Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

शिलप्याक सिलिन्डर रित्तो, ग्याँस नभएपछि कोशी ग्याँस उद्योगलाई २ लाख जरिवाना

खबरडबली संवाददाता

विराटनगर । शिलप्याक गरिएको कोशी ग्यासको शिलिन्डरमा ग्याँस नभरेको पाइएपछि मोरङको बुढिगंगास्थित कोशी ग्याँस उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

बुढीगंगा गाउँपालिका–४ नेमुवास्थित कोशी ग्याँस उद्योगलाई आइतबार वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो ।

उद्योगले बिक्रीका लागि बजारमा पठाएको शिलप्याक शिलिण्डरमा ग्यास नभएको आइतबार भेटिएको थियो । विराटनगर–९ ट्राफिक चोक घर भएकी अञ्जना सिंहले खरिद गरेको शिलप्याक सिलिन्डरमा ग्यास नभएको भेटिएको हो ।

शिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्याँस हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको सिलिन्डरमा ग्यास नै नभरेको भेटिएको छ । उपभोक्ता सिंहले विराटनगरस्थित कोशी ग्याँसको डिलर न्यू हिमाल मार्केटिङ्गबाट ग्याँस खरिद गरेकी थिइन् ।

न्यू हिमालका डिलरबाट ग्याँस डुलाउने चौधरीसँग उनले ग्याँस लिएकी थिइन् । सिंहले एकै पटकमा ३–४ वटा ग्यास सिलिन्डर राख्ने गर्दछिन् । दुई वटा ग्याँस सकिएपछि दुई महिना अगाडिको सिलिण्डर जोड्नखोज्दा ग्याँस नभएपछि अचम्मित भएको उनले बताइन् ।

‘घरमा जम्मा ४ वटा सिलिन्डर राख्ने गरेका छौं । दुई वटा सिलिन्डर सकिएपछि दुई महिना अगाडि खरिद गरेको शिलिण्डर जोड्न खोज्दा हल्का महशुस भएको थियो’ उनले भनिन्, ‘शंका लागेपछि मज्जाले चेकजाँच गर्दा शिलप्याक भएपनि ग्याँस नभएको भेटियो ।’

शिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले उद्योग निरीक्षण गरेको थियो । कार्यालयका प्रमुख हितेश बस्नेतसहितको टोलीले आइतबार उद्योगको निरीक्षण गर्दा कैफियत भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन अनुसार कोशी ग्यास उद्योगलाई दुई लाख रुपैयाँ जरिवना गराएको बस्नेतले बताए । ग्याँसमा उपभोक्तामाथि ठगी भइरहेको देखिएको वाणिज्य कार्यालयले जनाएको छ । उपभोक्ता सिंहले कोशी ग्यासबाट आफूजस्ता धेरै उपभोक्ता ठगिएको हुनसक्ने बताइन् । ‘विश्वासका भरमा खरिद गरेर प्रयोग गर्छौँ,’ उनले भनिन्, ‘तर, उद्योगले उपभोक्तामाथि ठगी गर्दो रहेछ । ठगी गर्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

डिलर सञ्चालक केशव श्रेष्ठले उद्योगबाट आएको शिलप्याक ग्याँस आफूले बिक्री गरेको बताए । ‘अहिले त्यो लटको ग्याँस सकिएको छ,’ उनले भने, ‘ग्याँस नभएको विषयमा मलाई थाहा भएन ।’ कोशी ग्यास उद्योगका प्रबन्धक सचितकुमार उपाध्ययले उद्योगबाट सही तरिकाले शिलिण्डर पठाइएको दावी गर्दै डिलरमा गइसकेपछि जिम्मा लिन नसक्ने बताए । उद्योगमा भएका सिलिण्डर सही अवस्थामा रहनु र बाहिर पठाइएकोमा ग्याँस नभएको कुरा आउनुले आफूहरु पनि अचम्ममा परेको उनको भनाइ छ ।

उपाध्यायले उद्योगको बद्नाम गराउन चाहनेले गलत गर्न खोजेको हुनसक्ने जिकिर गरेका छन् । डिलरलाई बोलाएर पनि यस विषयमा कुरा बुझ्ने उनको भनाइ छ । उनले तौलेर मात्र ग्यास सिलिन्डर लैजान उपभोक्तालाई आग्रह गरेका छन् ।

दुई वर्ष अगाडि पनि विराटनगर –२ तीनपैनी चौकका उपभोक्ता रतनकुमार बर्माले अटोमा सिलिण्डर डुलाउनेसँग खरिद गरेको कोशी ग्यासको शिलप्याक गरिएको सिलिण्डरमा ३ केजी ३ सय ग्राम कम ग्याँस भेटिएको थियो । ग्यास उद्योगले नाम मात्रको प्लाष्टिकले ¥यापिङ्ग गरिएको शिलप्याक कमजोर बनाउँदा चोरी गर्नेलाई सजिलो हुने र उपभोक्ताहरू ठगीमा पर्ने क्रम बढेको थियो । त्यसपछि उद्योगले कोशी ग्यासले ¥यापिङ्ग बन्द गरी मजदुत बनाएको थियो ।

उद्योगले अहिले दैनिक ७ देखि ८ हजार कोशी ग्यासको सिलिन्डर उत्पादन गरिरहेको छ । देशभरीमा ३९६ वटा डिलर रहेको उद्योगका विराटनगरमा मात्र ३२ वटा डिलरमार्फत ग्याँस उपभोक्तामा घरमा पुग्ने गरेको छ ।

बजार अनुगमनको गर्ने जिम्मेवारी पाएको नियमनकारी निकाय मौन भएका कारणले पनि उपभोक्ता ठगिने क्रम बढदै गएको छ । कोशी ग्यासको शिलप्याक शिलेन्डरमा ग्यास नभेटिएपछि अनुगमनको लागि गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख मनोजकुमार पोखरेललाई उपभोक्ताले जानकारी गराएका थिए । तर, पोखरेलले अनुगमन गर्नबाट पन्छिए ।

पोखरेलले गाडी नभएको भन्दै आइतबार अनुगमन गर्न आउन नसक्ने बताएका थिए । ‘अनुगमनमा जानको लागि गाडी छैन,’ उनले भने, ‘गाडी नभएको कारणले आउन नसक्ने भइयो ।’ ग्यासको तौल हेर्ने जिम्मेवारी गुणस्तर तथा नाम तौल कार्यालयको हो । तर, जिम्मेवार निकायले गैर जिम्मेवार जानकारी दिएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरलाई उपभोक्ता अन्जना सिंहले खबर गरेकी थिइन् । त्यसपछि वाणिज्य कार्यालयका प्रमुखसिहतका प्रतिनिधी आएर कोशी ग्यासको उद्योग निरीक्षण गरेर कारवाही गरेको हो 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

नेपाल प्रहरीका चार डीआईजी सरुवा

काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ।  गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...

चिया पिउँदा यी खानेकुरासँग सावधान, बढ्न सक्छ पाचन समस्या

काठमाडौँ । चिया केवल पेय पदार्थ मात्र होइन, धेरैको दैनिक जीवनको अभिन्न हिस्सा हो। बिहानको सुरुवातदेखि साँझको थकान मेट्नसम्म चिया धेरैको रोजाइमा पर्छ। ...

सिरहाका विद्यालयको चुनौती : उत्कृष्ट विद्यार्थी किन रोज्छन् काठमाडौं र विराटनगर ?

सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि ...

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालन गरिने

काठमाडौं ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा ...

महाधिवेशनअघि रास्वपामा गुटको महाभिडन्त

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी स्थापनाको चार वर्ष नपुग्दै गुट, उपगुट र नेतृत्व संघर्षको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending