Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

चिनी लगायत खाद्यसामाग्रीको मूल्य बढाएपछि गोप्य ‘टास्क फोर्स’ परिचालन

खबरडबली संवाददाता

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबारदेखि बजारमा दुईवटा ‘टास्क फोर्स’ परिचालन गरेको छ । विभागले कर्मचारीको पहिचान नखुल्ने गरि गोप्य रुपमा यो टास्क फोर्स परिचालन गरेको हो ।

विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार पछिल्लो समयमा व्यापारीले आफूखुशी चिनीको उपभोक्ता मूल्य तोकेर महँगीको भार थपेको भन्दै विभागले गोप्य रुपमा अध्ययन गरि कारवाही गर्न यस्तो टास्क फोर्स परिचालन गरेको हो ।

कर्मचारीको परिचय नखुल्ने गरि टास्क फोर्समा कर्मचारीलाई आवद्ध गरि शुक्रबारदेखि परिचालन गरिएको र यो टास्क फोर्समा सहभागी भएका कर्मचारी ग्राहकको रुपमा पनि हुन सक्न्े बताउँदै कोही कर्मचारी सफाइ कर्मचारीको रुपमा पनि हुन सक्न्े बताए । कसैले चिन्न नसक्ने गरि परिचालन गरिएको उनले बताए । 

विभागका अनुसार टास्क फोर्समा आवद्ध कर्मचारीलाई चिनीसहित चामल, तेल, दाललगायतका बस्तुको कारखाना, मुख्य गोदामहरु, थोक बिक्रेता तथा खुद्रा विक्रेतालाई निगरानी गर्न परिचालन गरिएको हो । विभागले कारखानादेखि खुद्रा व्यापारीसम्मको तहमा रहेको उपभोग्य बस्तुको भण्डारणको अवस्था र कुन तहमा कसले कति मूल्य वृद्धि गरिरहेको छ लगायतका विषयमा गोप्य रुपमा अध्ययन गर्न टास्क फोर्सलाई जिम्मेबारी दिएको छ ।

अहिलेसम्म टास्क फोर्समार्फत चिनीसहित अत्यावश्यक वस्तु लुकाएर स्टक राखेको र कुन तहमा कसले कति मूल्य वृद्धि गरेको बिषयमा करिब २० जना व्यापारी र फर्म पहिचान गरिसकेको उनले बताए । पहिचान भएको स्थानमा निकट समयमै छापामा मारेर आवश्यक कारवाही अघि बढाउने उनको भनाइ छ ।

पछिल्लो समयमा बजारमा अराजक गतिविधि बढ्दै गएको बताउँदै विभागले उक्त बिषयमा गहन रुपमा अध्ययन गर्न शुक्रबार नै एउटा कार्यदलसमेत गठन गरेको छ । विभागको उपसचिव अच्युत रेग्मीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरिएको हो । यो कार्यदललाई ५ दिनभित्र अध्ययन गरि प्रतिवेदन बुझाउन समयसीमा निर्धारण गरिएको छ ।

चिलुवालका अनुसार चिनीको कारखाना र कारखाना मूल्य, आयातकर्ताले आयात गर्दा आयातित मूल्य, थोक विक्रेताको मूल्य, खुद्रा विक्रेताको मूल्य र मौज्दात परिमाणको विषयमा स्थलगत अध्ययन गरि प्रतिवेदन बुझाउने जिम्मेबारी उक्त कार्यदललाई दिइएको हो ।

‘कुन तहमा कसले बढि स्टक राख्ने र कसले कति मूल्य बृद्धि गर्दैआएका छन, त्यो बिषयमा अध्ययन गर्न यो कार्यदल गठन गरेका हौं,’ चिलुवालले भने ।

यसवाहेक शुक्रबारदेखि नै विभागले चाडवाड केन्द्रित १० वटा संयुक्त विशेष अनुगमन टोली बजारमा परिचालन गरेको छ । विभागले खाद्य प्र्रविधि तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, पशु सेवा विभाग, कृषि विभाग, राजस्व अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालयलगायतको सहकार्यमा यो अनुगमन गर्न सुरु गरेको हो ।

यो टोलीलाई माछामासु, खाद्य पदार्थ, खानेतेल, पानी, दूध तथा दुग्धजन्य पदार्थ, लत्ताकपडा, औषधी, तरकारी, सिमेन्ट, रडलगायतको गुणस्तर, तौल, बिल बिजक, म्याद भए नभएको, बढि मूल्य असुल गरेको बिषयमा अनुगमन गर्न जिम्मेबारी दिइएको विभागले जनाएको छ ।

यस्तै विभागले शुक्रबार नै देशभरकै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी र नगरपालिका र गाउँपालिकाका प्रशासकीय अधिकृतलाई बजार अनुगमन गर्ने अधिकार प्रत्योजन गरि पत्र पठाएको छ ।

प्रदेशस्थित उद्योग, वन, पर्यटन मन्त्रालयलाई पनि आ आफ्नो कार्य क्षेत्रमा कडाईका साथ अनुगमन गरिदिनका लागि आवश्यक टोली परिचालन गर्नसमेत विभागले प्रदेश मन्त्रालयहरुलाई पत्र पठाएर आग्रह गरेको छ ।

‘पछिल्लो समयमा व्यापारीहरुले आफूखुशी मूल्य निर्धारण गरि आम उपभोक्तालाई सास्ती दिएकाले विभाग त्यस्ता व्यापारीमाथि ऐनअनुसार निर्मम कारवाहीको दायरा बढाउन लागेको छ,’ उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending