Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

शिलप्याक सिलिन्डर रित्तो, ग्याँस नभएपछि कोशी ग्याँस उद्योगलाई २ लाख जरिवाना

खबरडबली संवाददाता

विराटनगर । शिलप्याक गरिएको कोशी ग्यासको शिलिन्डरमा ग्याँस नभरेको पाइएपछि मोरङको बुढिगंगास्थित कोशी ग्याँस उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

बुढीगंगा गाउँपालिका–४ नेमुवास्थित कोशी ग्याँस उद्योगलाई आइतबार वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो ।

उद्योगले बिक्रीका लागि बजारमा पठाएको शिलप्याक शिलिण्डरमा ग्यास नभएको आइतबार भेटिएको थियो । विराटनगर–९ ट्राफिक चोक घर भएकी अञ्जना सिंहले खरिद गरेको शिलप्याक सिलिन्डरमा ग्यास नभएको भेटिएको हो ।

शिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्याँस हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको सिलिन्डरमा ग्यास नै नभरेको भेटिएको छ । उपभोक्ता सिंहले विराटनगरस्थित कोशी ग्याँसको डिलर न्यू हिमाल मार्केटिङ्गबाट ग्याँस खरिद गरेकी थिइन् ।

न्यू हिमालका डिलरबाट ग्याँस डुलाउने चौधरीसँग उनले ग्याँस लिएकी थिइन् । सिंहले एकै पटकमा ३–४ वटा ग्यास सिलिन्डर राख्ने गर्दछिन् । दुई वटा ग्याँस सकिएपछि दुई महिना अगाडिको सिलिण्डर जोड्नखोज्दा ग्याँस नभएपछि अचम्मित भएको उनले बताइन् ।

‘घरमा जम्मा ४ वटा सिलिन्डर राख्ने गरेका छौं । दुई वटा सिलिन्डर सकिएपछि दुई महिना अगाडि खरिद गरेको शिलिण्डर जोड्न खोज्दा हल्का महशुस भएको थियो’ उनले भनिन्, ‘शंका लागेपछि मज्जाले चेकजाँच गर्दा शिलप्याक भएपनि ग्याँस नभएको भेटियो ।’

शिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले उद्योग निरीक्षण गरेको थियो । कार्यालयका प्रमुख हितेश बस्नेतसहितको टोलीले आइतबार उद्योगको निरीक्षण गर्दा कैफियत भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन अनुसार कोशी ग्यास उद्योगलाई दुई लाख रुपैयाँ जरिवना गराएको बस्नेतले बताए । ग्याँसमा उपभोक्तामाथि ठगी भइरहेको देखिएको वाणिज्य कार्यालयले जनाएको छ । उपभोक्ता सिंहले कोशी ग्यासबाट आफूजस्ता धेरै उपभोक्ता ठगिएको हुनसक्ने बताइन् । ‘विश्वासका भरमा खरिद गरेर प्रयोग गर्छौँ,’ उनले भनिन्, ‘तर, उद्योगले उपभोक्तामाथि ठगी गर्दो रहेछ । ठगी गर्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

डिलर सञ्चालक केशव श्रेष्ठले उद्योगबाट आएको शिलप्याक ग्याँस आफूले बिक्री गरेको बताए । ‘अहिले त्यो लटको ग्याँस सकिएको छ,’ उनले भने, ‘ग्याँस नभएको विषयमा मलाई थाहा भएन ।’ कोशी ग्यास उद्योगका प्रबन्धक सचितकुमार उपाध्ययले उद्योगबाट सही तरिकाले शिलिण्डर पठाइएको दावी गर्दै डिलरमा गइसकेपछि जिम्मा लिन नसक्ने बताए । उद्योगमा भएका सिलिण्डर सही अवस्थामा रहनु र बाहिर पठाइएकोमा ग्याँस नभएको कुरा आउनुले आफूहरु पनि अचम्ममा परेको उनको भनाइ छ ।

उपाध्यायले उद्योगको बद्नाम गराउन चाहनेले गलत गर्न खोजेको हुनसक्ने जिकिर गरेका छन् । डिलरलाई बोलाएर पनि यस विषयमा कुरा बुझ्ने उनको भनाइ छ । उनले तौलेर मात्र ग्यास सिलिन्डर लैजान उपभोक्तालाई आग्रह गरेका छन् ।

दुई वर्ष अगाडि पनि विराटनगर –२ तीनपैनी चौकका उपभोक्ता रतनकुमार बर्माले अटोमा सिलिण्डर डुलाउनेसँग खरिद गरेको कोशी ग्यासको शिलप्याक गरिएको सिलिण्डरमा ३ केजी ३ सय ग्राम कम ग्याँस भेटिएको थियो । ग्यास उद्योगले नाम मात्रको प्लाष्टिकले ¥यापिङ्ग गरिएको शिलप्याक कमजोर बनाउँदा चोरी गर्नेलाई सजिलो हुने र उपभोक्ताहरू ठगीमा पर्ने क्रम बढेको थियो । त्यसपछि उद्योगले कोशी ग्यासले ¥यापिङ्ग बन्द गरी मजदुत बनाएको थियो ।

उद्योगले अहिले दैनिक ७ देखि ८ हजार कोशी ग्यासको सिलिन्डर उत्पादन गरिरहेको छ । देशभरीमा ३९६ वटा डिलर रहेको उद्योगका विराटनगरमा मात्र ३२ वटा डिलरमार्फत ग्याँस उपभोक्तामा घरमा पुग्ने गरेको छ ।

बजार अनुगमनको गर्ने जिम्मेवारी पाएको नियमनकारी निकाय मौन भएका कारणले पनि उपभोक्ता ठगिने क्रम बढदै गएको छ । कोशी ग्यासको शिलप्याक शिलेन्डरमा ग्यास नभेटिएपछि अनुगमनको लागि गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख मनोजकुमार पोखरेललाई उपभोक्ताले जानकारी गराएका थिए । तर, पोखरेलले अनुगमन गर्नबाट पन्छिए ।

पोखरेलले गाडी नभएको भन्दै आइतबार अनुगमन गर्न आउन नसक्ने बताएका थिए । ‘अनुगमनमा जानको लागि गाडी छैन,’ उनले भने, ‘गाडी नभएको कारणले आउन नसक्ने भइयो ।’ ग्यासको तौल हेर्ने जिम्मेवारी गुणस्तर तथा नाम तौल कार्यालयको हो । तर, जिम्मेवार निकायले गैर जिम्मेवार जानकारी दिएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरलाई उपभोक्ता अन्जना सिंहले खबर गरेकी थिइन् । त्यसपछि वाणिज्य कार्यालयका प्रमुखसिहतका प्रतिनिधी आएर कोशी ग्यासको उद्योग निरीक्षण गरेर कारवाही गरेको हो 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending