Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

भारतबाट आयात हुने केरामा पानामा देखिए सँगै आयातमा कडाइ

खबरडबली संवाददाता

काठमाडाैं  । भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ । कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस चार (पानामा) देखिएसँगै नेपालभरिका नाकामा रहेका ‘प्लाण्ट क्वारेन्टाइन’ले उच्च सतर्कता अपनाएका हुन् ।

टीकापुरका केही बगैँचामा केराको बोट ओउलाउने रोग टिआर–४ देखिएकाले सावधानी अपनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सूचना जारी गरेको छ । करिब १४ वर्ष अघि नेपालमा पानामा रोगको रेस–१ भारतबाट भित्रिएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिवलाल अर्यालले बताए । उनका अनुसार चितवनमा यो रोग सात वर्षदेखि व्यापकरूपमा फैलिँदै गएको छ ।

‘रेस–१ ले मालभोगलगायतका स्थानीय जातलाई निकै नोक्सान पुर्याउँछ । नयाँ जात जि–नाइन, विलयम हाइब्रिड, चिनयाँ चम्पालगायत जातले रेस–१ लाई पूर्णतया सहन सक्छन्’, प्रमुख अर्यालले भने, ‘नयाँ प्रजाति पानामा ९टिआर–४० ले भने नेपालमा खेतीका लागि उपलब्ध सबै केराका जातलाई पूर्णतया नष्ट गर्नसक्ने क्षमता राख्दछ ।’

रोग लागेमा सुरूमा पुराना पातको फेद पहेँलो हुने भनदै पछि, पातको किनारा पहेँलिन थाल्छ र पात सुकेर डाँठ भाँचिने बताए । ‘यो रोगको ढुसीले आक्रमण गरेको चारदेखि पाँच महिनापछि बिरुवामा लक्षण देखाउँछ । रोग सङ्क्रमित बिरुवा रोपण गरेमा रोग लागेको दुई महिनाभित्र लक्षण देखिन सक्छन्’, उनले भने ।

पनामा रोग माटोमा बस्ने ढुसी भएका कारण सर्ने प्लाण्ट क्वारेन्टाइन कार्यालयका भैरहवाका प्रमुख कुलदीप घिमिरेले बताए । उनका अनुसार एक ठाउँबाट अर्को ठाउँसम्म सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट सङ्क्रमण फैलने गर्दछ । यसका साथै केरा बोक्ने गाडीको टायर, जुत्ता, चप्पलमा टाँसिएको माटोमार्फत एक खेतबाट अर्को खेतमा रोगको सङ्क्रमण सर्ने सम्भावना रहेको घिमिरेले बताए । सङ्क्रमित माटो, पानी र औजार रोगका प्रमुख स्रोत रहेको उहाको भनाइ थियो ।

भारतबाट आउने केराका गाडी रोग सार्ने प्रमुख स्रोत रहेकाले अहिले भन्सार विन्दुमै कडाइ गरिएको प्रमुख घिमिरेले बताए । ‘हामीले केराका कोसाबाहेक अन्य कुनै पनि वस्तु केराका गाडीमा ल्याउन दिँदैनौँ’ उनले भने, ‘टिआर–४ केराका कोसाबाट सर्दैन, कोसा सुरक्षित गरी ल्याएकालाई मात्रै क्वारेन्टाइन गर्ने गरेका छौँ ।’

केरा लोड गरी आएका गाडीलाई भन्सार परिसरमै उनीहरुको टायर सफा गर्ने र कतै माटो नरहेको सुनिश्चित गरेपछि पठाउने गरिएको घिमिरेले बताए । ‘यो सबै काम प्लाण्ट क्वारेन्टाइन कार्यालयले गर्ने गरेको छ’, उनले भने, ‘भारतबाट कुनै पनि प्रकारको केराको बेर्ना ल्याउन निषेध गरिएको छ ।’

भैरहवा भन्सार नाका भारतीय केरा आयात गर्ने मुख्य भन्सारको रुपमा रहेको छ । यस नाको हुँदै भारतका अधिकांश स्थानबाट केरा नेपाल आउने गरेको छ । आव २०७९र८० मा भैरहवा भन्सार हुँदै एक अर्ब पाँच करोड ९७ लाख ३३ हजार मूल्य बराबरको ३७ हजार छ सय ३८ मेट्रिक टन केरा आयात भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नारायणदत्त जोशीले जानकारी दिए । उनका अनुसार चालु आवको भदौ महिनाभित्र १९ करोड ४६ लाख ३५ हजार मूल्य बराबरको चार हजार छ सय १९ मेट्रिक टन केरा आयात भएको छ ।

रुपन्देही र नवलपरासी ९पश्चिम०मा केरा खेती ठूलो मात्रामा गरिएकाले पनि रोग भित्रिन नदिन सिमामा कडाइ गरिएको जोशीले बताए । नवलपरासी (पश्चिम) मा केरा खेतीको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले केरा जोन निर्धारण गरेको छ । परियोजना कार्यान्वयन एकाइ भैरहवाका प्रमुख नारायण काफ्लेका अनुसार नवलपरासीमा मात्र एक हजार एक सय ५० हेक्टरमा केरा खेती गरिएको छ ।

रुपन्देहीमा दुई सय ८० हेक्टरमा केरा खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख अर्यालले जानकारी दिए । ‘अहिले खेती गरिएका सबै जि–नाइन प्रजातीका केरा हुन्, यिनीहरु टिआर–४ सँग लड्न सक्दैनन्’ उनले भने, ‘लुम्बिनी प्रदेश पानामा सङ्क्रमणको अत्याधिक जोखिममा देखिएकाले सतर्कता अपनाउन आवश्यक छ ।’

केरा जोन नवलपरासी (पश्चिम) को प्रतापपुरमा यही रोगसँग मिल्दोजुल्दो लक्षणका केराका बोट देखिएका काफ्लेले बताए । उनले उक्त रोग टिआर–४ वा अन्य भएको विषयमा अनुसन्धानका लागि राष्ट्रिय बाली रोग अनुसन्धान प्रयोगशालामा नमूना पठाइएको जानकारी दिए । प्रयोगशालाबाट नतिजा आई नसकेकाले परियोजना सतर्क अवस्थामा रहेको उनको भनाइ थियो

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच संसदीय समितिमा पनि महत्वपूर्ण छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...

बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, यात्रा अघि सडक अवस्था बुझ्न प्रहरीको आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...

हिन्दु राष्ट्रको मागमा सरकार लचिलो? वार्तापछि आन्दोलन फिर्ता, तर सहमति गोप्य

जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending