Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

भोजपुरमा सडक सञ्जाल : ग्रामीण जनजीवनमा सहजता

खबरडबली संवाददाता

भोजपुर । सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको छ । दशक अघिसम्म ढाकर, डोकोमा नुनतेल, चामल बोकेर खाँदै आएका स्थानीयलाई सडक विस्तारले सहजता थपेको हो । 

पछिल्लो दशकमा सडकको विकासले सहजता थपिएको टेम्केमैयुङ–५ मझौलेका ९८ वर्षीय स्थानीय वृद्ध बेनीबहादुर विष्टले बताए । आफू युवा हुँदा भोटबाट नुन, चामल, मट्टितेल २२ दिनसम्म ढाकरमा बोकेर ल्याउनुपर्ने अवस्था रहेकामा अहिले घरमा ट्रयाक्टरले सामग्री बोकेर ल्याउने गरेको उनले बताए । सडक विस्तारले नयाँ पुस्ताको दु:खका दिनको अन्त्य भएको उनको भनाइ छ ।

“हाम्रो पालामा गाउँमा सडक विस्तार होला, बस चढिएला भन्ने मलाई लागेको थिएन”, उनले भने “भोटबाट २२ दिनसम्म पिठ्यूँमा बोकेर ल्याएर नुनतेल खान्थ्यौं । त्यो समयमा धेरै दु:ख थियो । अहिले घरको करेसामा बाटो छ । सडक विस्तारले हामीलाई सहज बनाएको छ ।” त्यो समयमामा धरान चतरामा समेत नुनतेल नपाउने भएकाले भोट पुग्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।

सदरमुकामबाट जिल्लाको दुई नगरपालिका र सात गाउँपालिका गरी नौवटै स्थानीय तहमा कच्ची भए पनि सडक विस्तार भएपछि दैनिक आवतजावतसँगै खाद्य सामग्री ढुवानीमा सहज भएको टेम्केमैयुङ गाउँपालिकाका स्थानीयवासी टङ्कप्रसाद घिमिरेले बताए । सडक विस्तारपछि मानिसले ढाकर, डोको बोकेर हप्तौँ लगाएर सामग्री ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ ।

“सडक विस्तारले ग्रामीण जीवनमा सहजता थपिएको छ”, उनले भने, “अहिले खाद्य सामग्री बोकेर हिँड्न पर्दैन । सहजरूपमा गाउँघरमा पाउने अवस्था छ । सडकका कारण यहाँका कृषि उपज बाह्य बजारमा जान थालेको अवस्था छ ।”विशेष गरेर भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि भोजपुरको विकासले अग्रता लिएको हो । आजभन्दा करिब दश वर्ष अगाडि अरुण नदीमा पुल बनेपछि भोजपुरवासीले यातायातको सहज पहुँच पाएका हुन् । त्यसबेला भोजपुर खण्डमा कच्ची बाटोको ट्रयाक खोलिएको थियो । धनकुटामा सडक विस्तार भएको ३० वर्षपछि भोजपुरमा सडक विस्तार थालिएको स्थानीय जानकार गणेश श्रेष्ठले बताए । यहाँ २०५६ सालबाट सडक खन्न सुरु भएको उनको भनाइ छ ।

श्रेष्ठका अनुसार तत्कालीन ग्रामीण सडक परियोजना ९र्याप० अन्तर्गत सर्वप्रथम भोजपुर–च्यानडाँडा सडक खनिएको थियो । त्यसपछि मात्र लेगुवा–भोजपुर सडकको ट्रयाक खोलिएको उनले बताए । विसं २०६५ असार २६ गते भोजपुर जिल्लामा नेपाली सेनाको हेलिकोप्टरले बोकेर पहिलोपटक टुँडिखेलमा महेन्द्र जीप ओरालेको उनले जानकारी दिए ।

“भोजपुरमा सडक विस्तार भएको धेरै लामो समयमा भएको छैन”, श्रेष्ठले भने, “छिमेकी जिल्ला धनकुटामा कालोपत्र सडक बनेको ३० वर्षपछि भोजपुरमा सडक विस्तार थालिएको हो । तर अहिले भोजपुरका सबै क्षेत्रमा सडक विस्तार भएको छ । सडकले दैनिकीमा समेत परिवर्तन ल्याएको छ ।”

एसियाली विकास बैंकको लगानीमा भोजपुर–लेगुवा ६६ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडक जिल्लामा कालोपत्र भएको पहिलो सडक पनि हो । भोजपुरको लेगुवा, धनकुटा हुँदै धरान जोड्ने यो सडकको कुल लम्बाइ करिब एक सय ५४ किलोमिटर छ । अहिले सुविधायुक्त बस भोजपुरबाट दैनिक काठमाडौँ, विराटनगर, धरानलगायत सहरका लागि छुट्ने गरेका छन् ।

यो सडक विस्तारपछि भोजपुरमा विकासले फड्को मारेको हो । भोजपुरलाई काठमाडौँसम्मको छोटो दूरीमा जोड्ने देउराली चोक–चखेवा भञ्ज्याङ ४२ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । यो सडकले पनि स्थानीयमा सहजता थपिएको छ । जिल्लामा पछिल्लो समयमा सडक विस्तारले तीव्रता पाएको छ । सडकका कारण यहाँ उत्पादन भएको कृषि उपज देशका ठूला सहरमा पुग्न थालेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending