Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८० शनिबार | 23rd September, 2023 Sat

देशभरका शिवालयमा भक्तजनको घुइँचो, पशुपतिको चारैवटा ढोका खुला

खबरडबली संवाददाता

काठमाडौं । हरितालिक तीज पर्वका अवसरमा  पशुपतिनाथ मन्दिरलगायत देशभरका  शिवालयमा भक्तजनको घुइँचो लागेको छ । 

तीज पर्वमा पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण  महाशाखा प्रमुख एवं  सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए । 

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा  लामको व्यवस्था गरिएको छ  पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषल ६ः०० बजे अगाडि नै दर्शन गराइएको थियो । बिहान ६ः०० बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ  बिहानी समयमा भक्तजन लाममा बसेको आध घण्टामा दर्शन गरी फर्किएका छन् । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ । 

आज काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा : प्रधानमन्त्री प्रचण्ड

न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन्। अमेरिक...

शिक्षकहरूले विरोध गरेको विधेयकमा लेख लेख्न र डीभी वा पीआर भर्न नपाउने प्रावधान पनि

काठमाडौं । आन्दोलनरत शिक्षकहरूसँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक राईले बिहीवार बिहान गरेको वार्ता 'सकारात्मक'...

बाँकेको बालसुधार गृहमा झडप- एकजनाको मृत्यु, १० घाइते

बालसुधार गृहमा तोडफोड र आगजनी, अहिले पनि प्रहरी तैनाथ

संसद्मा महिला सहभागिता वृद्धि गरिनुपर्छ : सांसद कार्की

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित महिला नौ जनामात्र  छन् ।  समानुपातिकतर्फबाट संवैधानिक व्यवस्थाबमोजिम प्रतिनिधिसभामा ३३ प्रतिशत...

देशभर भारी वर्षाकोे सम्भावना, दैनिक जनजीवन प्रभावित हुनसक्ने

काठमाडौं । देशका सबै प्रदेशमा आज पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केहीमा भारी वर्षा र हावाहुरीको समेत सम्भावना छ।  अहिले बि...

मुस्ताङका बाँझो जमिनमा सामूहिक आलुखेती

मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेका छन् ।  लोमान्थाङ गाउँपालिकाको आर्थिक स...

सरकार र आन्दोलनरत शिक्षकबीच निर्णायक वार्ता हुँदै, देशभरका सामुदायिक विद्यालय बन्द

काठमाडौं । शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षक र  र सरकारबीच आज पनि वार्ता हुँदैछ। बिहिबार दुई चरणमा भएको भएको वा...

मंगलगवामा अनिश्चितकालका लागि कर्फ्यु आदेश

मलङ्गवा ।  जिल्ला प्रशासन कार्यालय मलङ्गवाले मलङ्गवा नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । मुर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिए...

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि गुनासोको ओहिरो, सम्बोधन होलान् ?

काठमाडौं । सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको ...

किर्ते कागजमा सयभन्दा बढी जापान पुगेको खुलासा

काठमाडौं । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending