काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको नाम परिवर्तनका लागि छलफल अघि बढाएको छ । गत भदौ २५ गते बसेको माओवादी पदाधिकारी बैठकले पार्टीको नाम परिवर्तनका लागि छलफल थाल्न कार्यकर्तालाई निर्देशन दिँदै नाम परिवर्तनबारे आगामी महाधिवेशनमा निर्क्यौल गर्ने निर्णय गरेको हो।
पदाधिकारी बैठकको निर्णयबारे भदौ ३० गते सर्कुलर जारी गर्दै माओवादी केन्द्रले अरू कम्युनिष्ट पार्टीहरूसँग एकताका लागि छलफल भइरहेको उल्लेख गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव देव गुरूङले हस्ताक्षर गरेर तल्ला कमिटीहरूमा पठाएको सर्कुलरमा पार्टी एकतालाई सफल बनाउन माओवादी केन्द्र छोड्न सकिने उल्लेख छ।
‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ,’ सर्कुलरमा उल्लेख गरीएकाे छ।
माओवादीको गत साउन १६ देखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले अरू कम्युनिष्ट पार्टीहरूसँग एकताका लागि छलफल गर्न उपाध्यक्ष कृष्णबहादुर महरालाई संयोजक तोकेको थियो ।
पार्टीको नाम फेर्ने र एमाले बाहेकका कम्युनिष्ट पार्टीहरू मिलेर एउटै पार्टी बनाउने छलफल गतवर्ष भएको प्रतिनिधिसभा निर्वाचन अघि पनि चलेको थियो । नेकपा माओवादीसहितका कम्युनिष्ट पार्टीहरूले अहिले समाजवादी मोर्चा बनाएर देशव्यापी कार्यक्रम गरिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १७:०१
रुपन्देही । दाङ निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका दुई मतदान केन्द्रमा स्थानीयले मतदान बहिस्कार गरेका छन्। जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन्। ...
फाल्गुन २१ गते, २०८२ - १७:००
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले मतदान गरे...
फाल्गुन २१ गते, २०८२ - १५:३५
काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनका क्रममा युवापुस्ता केन्द्रमा देखिए पनि जेष्ठनागरिकहरूको सक्रिय सहभागिता पनि उल्लेखनीय देखिएको छ। आफ्नो सन्तति...
फाल्गुन २० गते, २०८२ - २२:०२
काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...
फाल्गुन २० गते, २०८२ - २१:५७
दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...
फाल्गुन २० गते, २०८२ - २१:४९
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...
फाल्गुन २० गते, २०८२ - २१:४०
कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...
फाल्गुन २० गते, २०८२ - २१:३४
विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...
फाल्गुन २० गते, २०८२ - २१:३२
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...
फाल्गुन २० गते, २०८२ - २१:२७
सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...



प्रतिकृया लेख्नुहोस्: