Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

खबरडबली संवाददाता

काठमाडौँ । चन्द्रदेव जोशी र घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)ले सातै प्रदेशका लागि प्रदेश सम्मेलन आयोजक कमिटीका संयोजक तथा सहजकर्ता तोकेको छ। साथै पार्टीले दस्तावेज लेखन कमिटी पनि गठन गरेको छ।

पार्टीले जारी गरेको आधिकारिक निर्णय (अपानि) अनुसार कोशी प्रदेश सम्मेलन आयोजक कमिटीको संयोजकमा महेश रेग्मी र सहसंयोजकमा डम्बर बुढाथोकी तोकिएका छन्। मधेश प्रदेशमा तेजकृष्ण काफ्ले संयोजक र हरि काफ्ले सहजकर्ताको जिम्मेवारी दिइएको छ।

बागमती प्रदेश संयोजकमा जीवनराम श्रेष्ठ र सहसंयोजकमा उपेन्द्र छटुन्जेल नियुक्त भएका छन्। गण्डकी प्रदेश संयोजकको जिम्मेवारी ओम उपाध्यायलाई दिइएको छ।

लुम्बिनी प्रदेश संयोजकमा हरिप्रसाद पराजुली र सहसंयोजकमा कृष्णबहादुर गुरुङ तोकिएका छन्। कर्णाली प्रदेश संयोजकको जिम्मेवारी शेरबहादुर केसीलाई दिइएको छ। सुदूरपश्चिम प्रदेश संयोजकमा उर्वादत्त पन्त र सहसंयोजकमा बीडी जोशी तोकिएका छन्।

अपानि अनुसार प्रदेश सम्मेलन आयोजक कमिटीमा हाल कायम सम्बन्धित प्रदेशमा घरठेगाना भएका केन्द्रीय सदस्य, दुवै पूर्व पार्टीका प्रदेश सदस्य तथा आवश्यक अन्य नेताहरूलाई समेटेर आयोजक कमिटी गठन गरिनेछ।

यस्तै, पार्टीको दस्तावेज लेखन कमिटीको संयोजकमा कार्यबाहक अध्यक्ष घनश्याम भुसाल तोकिएका छन्। सात सदस्यीय उक्त कमिटीमा केदार शर्मा, डा. विजयकुमार पौडेल, मधुबहादुर बस्नेत, धर्मराज निरौला, हरि काफ्ले र डम्बर बुढाथोकी सदस्य रहेका छन्।

हाललाई नयाँ तथा एकीकृत जिल्ला आयोजक कमिटी गठन गर्दा विद्यमान जिल्ला कमिटीबाटै संयोजक तथा सहसंयोजक तोक्नु उपयुक्त हुने उल्लेख अपानिमा गरिएको छ। साथै राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सदस्यलाई संयोजक वा सहसंयोजक तोक्नु व्यवहारिक हुने निष्कर्ष पार्टीले निकालेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

सडकबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...

मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै

मुस्ताङ  । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।  हिमपात लगत्तै उपल्...

धनकुटामा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...

निर्वाचन पराजयपछि नेकपाभित्र नेतृत्वबारे बहस तीव्र

काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...

एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी, चार जना पक्राउ

काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...

ऐतिहासिक उभारदेखि गहिरो अवसानसम्म : कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षा

नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...

वर्षा गराउने प्रणाली बाहिरिँदै गर्दा मौसममा सुधार

काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: