Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सन्दकपुरकाे पर्यटन प्रवर्धनका लागि एकै पटक एकसय बढी पत्रकार सन्दकपुरमा

खबरडबली संवाददाता

इलाम । इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा एक सय बढी पत्रकार भेला भएका छन् । पर्यटनको राजधानी सन्दकपुरको विकासको विषयमा छलफल गर्न उनीहरु भेला भएका हुन् ।

प्रेस सेन्टर नेपालले सन्दकपुर–३, देउरालीस्थित सेमेन्चुङ भवनमा आयोजना गरेको ‘सन्दकपुरको पर्यटन विकासमा पत्रकारको भूमिका बिषयक अन्तरक्रिया’मा सहभागी हुन प्रदेश १ र काठमाडाैंका सञ्चारकर्मीहरु भेला भएका प्रेस सेन्टर नेपाल प्रदेश महासचिव सुजन तिम्सेनाले जानकारी दिए । 

सन्दकपुर पर्यटनको हिसाबले प्रचुर सम्भावना बोकेको ठाउँ भएपनि प्रबर्धन गर्न नसक्दा यहाँका मानिस पर्यटन व्यवसायबाट आत्मनिर्भर बन्न नसकेको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले बताए । अध्यक्ष गुरुङले पर्याप्त भौतिक पूर्वाधार र प्रचारप्रसारको अभावमा सुनको थालीमा भिख मागिरहनु परेको धारणा व्यक्त गरे । इलामलाई मात्र नभई देशलाई नै सन्देश दिने कार्यक्रम आयोजना गरेकोमा अध्यक्ष गुरुङले आयोजकलाई धन्यवाद दिए । 

सन्दकपुरमा प्रकृतिले दिएको अनुपम उपहारपनि मनन् गर्न नसकिएको गाउँपालिका उपाध्यक्ष हरिबहादुर लुङगेलीले  बताए । ‘जसले प्रकृतिले दिएको उपहार बुझेका छन् उनीहरु बाहिर छन्, नबुझ्ने मात्र यहाँ छन् अनि कसरी विकास हुन्छ ?’ उनले प्रश्न गरे । सडक, विद्युत लगायत पूर्वाधार विकास हुन नसक्दा सन्दकपुरको पर्याप्त पर्यटन विकास हुन नसकेको उनले बताए । सन्दकपुरमा कृषि, पशुपालन र पर्यटनको एकिकृत प्रवर्धनमा लागेको उपाध्यक्ष लुङगेलीले जानकारी दिए । 

गुरुङले आफुहरु विज्ञ नभएपनि सन्दकपुरमा ८२ प्रजातिका जडिबुटी पाइने जानकारी दिए । उनले पर्यटकलाई गर्नुपर्ने सम्मान र व्यवहारको बारेमा जानकारी दिन स्थानीयहरुलाई तालिम सञ्चालन गरिने बताए । भौगोलिक रुपमा मुलुक संघीयतामा गएपनि वित्तीय संघीयता कार्यान्वयन नहुँदा ग्रामिण क्षेत्रको विकास हुन नसकेको धारणा व्यक्त गरे । 

सन्दकपुर भारतीय सीमासँग जोडिएको पालिका भएको बताउँदै भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्र मिचिरहेको भन्दै चिन्ता व्यक्त गरे ।  इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले प्रशस्त प्राकृतिक सम्पदाहरु हुँदा हुँदैपनि उपयुक्त कार्ययोजना र प्रचारको अभावमा इलामले पर्यटन व्यवसायबाट कमाउन नसकेको धारणा व्यक्त गरे । सन्दकपुरको जंगलमा पाइने लोपोन्मुख रेडपाण्डाको प्रचारप्रसारबाट नेपालले भन्दा भारतीयले कमाई गरिरहेको बताए । 

सन्दकपुरबाट चारवटा देशको हिमाल देखिने भएपनि प्रचारप्रसारको अभावमा पर्यटक भित्र्यान नसकिएको २ नम्बरका वडाध्यक्ष सनम राईले गुनासो गरे । पर्यटकीय स्थल छिन्तापुरबाट पूर्वका १४ जिल्लाको अवलोकन गर्न सकिने, पुवा, माई, गिताङ, राते लगायतका खोलाहरुको शिर सन्दकपुरमै रहेको जानकारी दिए । इलामकै अग्लो टोड्के झरनासमेत सन्दकपुरमा नै रहेको जानकारी दिँदै राईले कैयन धार्मिक, साँस्कृतिक र पर्यटकीय स्थल सन्दकपुरमा रहेको बताए ।

त्यस्तै ३ नम्बर वडाध्यक्ष मिनबहादुर बुर्जाले मानव निर्मित धापपोखरी, रामसार सुचीमा सुचिकृत माइपोखरीलगायत धार्मिक तथा पर्यटकीय स्थल आफ्नो वडामा रहेको जानकारी दिए । लोपोन्मुख गलैचे झ्याउ सन्दकपुरमा पाइने उनले बताए । 

नेपाली कांग्रेस इलामका सहसचिव देवेन्द्र सुवेदीले होमस्टेमा दिइने सेवासुविधामा कन्जुस्याँइ गर्न नहुने सुझाए । चौध जातजातिको बसोबास रहेको सन्दकपुरको पर्यटन विकासका लागि आवश्यक पूर्वाधार विकासका लागि सहयोग गर्न कार्यक्रमका प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीलाई अनुरोध गरे ।

सन्दकपुरका प्रमुख प्रशासकीय अधिकृत महेश राईले २०७६ सालमा नै सन्दकपुरलाई एक साँस्कृतिक गाउँ घोषणा गरिएपनि सो अनुसार हालसम्म काम हुन नसकिरहेको बताए । मानिसले सामाजिक, आर्थिक, राजनीतिक संस्कृतिमा परिवर्तन नल्याउन्जेल विकास सम्भव नहुने धारणा व्यक्त गरे । 
प्रदेशसभा सदस्य गणेश उप्रेती सुशिलले सन्दकपुरको विकासमा प्रदेश सरकारको तर्फबाट गर्ने सहयोगमा पहल गर्ने बताए ।

कार्यक्रमबाट पारित १४ बुँदे घोषणा पत्रमा सन्दकपुर मनमोहक भएपनि पूर्वाधार र प्रचारप्रसार अभावका कारण पछाडि परेको भन्दै विकासका योजना बनाउँदा सन्दकपुरको पर्यटन विकासलाई विशेष प्राथमिकता दिएर बजेट विनियोजन गर्न संघ र प्रदेश सरकारसँग माग गर्ने उल्लेख गरेको छ ।   
समुन्द्र सतहदेखि ३६३६ मिटरको उचाईमा रहेको सन्दकपुर देशको उत्कृष्ट एक सय गन्तव्यमा सुचिकृत पर्यटकीय स्थल हो । लोपोन्मुख रेडपाण्डा लगायत एक सयभन्दा धेरै चराहरु यस स्थानमा पाइन्छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending