Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

एभोकाडो सेवनका प्रमुख ६ फाइदाहरु

खबरडबली संवाददाता

काठमाडाैं । एभोकाडो आजभोलि बजारमा सहजै पाइन्छ। एभोकाडो खानेहरु पनि बढ्दो छन्। मिठो पनि हुने अनि अन्य परिकारसंग पनि मिसाउन सकिने भएकाले एभोकाडोको प्रयोग बढेको हो। एभोकाडोले स्वास्थ्यमा पुर्याउने फाइदा पनि टन्नै छन् ।

यी हुन मुख्य फाइदाः 

१. मुटु स्वस्थ राख्छः 
एभोकाडोमा बेटा सिटोस्टेरोल हुन्छ । जसले कोलस्टोरको स्तर व्यवस्थित गरेर मुटु स्वस्थ्य राख्छ। 
२. आँखाको स्वास्थ सपारी विकिरणले गर्ने क्षति कम गर्छः
 यो फलमा ‘लुटिन’ र ‘जिजान्थिन’ हुन्छ, जसले आँखाको स्वास्थ्यमा सहयोग गर्छ। साथै अल्ट्राभ्वायलेट विकिरणले गर्ने क्षति कम गर्छ।
 ३. ओस्टिओपोरोसिस निको पार्छः 
एभोकाडोमा पाइने भिटामिन ‘के’ले हाडको स्वास्थ्य कायम राख्छ। हाड कमजोर भएर भाँचिने रोगलाई ओस्टिओपोरोसिस भनिन्छ। दैनिक केवल आधा एभोकाडोको सेवनले शरिरलाई चाहिने २५ प्रतिशत भिटामिन पूर्ति हुन्छ। 
४. क्यान्सर रोकथाममा सहयोग गर्छः 
फोलेट पाइने खानेकुराहरुले पेट, घाँटी र प्यान्क्रियाजको क्यान्सर रोकथाममा सहयोग गर्ने अध्ययनहरुले देखाएको छ। फोलेट भिटामिन बी को एक प्रकार हो र बोनम्यारोमा रातो र सेतो रक्त कोषिका निर्माण गर्दा यसको आवश्यकता पर्छ। फोलेटले कसरी क्यान्सरको रोकथाम गर्छ यसको कारण स्पष्ट छैन। तर, यसले डिएनएमा नचाहिँदो म्युटेसन रोक्छ भन्ने अनुमान गरिन्छ। 
५. डिप्रेसन कम गर्छः 
एभोकाडोले शरिरमा होमोसिस्टेनाइन थुप्रिन दिँदैन। होमोसिस्टेनाइनले दिमागमा पोषकतत्वको सर्कुलेसनमा वाधा पुर्याउँछ। यसलाई थुप्रिन नदिदाँ मस्तिष्क स्वस्थ राख्न मद्धत पुग्छ, फलतः यसले डिप्रेसन घटाउँछ। 
६. पाचन प्रक्रिया सुध्रिन्छः
 एभोकाडोमा पाइने फाइरले पाचन प्रक्रिया सहज गर्न मद्दत गर्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending