताका कारण नेपालगञ्जको सम्मान र पहिचान मेटाउने प्रयास भएको छ । जिहादी मानसिकता बोकेकाको प्रतिकार सदभाव र्याली गरेर हुँदैन । तसर्थ यस्तो माहौल जन्माउने व्यक्ति र यसका दोषीलाई प्रसाशनले कानून बमोजिम कडा कारबाही गर्नैपर्छ ।

नेपालगञ्जको मेयर प्रशान्त विष्टद्वारा यस्तो घटना हुँदासमेत सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुताको नाममा नेपालगञ्जवासीलाई शान्त, संयम र सुरक्षित बस्न आह्वान गरिएको छ । अब तपाईं आफै सोच्नुस, यस्तो विषम परिस्थितिमा शान्त बस्ने ठेक्का हिन्दू समाजले मात्र लिनु पर्ने हो र ? नेपालगञ्जको सामाजिक एवम् धार्मिक विविधतायुक्त सुन्दरतामा अर्को पक्षले आघात पुर्याउने क्रियाकलाप गर्दा पनि सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको नाममा सरकारी संयन्त्रद्वारा हिन्दू पक्षलाई दबाब दिने र समभाव एवं सहानुभूतिको नारा दिएर एकताको कुरा गर्नुले एकातर्फ शान्तिको सन्देश दिए जस्तो देखिएता पनि अर्को तिर अल्पसंख्यकको तुष्टीकरण गर्ने सरकारको लम्पसारवादी नीतिको प्रकटीकरण जस्तो देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसाल्ने अनि त्यही सीडीओ कार्यालयकै छतमा निस्किएर हिन्दी फिल्मी शैलीमा आफ्ना समुदायलाई सम्बोधन गर्दा पनि नेपाल प्रहरी छेउ मै रहेरपनी मौन बस्नुले नेपाल प्रहरी पनि त्यो जमातको अगाडि निरिह भएको जस्तो देखिएको छ ।

हिन्दु समाज माथी नै प्रहार हुँदा समेत नेपालगञ्ज प्रशासनले हिन्दु समाजलाई नै सद्भाव र्याली निकाल्नलाई दबाब दिनु र अर्को पक्षले जे जस्तो कार्य गरे पनि चुप लागेर बस, मौन भएर बस भन्ने किसिमले शान्ति र सद्भावको नाममा ब्लाकमेल गरेर नेपालगञ्जको घटना बाहिर नजाओस भन्ने उद्देश्यले घटनासँग सम्वन्धित कुनै किसिमको फोटो, भिडियो, व्यक्तिगत धारणा, सभा, जुलुस नगर्न–नगराउन अपिल गर्नुले, प्रशासनको नियतमाथि प्रश्न चिह्न खडा भएको छ ।

यो देशमा ९४% ‘ॐ’कार परिवार हुँदाहुँदै पनि सिमित २÷४% जातीको जातिय एवं धार्मिक भोटबैंकको लागि यहाँको जनप्रतिनिधिहरूले हिन्दु समाजलाई दबाउन खोज्दै गएको आभाष भईरहेको छ । धरानमा मन्दिरको सामु चर्च बनाईयो । जसले भोलिको दिनमा सामाजिक सद्भाव भड्किने र समाज विखण्डन हुने निश्चित छ । तर पनि सरकारी प्रशासन मौन रहयो ।

 त्यसै घटनालाई विषयन्तरण गर्न कै लागि धरान लगायत नेपालको विभिन्न स्थानमा गाई काटियो । संविधानमा नै गौ हत्यालाई निशेध गरिएको छ । तर पनि संविधानलाई आत्मसात गर्दै नेपाल सरकारले नै हत्यारालाई पकडेर कारबाही अघि बढाउनु पर्नेमा घटनालाई बेवास्ता गर्दै त्यहाँ मेन स्ट्रीमका सम्पुर्ण मिडियाहरू समेत मौन बसे । राजनीतिक एवं सामाजिक विश्लेषक हुँ भन्नेहरूको समेत कुनै प्रतिक्रिया आएन । राजनीतिक चलखेल हुन दिई राखियो । फलस्वरूप देशमा विकराल अवस्थाको सिर्जना भयो । ठाउँ–ठाउँमा हजारौंको संख्यामा जनता सडकमा उत्रन बाध्य भए । तरपनी सरकार र स्थानिय प्रशासन मौन रहे ।

त्यसैगरी सर्लाहीमा कृष्णाष्टमी पूजाको मूर्ति, विश्वकर्मा पूजाको मूर्ति र गणेश पूजाको मुर्ति जलप्रवाह गर्न जाँदा अवरोध उत्पन्न गराई साम्प्रदायिक दंगा फैलाईयो । रातीको समयमा विद्युत कटौती गरेर स्थानीय रुपेश यादवमाथि छुरा प्रहार गरियो । तरपनी सरकारी संयन्त्र मौन रहयो । घटनालाई शान्त गर्नु भन्दापनि उक्त क्षेत्रको मुख्य मन्त्रीले मिडियामा भड्काउ अभिव्यक्ति दिदै हिडे ।

फलस्वरूप मलंगवामा झडप समेत भयो । तर यति हुँदा पनि सरकारी पक्षले अपराधीलाई कारबाही गर्नमा जोड दिने भन्दापनी हिन्दूहरूलाई बोलाएर सद्भाव र्याली निकाल्नमा जोड दियो । एकातिर अतिवादी आतंकी समुहले मनपरि गर्दै हिड्ने अनि अर्को तर्फ सरकार पक्षले दोषीलाई कारबाही गर्ने भन्दापनि सदभावको बिगुल फुक्दै हिड्नुले पनि सरकारको विभेदी नीति प्रष्ट झल्किन्छ ।

त्यति मात्र नभएर, आतंकी घटना मधेश प्रदेशमा भयो तर बाग्मती प्रदेशमा हिन्दू, मुस्लिम र ईसाइको केही सिमित संगठनलाई बोलाएर जवर्जस्ती रूपमा सद्भाव र्याली निकाल्न र घटनालाई दबाउन हस्ताक्षर गराईयो । यसले पनि सरकारको नीयत माथी प्रश्न खडा भएको छ ।

विभिन्न जाती एवं नश्लवादीहरूले जे–जे बोले पनि हिन्दूले सहनु पर्ने, उनीहरूले मनपरी गर्दा र हिन्दूको भावनामा ठेस लागे पनि सहनुपर्ने तर हिन्दूले चाहिँ प्रतिकार र प्रतिवाद नि गर्न नपाउनुले पनि हिन्दू समाज माथिको सरकारी नियन्त्रण प्रष्ट देख्न सकिन्छ । हिन्दूले कुनै गतिविधि सञ्चालन गर्दा कुनै धर्म र सम्प्रदायको भावनामाथि ठेस नपुग्ने गरेर कार्य गर्नुपर्ने तर उनीहरूले चाहिँ जे–जे बोले पनि मौन भएर बस्नु पर्ने यस्तो एकतर्फी नियम किन हिन्दूमाथि मात्रै लाद्ने प्रयास हुँदैछ ? के हिन्दूले मात्रै समभावको पाठ पढेर हिड्नुपर्ने अनि मंगोल, मुस्लिम र इसाईको नामधारी जमातलाई त्यो नियम लागू नहुने हो ?

हिन्दूको भावनामाथि चोट पुग्ने गरी सामाजिक सञ्जालमा भिडियो फोटो पोष्ट गर्दै गाई काटियो तर प्रशासनले संवैधानिक नियमलाई आधार मानेर गाई काट्नु अपराध हो भनेर भन्न समेत सकेन । तर हिन्दूलाई सदभाव बिग्रन्छ मौन बस है भनेर अपिल गर्न चाहि भ्यायो । नेपालगञ्जमा एक सामान्य व्यक्तिको स्टाटसलाई आधार बनाएर त्यत्रो बितण्डा मच्चाईयो । हिन्दू समाजमाथि ठाडै प्रहार गरियो तर जब हिन्दूले प्रतिकार गर्ने अवस्था आयो । तब प्रशासनले हिन्दूलाई नै बोलाएर मौन बस है सामाजिक सदभाव भड्किन्छ भनेर रोक लगायो ।

यहाँ शान्ति, सद्भाव र सहिष्णुतालाई आत्मसात गर्ने हिन्दू समुदायमाथि आततायी जमातले जे जसरी जस्तो गरे पनि हुन्छ, उसले छुट पाउँछ भन्ने भाष्य स्थापित गराइदैछ । आखिर किन ? कसको ईशारामा ? सहनुको पनि हद हुन्छ होला ? सहनुको सीमा सकिएपछि बाँकी के नै रहन्छ र ? त्यसैको प्रतिफल हो हिन्दु गुरु श्रीनिवासाचार्यको अभिव्यक्ति ।

यसरी, सधै यो देशको नियम र संविधानले हिन्दूलाई मात्र रोक लगाउने अनि अरुहरूलाई जेमा पनि छुट दिने यो कस्तो नियम हो ? प्रहरीका अनुसार नेपालगन्जको उक्त युवकले सामाजिक सञ्जालबाट स्टाटस पनि हटाए र माफी पनि मागे तर माफी मागिसके पश्चात् पनि त्यत्रो आन्दोलन गर्नुको कारण के ? तसर्थ यो विषयमाथि हिन्दूले अब सोच्नु पर्ने बेला आएको छ ।

आजैको घटनालाई हेर्ने हो भने हिन्दू गुरू श्रीनिवास आचार्यलाई सुनसरी चतराबाट प्रहरीले पक्राउ गरेको छ । उनले धरानमा र देशका अन्य भागमा संविधान र कानुनले वर्जित गरेको गौ हत्याको केसमा हिन्दूहरूले आमा समान मानी आएको गौमाताको हत्यारालाई कारबाही गर्न खरो रूपमा भाषण गरेका थिए । सरकार मौन बसेर आतंकी समुदायलाई बचाउन खोज्दा घटनाबाट पिडित भएर उनको मुखबाट त्यस्तो अभिव्यक्ति निस्किएको कुरा प्रष्ट छ । पिडामा कसैले गीत गाउँदैन । प्रतिकार अवस्री गर्दछ । यहाँ संविधानले नै निषेध गरेको गौ हत्या केसमा हत्यारालाई उन्मुक्ति दिने र हत्यारालाई कारबाही गर्नु पर्दछ भनेर शसक्त आवाज उठाउनेलाई पकडेर कारबाही अघि बढाउनुले पनि सरकारको एकपक्षिय अन्यायपूर्ण चरित्र प्रष्ट हुन आउँछ ।

हत्यारालाई आममाफी, विधर्मीलाई साथ
एउटा हिन्दू बोल्दैमा हिरासतको वास ।।
आयो–आयो लुटतन्त्र, राजधर्म फालेर
उठौँ जागौँ हिन्दू हो, नत्र जानुपर्ला भागेर ।।

भन्ने यम प्रसाद पौडेल ‘दीपक’को कविताले सार्थकता पाएको प्रष्ट हुन्छ ।

सहिष्णुता कदापि हिन्दूको कमजोरी होईन । यदि प्रशासनले समयमै परिपक्वता देखाएर विधर्मीलाई कारबाही गरेको भए यस्तो घटनाहरू आउने नै थिएन । सरकारको अपरिपक्वता एवं उचित र न्यायपूर्ण निर्णय क्षमतामा ह्रास आएकै कारण वर्तमान परिस्थिति निम्तिएको कुरामा दुई मत छैन । सरकारी संयन्त्रको यस्तै गलत रवैया भएको खन्डमा भोलिको दिनमा देशले ठूलो मूल्य चुकाउने कुरा निश्चित छ । नेपाल आमाको जय ।।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending