काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले आफू एमालेमा रहँदा उठाएका मुद्दाहरू सही रहेको कुरा अहिलेका घटनाक्रमले पुष्टि गरेको दाबी गरेका छन्।
रावलले दशौँ महाधिवेशनमा आफूले विधि, पद्धति, स्वच्छ निर्वाचन, सिद्धान्त र राष्ट्रियताको पक्षमा अडेर अध्यक्ष पदमा उम्मेदवारी दिएको स्मरण गराउँदै त्यसलाई केपी शर्मा ओलीसँगको व्यक्तिगत इवी र विरोधका रूपमा चित्रित गरिएको आरोप लगाए।
उनले लेखेका छन्, “मेरो उद्देश्य पार्टीलाई विधि र पद्धतिअनुसार देशको सर्वोपरि हितको दिशामा अगाडि बढाउने थियो। महाधिवेशनमा प्रतिनिधिहरूले चुन्ने र चुनिन पाउने अधिकारको निर्बाध उपयोग होस् भन्ने चाहना थियो, तर ओलीबाट त्यो प्रक्रिया अवरुद्ध पारियो।”
रावलले अहिलेको परिस्थितिले त्यसबेला आफूले उठाएका सवालहरू कति सही थिए भन्ने स्पष्ट भएको बताएका छन्। “अहिले धेरैले केपी ओलीको निरंकुश र स्वेच्छाचारी प्रवृत्ति तथा व्यवहार स्वयं भोगेका र देखेका छन्,” उनले उल्लेख गरेका छन्।
एमालेको एघारौँ महाधिवेशनलाई उनले पार्टीभित्रको त्यस्तो प्रवृत्तिबाट मुक्त हुने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन्। रावलका अनुसार प्रतिनिधिहरूले महाधिवेशनलाई पार्टी, देश र जनताको हितमा संगठनलाई उपयोगी बनाउने दिशामा प्रयोग गर्न सके मात्र यसको औचित्य रहनेछ।
भीम रावलको यो अभिव्यक्तिलाई एमालेभित्र जारी नेतृत्व संघर्ष र असन्तुष्ट धारको आवाजका रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: