Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

जनताले तिरेकाे करमा जनप्रतिनिधिकाे रजाइँ

तीज बितेको एक सातापछि दर खाने कार्यक्रम नेपाली उखान 'लगन पछिकाे पाेते' जस्तै

खबरडबली संवाददाता

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा तीज बितेको एक सातापछि गाउँपालिका गाउपाध्यक्ष अस्मिता थापाको दवाबमा दर खाने कार्यक्रम भएको छ । गाउँपालिकाले विनियोजन गरेको रकमले असोज ६ गते दर खाने कार्यक्रम भएको हो ।

गाउँपालिकाले  महिला विशेष कार्यक्रम अन्तरगत हरेक वडामा रहेका आमा समूह सञ्जाल लक्षित गरेर २० हजार बजेट विनियोजन गरेको थियो । हरेक वडामा प्रायः गाउँपालिका उपाध्यक्ष थापाको उपस्थिती रहेको देखीएको छ । महिलाकाे नाममा गाउँपालिकाले विनीयाेजन गरेकाे पैसा उपाध्यक्ष थापाकाे नेतृत्वमा मनाेमानी खर्च भएकाे सामाजिक अगुवाहरू बताउँछन् ।

गाउँपािलकाले आमा समूह लक्षीत विनीयोजन गरेको बजेट कुनैपनि सामाजिक कार्यमा खर्च गर्न सक्ने ठाउँहरू प्रसस्त रहेपनि गाउँपालिका उपाध्यक्षको निर्देशन मै हरेक वडामा खुवाइ पियाइ र रमाइलो गरेर सकिएको गाउँपालिकामा सामाजिक क्षेत्रमा काम गर्दै आएका समाजिक अगुवाहरू बताउँछन् ।  तीज बितेको एक सातापछि दर खाने कार्यक्रम नेपाली उखान 'लगन पछिकाे पाेते' जस्तै भएकाे उनीहरूकाे भनाइ छ  । नेपाली संस्कार र सँस्कृती  जगेर्नाकाे नाममा उपाध्यक्ष थापले मनाेमानी गरेकाे उनीहरूकाे  आराेप रहेकाे छ ।

गाउँपालिकाले आमा समूह लक्षीत विनीयोजन गरेको रकम तिजमा खाने भन्दा पनि महिलाको क्षमता विकास लगायतका ठाउँमा खर्च गर्न पहल गरेको भए उपाध्यक्ष थापाले प्रसंशनिय काम गरेको भनेर सबैको हाइहाइ हुने अवस्था रहेको भए पनि उनले हरेक वडामा महिला समुहमा भेटघाट र खानपिनमै यो रकम खर्च गर्न जोड दिएकोमा उनी आलोत हुँदै गएको सामाजिक अगुवाहरू बताउँछन् । 

हरेक वडालाई २० हजार र गाउँपालिका केन्द्रमा पालिका स्तरीय कार्यक्रमका लागि २० हजार गरी २ लाख बजेट विनियोजन भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लीला राज श्रेष्ठले बताए । तीज सकिएको एक हप्ता पछि  याे कार्यक्रम किन भयो भन्ने विषयमा बजेट विनियोजन भएको तर कुन वडामा कहिले के कार्यक्रम गरे भनेर केही थाहा नभएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । उनले गाउँपालिका केन्द्रमा भने भदौको २९ गते तीज विशेष कार्यक्रम भएको र अरू आफूलाई केही थाहा नभएको बताए ।

गाउँपालिकामा रहेका ९ वटा वडा मध्य ८ वटामा र गाउँपालिका केन्द्रमा भदौ २९ गते सम्ममा तिज विशेष कार्यक्रम सञ्चालन भएका भए पनि वडा नं. ८ मा भने दर खाने कार्यक्रम भएको थिएन ।  विभिन्न कारणले रोकिएको उक्त कार्यक्रम तिज सकिएको एक हप्ता पछि अर्थात् असोज ६ गते सम्पन्न भएको थियो ।

तिज सकिएको एक हप्ता पछि महिला सञ्जालले तीजको दर खाएका भिडियो र तस्बिरहरू भने यति बेला सामाजिक सञ्जालमा विवादास्पद भई रहेका छन् । हरेक वडामा तीज अगावै दर कार्यक्रम राखिएको भए पनि वडा नंं. ८ मा असोज ६ गते भएको दर कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अस्मिता थापा लगायत वडाका महिला जनप्रतिनिधि र महिलाहरु छमछमी नाचेको देखिन्छ । टारकेराबारीमा उनले आम महिलाको सँधै साथ पाउने भन्दै एक भिडियो पनि सामाजिक सञ्जालमा हालेकी छन् ।

https://www.facebook.com/reel/335862315554057

यसै गरी वडा अध्यक्ष पुरुषोत्तम पौडेलले पनि यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले उपाध्यक्षको बचाउ गर्दै आमासमुह सञ्जालले तीज अघि नै दर कार्यक्रमका लागि सामान किनेको र तीज अगाडी वडामै एक जनाको मृत्यु भएका कारण तीज पछि कार्यक्रम राखिएको हुन सक्ने बताए । उपाध्यक्ष थापाको मोबाइलमा सम्पर्क गर्दा उनको मोबाइलमा भने सम्पर्क हुन सकेन ।

वडामा एक जनाको मृत्यु भए पनि हिन्दु संस्कार अनुसार किरीयापुत्री कोरामा नपसे सम्म कुनै छेकबार नहुने र तीज अघि नै उक्त कार्यक्रम गरौँ भन्दा तीज अघि नै कार्यक्रम हुन नसकेको तर, तीज पछाडि उक्त कार्यक्रम नगरौँ भन्दा उपाध्यक्ष थापाको दवाबमा तीज पछाडि कार्यक्रम गर्नु परेको प्रगतिशील स्वास्थ्य आमासमुह सञ्जालका एक पदाधिकारीको भनाइ छ ।

ल्याएको समान बिग्रिएको बिग्रियो तर अन्य समानहरू नबिग्रने भएका कारण सामानहरू गाउँकै पसलमा फिर्ता गारौं र गाउँपालिकाले दिएको २० हजार अन्य सामाजिक काममा लगानी गरौँ भन्दा पनि त्यो रकम वडामा महिलाहरूलाई तीजमा खानको लागि आएको हुँदा भेटघाट र दर खाने प्रयोजनमा नै खर्च गर्नुस् भनेकाले  पनि आफूहरू बाध्यतामा परेको आमासमुह सञ्जालका पदाधिकारीहरूको भनाइ रहेको छ ।

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending