Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

जग्गाको कित्ताकाट खुल्दा पनि उत्साहजनक छैन कारोबार

जग्गा काराेबारमा कमी आए पनि राजश्व संकलन बृद्धी

खबरडबली संवाददाता

काठमाडौं । भदौ महिनामा घरजग्गाको कारोबार अघिल्लो महिनामा भन्दा कम देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार भदौमा देशभरका मालपोत कार्यलयमा काराेबार कम भएकाे हाे । 

भदाैमा देशभरका मालपाेत कार्यालयबाट ३५ हजार ६८६ वटा मात्रै घरजग्गा किनबेच भएको छ । जुन साउनको तुलनामा करिब ३ हजार ५ सयले कम हो । साउनमा देशभरका मालपोत कार्यलयबाट ३९ हजार २६३ लिखत पारित भएको थियो ।

लगातार मन्दीतर्फ धकेलिएको घरजग्गा कारोबार कित्ताकाट खुलेसँगै सकारात्मक हुने अपेक्षा गरिएको थियो । साउनको तुलनामा भदौमा कारोबार झन् घट्यो तर राजस्व संकलनमा भने वृद्धि आएको छ । सरकारले भदौमा घरजग्गा कारोबारबाट ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । यो साउनको तुलनामा १३ करोड ५५ लाख रुपैयाँले बढी हो ।

कित्ताकाट खुला भएसँगै कारोबारमा आमूल वृद्धि हुने अपेक्षा थियो । तर अपेक्षाअनुरूप कारोबार हुन नसकेपनि गत वर्षको कारोबारसँग तुलना गर्दा चालु आर्थिक वर्षमा कारोबार वृद्धि भइरहेको छ । गत वर्षको भदौमा देशभरि ३४ हजार ७२० लिखत पारित भएको थियो ।

काठमाडौंमा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ६ वटा मालपोत कार्यालय छन् । यी कार्यालयमध्ये कलंकी मालपोत कार्यालयबाट सबैभन्दा बढी कारोबार भएको छ । कलंकी कार्यालयबाट भदौ महिनामा पाँच सय ९४ संख्यामा घरजग्गा कारोबार भएको छ ।

दोस्रो ठूलो कारोबार गर्नेमा चाबहिल मालपोत कार्यालय छ । चाबहिलबाट भदौमा चार सय ७ संख्यामा कारोबार भएको छ ।

त्यस्तै, तेस्रोमा साँखु मालपोत कार्यालय रहेको छ । साँखुबाट भदौमा ३ सय ६७ संख्यामा घरजग्गा कारोबार भएको छ ।

मनमैजु कार्यालयबाट साउनमा २ सय ७३ संख्यामा कारोबार भएको छ । डिल्लीबजार कार्यालयबाट एक सय ७४ संख्यामा घरजग्गा किनबेच भएको छ । 

त्यसैगरी, टोखा कार्यालयबाट एक सय ३५ संख्यामा घरजग्गा किनबेच भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच संसदीय समितिमा पनि महत्वपूर्ण छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...

बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, यात्रा अघि सडक अवस्था बुझ्न प्रहरीको आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...

हिन्दु राष्ट्रको मागमा सरकार लचिलो? वार्तापछि आन्दोलन फिर्ता, तर सहमति गोप्य

जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending