Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

अझै पाएनन् किसानले आलुको मूल्य

खबरडबली संवाददाता

भोजपुर । भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन्। उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ ।

विगत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ–५ चोलन्तीका पुष्कर विष्टले बताए । किसानले गत वर्ष प्रतिकिलो रु ५० मा बिक्री गरेको आलु यस वर्ष प्रतिकिलो रु २५ मा बिक्री गर्न थालेको उनको भनाइ छ।  

चोलन्ती गाउँ र मझौले गाउँमा वार्षिकरुपमा ५० देखि ५५ मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको किसान बताउँछन्। ‘यस वर्ष आलुको मूल्य घटेपछि किसानमा निरासा बढेको छ’, विष्टले भने, ‘मूल्यमा भारी गिरावट आएपछि किसानलाई लागत उठाउन समस्या परेको छ।’

यहाँका किसानले घरबाट नै आलु बिक्री गर्दै आएका छन्। यस वर्ष आलुको उत्पादन बढे पनि मूल्यमा  गिरावट आएको छ। लामो समयसम्म भण्डारण गर्दा कुहिने समस्या हुने भएकाले दुई हजार पाँच सय किलो आलु बाध्य भएर कम मूल्यमा बिक्री गरेको उनको भनाइ छ। आलुबाट मेहनतअनुसारको प्रतिफल नपाएपछि निरासा थपिएको विष्ट बताउछन्।

‘आलुको उचित मूल्य नपाए पनि कुहिने बिग्रने डरले बिक्री गरे’, उनले भने, ‘लामो समयसम्म भण्डारण गर्न पाएको भए मूल्य राम्रै पाइने थियो। आलु उत्पादक किसानका लागि भण्डारण केन्द्रको व्यवस्था भए उचित मूल्यमा बेच्न सकिन्थ्यो। राज्यले यसमा ध्यान दिनसके किसानलाई राहत हुने थियो।’ 

ठेकेदारले किसानले बोकेर सडकमा ल्याएको आलुलाई २८ तथा घरमा पुगेर २५ मा खरिद गर्ने गरेका छन्। यहाँको चोलन्ती र मझौले गाउँलाई आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ। चोलन्ती गाउँबाट मात्र यस वर्ष करिव १५ मेट्रिक टन आलु खाँदबारी, धरान, इटहरी विराटनगर, काठमाडौँलगायत शहरमा बिक्री भएको स्थानीय व्यापारी लालबहादुर किसानले बताए।

‘यस वर्ष तराई क्षेत्रका बजारमा पनि आलुको राम्रो मूल्य छैन’, उनले भने, ‘यहाँका किसानको घरबाट प्रतिकिलो रु २५ देखि रु २८ मा खरिद गरेर लैजाँदै आएका छौँ। विगतका वर्षमा आलुको मूल्य निकै राम्रो थियो। तर यस वर्ष बाह्य बजारमा पनि आलुको उचित मूल्य छैन।’

मझौलेका किसानको भने हालसम्म आलु बिक्री नभएको स्थानीय हीरालाल लुइँटेलले बताए। मूल्यको कारण यहाँका अधिकांश  किसानको आलु बिक्री नभएको उनको भनाइ छ। ‘हाम्रो मझौले र चोलन्ती गाउँमा आलुको धेरै उत्पादन हुन्छ’,  उनले भने, ‘आलुले यस वर्ष राम्रो मूल्य पाउन सकेन। मझौले गाउँका धेरै किसानको आलु हालसम्म बिक्री भएको छैन। किसान मूल्यको पर्खाइमा बसेको अवस्था छ।’

उत्पादित आलुको बजारीकरणमा राज्यले सहयोग गरे किसान मारमा नपर्ने किसान लुइँटेलको भनाइ छ। बजारको पर्खाइमा बस्दा किसानको आलु कुहिएर नष्ट हुने अवस्था आएको उनले बताए। ‘उत्पादन भएको आलुको उचित मूल्य लिएर बिक्री गर्न सकिएको छैन’, उनले भने, ‘भण्डारण गरेको ठाउँमा आलु कुहिन थालेको अवस्था छ। राज्यले उत्पादित आलुलाई बजारीकरणमा सहयोग गरे हामीलाई राहत पुग्ने थियो।’

मझौले गाउँका एउटा किसानले पाँच सय किलोदेखि तीन हजार किलोसम्म आलु उत्पादन गर्दै आएको स्थानीय सन्तोष विष्टले बताए। यहाँका ८५ बढी घरपरिवारले व्यावसायिक रुपमा आलुको खेती गर्दै आएका उनको भनाइ छ। ‘यहाँको मुख्य उत्पादन नै आलु र मकै हो’, विष्टले भने। यस क्षेत्रमा बढी मात्रामा भोटाङ्गे पंखदले, धराने, सैलुङगेलगायत जातका आलु उत्पादन हुने गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको निर्वाचन आचारसंहिता–२०८२ मा चुनावी खर्च प...

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (साेमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा...

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending