Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

एभोकाडो सेवनका प्रमुख ६ फाइदाहरु

खबरडबली संवाददाता

काठमाडाैं । एभोकाडो आजभोलि बजारमा सहजै पाइन्छ। एभोकाडो खानेहरु पनि बढ्दो छन्। मिठो पनि हुने अनि अन्य परिकारसंग पनि मिसाउन सकिने भएकाले एभोकाडोको प्रयोग बढेको हो। एभोकाडोले स्वास्थ्यमा पुर्याउने फाइदा पनि टन्नै छन् ।

यी हुन मुख्य फाइदाः 

१. मुटु स्वस्थ राख्छः 
एभोकाडोमा बेटा सिटोस्टेरोल हुन्छ । जसले कोलस्टोरको स्तर व्यवस्थित गरेर मुटु स्वस्थ्य राख्छ। 
२. आँखाको स्वास्थ सपारी विकिरणले गर्ने क्षति कम गर्छः
 यो फलमा ‘लुटिन’ र ‘जिजान्थिन’ हुन्छ, जसले आँखाको स्वास्थ्यमा सहयोग गर्छ। साथै अल्ट्राभ्वायलेट विकिरणले गर्ने क्षति कम गर्छ।
 ३. ओस्टिओपोरोसिस निको पार्छः 
एभोकाडोमा पाइने भिटामिन ‘के’ले हाडको स्वास्थ्य कायम राख्छ। हाड कमजोर भएर भाँचिने रोगलाई ओस्टिओपोरोसिस भनिन्छ। दैनिक केवल आधा एभोकाडोको सेवनले शरिरलाई चाहिने २५ प्रतिशत भिटामिन पूर्ति हुन्छ। 
४. क्यान्सर रोकथाममा सहयोग गर्छः 
फोलेट पाइने खानेकुराहरुले पेट, घाँटी र प्यान्क्रियाजको क्यान्सर रोकथाममा सहयोग गर्ने अध्ययनहरुले देखाएको छ। फोलेट भिटामिन बी को एक प्रकार हो र बोनम्यारोमा रातो र सेतो रक्त कोषिका निर्माण गर्दा यसको आवश्यकता पर्छ। फोलेटले कसरी क्यान्सरको रोकथाम गर्छ यसको कारण स्पष्ट छैन। तर, यसले डिएनएमा नचाहिँदो म्युटेसन रोक्छ भन्ने अनुमान गरिन्छ। 
५. डिप्रेसन कम गर्छः 
एभोकाडोले शरिरमा होमोसिस्टेनाइन थुप्रिन दिँदैन। होमोसिस्टेनाइनले दिमागमा पोषकतत्वको सर्कुलेसनमा वाधा पुर्याउँछ। यसलाई थुप्रिन नदिदाँ मस्तिष्क स्वस्थ राख्न मद्धत पुग्छ, फलतः यसले डिप्रेसन घटाउँछ। 
६. पाचन प्रक्रिया सुध्रिन्छः
 एभोकाडोमा पाइने फाइरले पाचन प्रक्रिया सहज गर्न मद्दत गर्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...

हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...

नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीयको स्थिरता, किसान मारमा

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...

बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...

थरमा अपमानित भए फेर्न सकिन्छ’

काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...

५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...

नेपालमा समानुपातिक प्रणाली स्थापनामा माओवादी जनयुद्धको भूमिका

नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...

जेनजी आन्दोलन प्रकरण : ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: