विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा प्रतिनिधि भएर मतदान नगर्ने कार्यकर्ताहरुको खोजी भएको छ । ९९७ प्रतिनिधिमध्ये २० जनाले मतदान नगरेपछि उनीहरु को–को हुन् भनेर नाम सार्वजनिक गर्नुपर्ने माग कार्यकर्ताहरुले सामाजिक सञ्जालमा गरेका छन् ।
निर्वाचन कमिटीले मत नहाल्नेहरुको नाम सार्वजनिक नगरेपनि सम्बन्धित जिल्लाका नेताहरुले भने आफ्नो जिल्लाबाट आएर मतदान नगर्ने प्रतिनिधिहरुको नाम बताएका छन् । यसरी मतदान नगर्नेमा उम्मेद्वार बनेका देखि प्रदेश सांसदसम्म रहेका छन् । कोही प्रतिनिधि भने विदेश जानका लागि मत नहाली काठमार्डौ एयरपोर्ट पुगेको एमाले नेताहरुले बताएका छन् ।
झापाकी प्रदेश सांसद तारा ढकाल अचानक बिरामी भएपछि मतदानमा सहभागी नभएको बताइएको छ । उनी अस्पतालमा भर्ना भएको एमालेका एक नेताले बताए । त्यस्तै झापाकै गणेश बस्नेत भने विदेश जानका लागि काठमाडौँ पुगेको बताइएको छ । बस्नेत क्यानडा जाने तयारी रहेको बुझिएको छ ।
प्रदेश सदस्यमा उम्मेदवारी दिएका संखुवासभाका पृथक पाठक मतदान गर्न नआएको खुलेको छ । उनलाई उम्मेदवारी फिर्ता गरेर यथोचित जिम्मेवारी दिने नेताहरुले प्रयत्न गरेको तर उनी नमानेपछि मतदान नगरी हिँडेको बताइएको छ ।
धनकुटाका नगरपालिका मेयर चिन्तन तामाङ पनि विदेश जानका लागि काठमाडौँ पुगेका छन् । तामाङ अस्ट्रेलिया जान लागेका छन् । धनकुटाका सुरेन्द्र पौडेल पनि मतदानमा सहभागी भएनन् । सुनसरीको बराहक्षेत्रबाट चुनाव लडेर विजयी भई प्रतिनिधि बनेका केदार बिष्ट पनि मतदान गर्न आएनन् ।
भोजपुरका पूराना नेता धनहर्क राई भने बिरामी भएर नआएको एमाले भोजपुरले जनाएको छ । जिफन्टबाट प्रतिनिधित्व गर्दै मोरङबाट प्रतिनिधि बनेकी कला डाँगी पनि मतदानमा सहभागी नभएको पाइएको छ । इलाम चुलाचुलीका पूर्वअध्यक्ष प्रदिपचन्द्र राई, डम्बर बहादुर कार्की र थम्बर थामी पनि मतदानमा सहभागी भएनन् । उनीहरुले भने मतदान गरेर सही गर्न बिर्सिएको दाबी गरेका छन् ।
पाँचथरका अमर राई पनि मतदानमा सहभागी नभएको सचिवका उम्मेदवारसमेत रहेका राजकुमार भण्डारीले बताए । सोलुखुम्बुका कुमार राई बिरामी भएका कारण अधिवेशनमा सहभागी भए पनि उनलाई उपचारका लागि काठमाडौ लगिएको थियो ।
मतदान नगर्ने अरु प्रतिनिधिको नाम प्राप्त हुन सकेको छैन् । कतिपय प्रतिनिधिले विदेश जाने बुझ्दै किन नेताहरुले अरुलाई रोकेर प्रतिनिधि बनाएको भनेर प्रश्न गरेका छन् । धनकुटाका एक प्रतिनिधिले तामाङ विदेश जाने थाहा हुँदाहुँदै प्रतिनिधि बनाइएको बताए ।
कतिपय बिरामी र अपरेशसनको समय थाहा हुँदा हुँदै पनि प्रतिनिधि बनाएर ल्याइएको भन्दै उनीहरुलाई नल्याएको भए हुनेथियो भनेर असन्तसष्टि व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - २१:४३
काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...
जेष्ठ ४ गते, २०८३ - २१:३५
रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप
जेष्ठ ४ गते, २०८३ - २१:२१
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...
जेष्ठ ४ गते, २०८३ - १९:५४
२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार
जेष्ठ ४ गते, २०८३ - १९:४७
काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...
जेष्ठ ४ गते, २०८३ - १९:३६
काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...
जेष्ठ ४ गते, २०८३ - १९:२९
काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...
जेष्ठ ४ गते, २०८३ - १९:१८
काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...
जेष्ठ ४ गते, २०८३ - ०८:२९
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...
जेष्ठ ४ गते, २०८३ - ०८:२६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्यो । सूचना टाँसिए...



प्रतिकृया लेख्नुहोस्: