झापा। नेकपा माओवादी केन्द्र दमकले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि निगरानी गर्ने भएको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको गुनासोपछि माओवादी केन्द्र दमकको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
दमक माओवादीले शिक्षकको जायज माग पूरा गर्न सरकारलाई आग्रह गर्दै शिक्षकलाई पनि सुधार गर्नुपर्ने जनाएको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकले आफ्ना छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने माग राखेको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले जानकारी दिए ।
‘सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न त्यहाँ कार्यरत शिक्षक नै आफ्नो पढाईमा विश्वस्त छन् कि छैनन् पहिला जाँच गर्नुपर्छ । उनीहरुका सन्तानलाई सामुदायिक विद्यालयमा पढाएका छन् कि छैनन् अनुगमन जरुरी छ,’ उनले भने, ‘दमकका सामुदायिक विद्यालयका शिक्षकले आफ्ना सन्तान सामुदायिक विद्यालयमै पढाएका छन् भने माओवादी दमकले पुरस्कृत गर्छ ।
सामुदायिक विद्यालयका शिक्षकले सरकारी विद्यालयको विश्वास नगरी निजीमा पढाएका रहेछन् भने सम्बन्धित निकायमा जानकारी गराउँछौँ ।’ निर्णय कार्यान्वयनका लागि वडामा रहेका शिक्षण संस्थाको विवरण नगर पार्टीमा दिन माओवादीले कार्यकर्तालाई निर्देशनसमेत दिएको छ ।
यस्तै, शुक्रबारको नगर कमिटी बैठकबाट जसपाका पूर्वकेन्द्रीय सदस्य देउकुमार लिम्बूसहित चार जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीसहित विद्यापति तिम्सिना, राप्रपाका टिका दंगाल, एमालेका डेविट शाही, गुमानसिंह तामाङलाई पार्टी व्रवेश गराउँदै नगर कमिटीमा मनोनित गरिएको छ । उनीहरुलाई नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य इन्द्रबहादुर आङ्बो मौसमले पार्टी प्रवेश गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - ०८:०९
घोराही (दाङ) । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...
जेष्ठ ३० गते, २०८३ - ०७:५३
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...
जेष्ठ ३० गते, २०८३ - ०७:४६
काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...
जेष्ठ ३० गते, २०८३ - ०७:४५
काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...
जेष्ठ ३० गते, २०८३ - ०७:३०
काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...
जेष्ठ ३० गते, २०८३ - ०७:२०
काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ। गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...
जेष्ठ ३० गते, २०८३ - ०७:१६
काठमाडौँ । चिया केवल पेय पदार्थ मात्र होइन, धेरैको दैनिक जीवनको अभिन्न हिस्सा हो। बिहानको सुरुवातदेखि साँझको थकान मेट्नसम्म चिया धेरैको रोजाइमा पर्छ। ...
जेष्ठ ३० गते, २०८३ - ०७:१०
सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि ...
जेष्ठ ३० गते, २०८३ - ०७:०२
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा ...
जेष्ठ ३० गते, २०८३ - ०६:५६
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी स्थापनाको चार वर्ष नपुग्दै गुट, उपगुट र नेतृत्व संघर्षको...



प्रतिकृया लेख्नुहोस्: