Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

जनताले तिरेकाे करमा जनप्रतिनिधिकाे रजाइँ

तीज बितेको एक सातापछि दर खाने कार्यक्रम नेपाली उखान 'लगन पछिकाे पाेते' जस्तै

खबरडबली संवाददाता

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा तीज बितेको एक सातापछि गाउँपालिका गाउपाध्यक्ष अस्मिता थापाको दवाबमा दर खाने कार्यक्रम भएको छ । गाउँपालिकाले विनियोजन गरेको रकमले असोज ६ गते दर खाने कार्यक्रम भएको हो ।

गाउँपालिकाले  महिला विशेष कार्यक्रम अन्तरगत हरेक वडामा रहेका आमा समूह सञ्जाल लक्षित गरेर २० हजार बजेट विनियोजन गरेको थियो । हरेक वडामा प्रायः गाउँपालिका उपाध्यक्ष थापाको उपस्थिती रहेको देखीएको छ । महिलाकाे नाममा गाउँपालिकाले विनीयाेजन गरेकाे पैसा उपाध्यक्ष थापाकाे नेतृत्वमा मनाेमानी खर्च भएकाे सामाजिक अगुवाहरू बताउँछन् ।

गाउँपािलकाले आमा समूह लक्षीत विनीयोजन गरेको बजेट कुनैपनि सामाजिक कार्यमा खर्च गर्न सक्ने ठाउँहरू प्रसस्त रहेपनि गाउँपालिका उपाध्यक्षको निर्देशन मै हरेक वडामा खुवाइ पियाइ र रमाइलो गरेर सकिएको गाउँपालिकामा सामाजिक क्षेत्रमा काम गर्दै आएका समाजिक अगुवाहरू बताउँछन् ।  तीज बितेको एक सातापछि दर खाने कार्यक्रम नेपाली उखान 'लगन पछिकाे पाेते' जस्तै भएकाे उनीहरूकाे भनाइ छ  । नेपाली संस्कार र सँस्कृती  जगेर्नाकाे नाममा उपाध्यक्ष थापले मनाेमानी गरेकाे उनीहरूकाे  आराेप रहेकाे छ ।

गाउँपालिकाले आमा समूह लक्षीत विनीयोजन गरेको रकम तिजमा खाने भन्दा पनि महिलाको क्षमता विकास लगायतका ठाउँमा खर्च गर्न पहल गरेको भए उपाध्यक्ष थापाले प्रसंशनिय काम गरेको भनेर सबैको हाइहाइ हुने अवस्था रहेको भए पनि उनले हरेक वडामा महिला समुहमा भेटघाट र खानपिनमै यो रकम खर्च गर्न जोड दिएकोमा उनी आलोत हुँदै गएको सामाजिक अगुवाहरू बताउँछन् । 

हरेक वडालाई २० हजार र गाउँपालिका केन्द्रमा पालिका स्तरीय कार्यक्रमका लागि २० हजार गरी २ लाख बजेट विनियोजन भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लीला राज श्रेष्ठले बताए । तीज सकिएको एक हप्ता पछि  याे कार्यक्रम किन भयो भन्ने विषयमा बजेट विनियोजन भएको तर कुन वडामा कहिले के कार्यक्रम गरे भनेर केही थाहा नभएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । उनले गाउँपालिका केन्द्रमा भने भदौको २९ गते तीज विशेष कार्यक्रम भएको र अरू आफूलाई केही थाहा नभएको बताए ।

गाउँपालिकामा रहेका ९ वटा वडा मध्य ८ वटामा र गाउँपालिका केन्द्रमा भदौ २९ गते सम्ममा तिज विशेष कार्यक्रम सञ्चालन भएका भए पनि वडा नं. ८ मा भने दर खाने कार्यक्रम भएको थिएन ।  विभिन्न कारणले रोकिएको उक्त कार्यक्रम तिज सकिएको एक हप्ता पछि अर्थात् असोज ६ गते सम्पन्न भएको थियो ।

तिज सकिएको एक हप्ता पछि महिला सञ्जालले तीजको दर खाएका भिडियो र तस्बिरहरू भने यति बेला सामाजिक सञ्जालमा विवादास्पद भई रहेका छन् । हरेक वडामा तीज अगावै दर कार्यक्रम राखिएको भए पनि वडा नंं. ८ मा असोज ६ गते भएको दर कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अस्मिता थापा लगायत वडाका महिला जनप्रतिनिधि र महिलाहरु छमछमी नाचेको देखिन्छ । टारकेराबारीमा उनले आम महिलाको सँधै साथ पाउने भन्दै एक भिडियो पनि सामाजिक सञ्जालमा हालेकी छन् ।

https://www.facebook.com/reel/335862315554057

यसै गरी वडा अध्यक्ष पुरुषोत्तम पौडेलले पनि यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले उपाध्यक्षको बचाउ गर्दै आमासमुह सञ्जालले तीज अघि नै दर कार्यक्रमका लागि सामान किनेको र तीज अगाडी वडामै एक जनाको मृत्यु भएका कारण तीज पछि कार्यक्रम राखिएको हुन सक्ने बताए । उपाध्यक्ष थापाको मोबाइलमा सम्पर्क गर्दा उनको मोबाइलमा भने सम्पर्क हुन सकेन ।

वडामा एक जनाको मृत्यु भए पनि हिन्दु संस्कार अनुसार किरीयापुत्री कोरामा नपसे सम्म कुनै छेकबार नहुने र तीज अघि नै उक्त कार्यक्रम गरौँ भन्दा तीज अघि नै कार्यक्रम हुन नसकेको तर, तीज पछाडि उक्त कार्यक्रम नगरौँ भन्दा उपाध्यक्ष थापाको दवाबमा तीज पछाडि कार्यक्रम गर्नु परेको प्रगतिशील स्वास्थ्य आमासमुह सञ्जालका एक पदाधिकारीको भनाइ छ ।

ल्याएको समान बिग्रिएको बिग्रियो तर अन्य समानहरू नबिग्रने भएका कारण सामानहरू गाउँकै पसलमा फिर्ता गारौं र गाउँपालिकाले दिएको २० हजार अन्य सामाजिक काममा लगानी गरौँ भन्दा पनि त्यो रकम वडामा महिलाहरूलाई तीजमा खानको लागि आएको हुँदा भेटघाट र दर खाने प्रयोजनमा नै खर्च गर्नुस् भनेकाले  पनि आफूहरू बाध्यतामा परेको आमासमुह सञ्जालका पदाधिकारीहरूको भनाइ रहेको छ ।

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending