काठमाडाैं । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका १ निवासी ९० वर्षीय मथुरा प्रसाद श्रेष्ठले आफूले २००७ साल चैत्र २६ गते प्राप्त गरेको नेपाली कांग्रेसको सदस्यता रेकर्डका लागि कांग्रेस मुख्यालयमा बुझाएका छन् ।
१९९० साल बैशाख १२ गते जन्मीएका श्रेष्ठले १८ वर्षको उमेरमा लिएको सदस्यता नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पाैडेललाई पार्टी कार्यालयमै पुगेर बुझाएका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सम्पादन गरेको नेपाली कांग्रेसको ऐतिहासिक दस्तावेजमा अहिलेसम्मकै पुरानो सदस्यता भन्दै स्याङ्जाका चोलप्रसादको संकलनबाट भन्दै २००९ सालको सदस्यता प्रकाशित गरेका छन् ।
९० वर्षीय मथुरा प्रसाद श्रेष्ठले बुझाएको सदस्यताले त्यो सदस्यतालाई विस्थापित गरिदिएको छ । अर्को कसैको सदस्यता नआउँदासम्म श्रेष्ठको सदस्यताले जेष्ठताको मान्यता पाउने छ । श्रेष्ठको सदस्यता ग्रहण गर्दै मुख्य सचिव पाैडेलले ऐतिहासिक सदस्यता पार्टीको दस्तावेजमा समावेश गर्ने भएका छन् ।
सदस्यतामा सभापति मातृका प्रसाद कोइराला र प्रधानमन्त्री महेन्द्र विक्रम शाहले हस्ताक्षर गरेका छन् । हाल महामन्त्री भनिने पदलाई त्यसबेला प्रधानमन्त्री भनिने गरेको जानकार बताउँछन् । स्मरण रहोस ९० वर्षीय श्रेष्ठका कान्छा छोरा भुवन प्रसाद श्रेष्ठ हाल लुम्बिनी प्रदेशको उपसभापति पदमा सकृय छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: