Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

चिकित्सकमाथि भएकाे बढ्दाे हातपातका विरुद्व त्रिवि शिक्षण अस्पतालका चिकित्सक आन्दोलित

मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले गरे एक साताका लागि सेवा बन्द

खबरडबली संवाददाता

काठमाडौं । शिक्षण अस्पतालका रेसिडेन्ट डाक्टरले आकस्मिक बाहेकका सेवा ठप्प पार्दै र्‍याली निकालेका छन् । लगातार जस्तो चिकित्सकमाथि हातपात भइरहेको बताउँदै रेसिडेन्ट डाक्टरहरुले आकस्मिक बाहेकका सेवामा आफूहरु संलग्न नहुने बताएका छन् ।

हिजो मात्रै चितवन र पोखरामा थप घटना भएकाले सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने गरी आन्दोलन गरिएको शिक्षण अस्पताल अन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष आनन्द सिंहले जानकारी दिए ।

त्यसअघि शिक्षण अस्पताल रेसिडेन्ट चिकित्सक संघले विज्ञप्ति जारी गर्दै आफूहरुले काम छाडेको जानकारी गराएको थियो । राष्ट्रिय आवासीय चिकित्सक संघ शिक्षण अस्पतालका तर्फबाट सभापति सन्दीपकुमार ओखेडाले र्‍यालीका लागि आह्वान गरेका थिए । सोही आह्वान अन्तर्गत अस्पतालमा कार्यरत चिकित्सक र त्यहाँ अध्ययनरत विद्यार्थीले र्‍याली निकालेर माइतिघरतर्फ आइरहेका छन् । 
 

384075204_198312916598624_632682690229681350_n1695658549.jpg

यसं गरी पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले एक साताका लागि सेवा बन्द गरेका छन् । चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्मका लागि आफूहरुले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै सेवा बन्दको घोषणा गरेका हुन्। 

सोमबार साँझ आवासिय तथा इन्टर्न चिकित्सहरुले एक सूचना जारी गर्दै चिकित्सकमाथि हातपात गर्नेलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने र दोषीलाई बिना धरौटी जेल चलाउनको कानुनी सुनिश्चितता नभएसम्मका लागि सेवा दिन नसक्ने बताइएको छ।

उनीहरुले उक्त कुराको सुनिश्चितता नभएसम्मका लागि अस्पतालमा प्रदान गरिँदै आएको ओपीडी, वार्ड, आइसीयू, आकस्मिक प्रयोगशालालगायतका सेवा बन्द गरिएको जानकारी दिएका छन् । 

अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका थिए। लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो । दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोडसमेत गरेका छन् ।

नेपालमा पछिल्लाे समय अस्पतालहरुमा चिकीत्सकहरुलाई हातवपात निरन्तर भइ रहेकाे छ । केही दिन यता मात्रै निरन्तर बिभिन्न स्थानहरुमा चिकीत्सकहरुलाई हातपात भएकाे हाे । मकवानपुरकाे हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएकाे  एक साता नबित्दै कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथी कुटपिट भएकाे थियाे भने त्यसकाे पनि एकसाता नबित्दै  साेमबार पाेखराकाे मणिपालमा चिकित्सकमाथि हातपात भएका छन् ।

याेपनि पढाैं

हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात: कारबाहीको माग

मकवानपुरमा डाक्टर कुटेकाे एक साता नबित्दै कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथी कुटपिट

पाेखराकाे मणिपालमा चिकित्सकमाथि हातपात

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending