विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले प्रदेशबासीमा संघीयताप्रति वितृष्णा पैदा भएको बताएका छन् । संविधान दिवसका अवसरमा आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले जनतामा देखिएको वितृष्णा र निराशालाई चिर्न सबैले सहकार्य र सहमति गर्नुपर्नेमा जोड दिए । ‘हाल कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले सिङ्गो प्रदेशवासीहरुमा सङ्घीयता प्रतिनै वितृष्णा पैदा भएको छ,’ उनले भने, ‘जनतामा देखिएको निराशा र व्यवस्था माथिकै चुनौतिलाई सामना गर्न सहमति र सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । त्यसैले अहिलेको यस विसम परिस्थितिमा जनभावानालाई बुझेर अघि बढ्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलहरुलाई आव्हान गर्दछु ।’
उनले संविधान कार्यन्वयनको पहिलो पाँच वर्ष पूरा भई दोस्रो कार्यकालको पहिलो वर्षमा आइपुग्दा आवश्यक कानूनहरुको अभावमा सङ्घीयताका मर्म र भावाना बमोजिम सङ्घ, प्रदेश र स्थानीय सरकारहरुले जनअपेक्षा अनुसार काम गर्न नसकिरहेको बताए । सङ्घीयता कार्यान्वयन गर्न आवश्यक कानूनी र व्यवस्थापकीय प्रवन्ध गर्न नवौ संविधान दिवसले पे्ररणा दिने उनको विश्वास छ ।
उनले प्रदेशमा विभिन्न चुनौतिहरु देखिइरहेको पनि बताए । ‘हिमाली तथा पहाडी क्षेत्रबाट भइरहेको बढ्दो बसाँइ सराइ,वातावरण विनाश, परापूर्वकालदेखि रहँदै आएको हाम्रो धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पु¥याउने गतिविधिहरु, बढ्दो बेरोजगारी, जन चाहाना अनुसारको शासकीय सुधार, शिक्षा र रोजगारीको नाममा भइरहेको पुँजी र दक्ष जनशक्तिको पलायन र नकारात्मक आर्थिक सुचाङ्कहरु यस प्रदेशको चूनौतिका रुपमा देखिएका छन्,’ कार्कीले भने, ‘ यस्तो अवस्थामा हाम्रो सिङ्गो प्रदेश, प्रदेश भित्रका सबै राजनीतिक दलहरु, जनप्रतिनिधिहरु, राष्ट्र सेवक कर्मचारीहरु, नागरिक समाज…एक जुट भएर यी साझा चुनौतीहरुलाई अवसरमा परिणत गर्न आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता महसुस भएको छ ।’
कडा सुरक्षाको चौघेरामा आयोजित कार्यक्रममा प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु, संविधानसभा सदस्य तथा संघीय संसदका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललगायतको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - ०८:०९
घोराही (दाङ) । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...
जेष्ठ ३० गते, २०८३ - ०७:५३
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...
जेष्ठ ३० गते, २०८३ - ०७:४६
काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...
जेष्ठ ३० गते, २०८३ - ०७:४५
काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...
जेष्ठ ३० गते, २०८३ - ०७:३०
काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...
जेष्ठ ३० गते, २०८३ - ०७:२०
काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ। गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...
जेष्ठ ३० गते, २०८३ - ०७:१६
काठमाडौँ । चिया केवल पेय पदार्थ मात्र होइन, धेरैको दैनिक जीवनको अभिन्न हिस्सा हो। बिहानको सुरुवातदेखि साँझको थकान मेट्नसम्म चिया धेरैको रोजाइमा पर्छ। ...
जेष्ठ ३० गते, २०८३ - ०७:१०
सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि ...
जेष्ठ ३० गते, २०८३ - ०७:०२
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा ...
जेष्ठ ३० गते, २०८३ - ०६:५६
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी स्थापनाको चार वर्ष नपुग्दै गुट, उपगुट र नेतृत्व संघर्षको...



प्रतिकृया लेख्नुहोस्: