Khabar Dabali ४ श्रावण २०८३ सोमबार | 20th July, 2026 Mon
Investment bank

सन्दकपुरकाे पर्यटन प्रवर्धनका लागि एकै पटक एकसय बढी पत्रकार सन्दकपुरमा

खबरडबली संवाददाता

इलाम । इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा एक सय बढी पत्रकार भेला भएका छन् । पर्यटनको राजधानी सन्दकपुरको विकासको विषयमा छलफल गर्न उनीहरु भेला भएका हुन् ।

प्रेस सेन्टर नेपालले सन्दकपुर–३, देउरालीस्थित सेमेन्चुङ भवनमा आयोजना गरेको ‘सन्दकपुरको पर्यटन विकासमा पत्रकारको भूमिका बिषयक अन्तरक्रिया’मा सहभागी हुन प्रदेश १ र काठमाडाैंका सञ्चारकर्मीहरु भेला भएका प्रेस सेन्टर नेपाल प्रदेश महासचिव सुजन तिम्सेनाले जानकारी दिए । 

सन्दकपुर पर्यटनको हिसाबले प्रचुर सम्भावना बोकेको ठाउँ भएपनि प्रबर्धन गर्न नसक्दा यहाँका मानिस पर्यटन व्यवसायबाट आत्मनिर्भर बन्न नसकेको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले बताए । अध्यक्ष गुरुङले पर्याप्त भौतिक पूर्वाधार र प्रचारप्रसारको अभावमा सुनको थालीमा भिख मागिरहनु परेको धारणा व्यक्त गरे । इलामलाई मात्र नभई देशलाई नै सन्देश दिने कार्यक्रम आयोजना गरेकोमा अध्यक्ष गुरुङले आयोजकलाई धन्यवाद दिए । 

सन्दकपुरमा प्रकृतिले दिएको अनुपम उपहारपनि मनन् गर्न नसकिएको गाउँपालिका उपाध्यक्ष हरिबहादुर लुङगेलीले  बताए । ‘जसले प्रकृतिले दिएको उपहार बुझेका छन् उनीहरु बाहिर छन्, नबुझ्ने मात्र यहाँ छन् अनि कसरी विकास हुन्छ ?’ उनले प्रश्न गरे । सडक, विद्युत लगायत पूर्वाधार विकास हुन नसक्दा सन्दकपुरको पर्याप्त पर्यटन विकास हुन नसकेको उनले बताए । सन्दकपुरमा कृषि, पशुपालन र पर्यटनको एकिकृत प्रवर्धनमा लागेको उपाध्यक्ष लुङगेलीले जानकारी दिए । 

गुरुङले आफुहरु विज्ञ नभएपनि सन्दकपुरमा ८२ प्रजातिका जडिबुटी पाइने जानकारी दिए । उनले पर्यटकलाई गर्नुपर्ने सम्मान र व्यवहारको बारेमा जानकारी दिन स्थानीयहरुलाई तालिम सञ्चालन गरिने बताए । भौगोलिक रुपमा मुलुक संघीयतामा गएपनि वित्तीय संघीयता कार्यान्वयन नहुँदा ग्रामिण क्षेत्रको विकास हुन नसकेको धारणा व्यक्त गरे । 

सन्दकपुर भारतीय सीमासँग जोडिएको पालिका भएको बताउँदै भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्र मिचिरहेको भन्दै चिन्ता व्यक्त गरे ।  इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले प्रशस्त प्राकृतिक सम्पदाहरु हुँदा हुँदैपनि उपयुक्त कार्ययोजना र प्रचारको अभावमा इलामले पर्यटन व्यवसायबाट कमाउन नसकेको धारणा व्यक्त गरे । सन्दकपुरको जंगलमा पाइने लोपोन्मुख रेडपाण्डाको प्रचारप्रसारबाट नेपालले भन्दा भारतीयले कमाई गरिरहेको बताए । 

सन्दकपुरबाट चारवटा देशको हिमाल देखिने भएपनि प्रचारप्रसारको अभावमा पर्यटक भित्र्यान नसकिएको २ नम्बरका वडाध्यक्ष सनम राईले गुनासो गरे । पर्यटकीय स्थल छिन्तापुरबाट पूर्वका १४ जिल्लाको अवलोकन गर्न सकिने, पुवा, माई, गिताङ, राते लगायतका खोलाहरुको शिर सन्दकपुरमै रहेको जानकारी दिए । इलामकै अग्लो टोड्के झरनासमेत सन्दकपुरमा नै रहेको जानकारी दिँदै राईले कैयन धार्मिक, साँस्कृतिक र पर्यटकीय स्थल सन्दकपुरमा रहेको बताए ।

त्यस्तै ३ नम्बर वडाध्यक्ष मिनबहादुर बुर्जाले मानव निर्मित धापपोखरी, रामसार सुचीमा सुचिकृत माइपोखरीलगायत धार्मिक तथा पर्यटकीय स्थल आफ्नो वडामा रहेको जानकारी दिए । लोपोन्मुख गलैचे झ्याउ सन्दकपुरमा पाइने उनले बताए । 

नेपाली कांग्रेस इलामका सहसचिव देवेन्द्र सुवेदीले होमस्टेमा दिइने सेवासुविधामा कन्जुस्याँइ गर्न नहुने सुझाए । चौध जातजातिको बसोबास रहेको सन्दकपुरको पर्यटन विकासका लागि आवश्यक पूर्वाधार विकासका लागि सहयोग गर्न कार्यक्रमका प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीलाई अनुरोध गरे ।

सन्दकपुरका प्रमुख प्रशासकीय अधिकृत महेश राईले २०७६ सालमा नै सन्दकपुरलाई एक साँस्कृतिक गाउँ घोषणा गरिएपनि सो अनुसार हालसम्म काम हुन नसकिरहेको बताए । मानिसले सामाजिक, आर्थिक, राजनीतिक संस्कृतिमा परिवर्तन नल्याउन्जेल विकास सम्भव नहुने धारणा व्यक्त गरे । 
प्रदेशसभा सदस्य गणेश उप्रेती सुशिलले सन्दकपुरको विकासमा प्रदेश सरकारको तर्फबाट गर्ने सहयोगमा पहल गर्ने बताए ।

कार्यक्रमबाट पारित १४ बुँदे घोषणा पत्रमा सन्दकपुर मनमोहक भएपनि पूर्वाधार र प्रचारप्रसार अभावका कारण पछाडि परेको भन्दै विकासका योजना बनाउँदा सन्दकपुरको पर्यटन विकासलाई विशेष प्राथमिकता दिएर बजेट विनियोजन गर्न संघ र प्रदेश सरकारसँग माग गर्ने उल्लेख गरेको छ ।   
समुन्द्र सतहदेखि ३६३६ मिटरको उचाईमा रहेको सन्दकपुर देशको उत्कृष्ट एक सय गन्तव्यमा सुचिकृत पर्यटकीय स्थल हो । लोपोन्मुख रेडपाण्डा लगायत एक सयभन्दा धेरै चराहरु यस स्थानमा पाइन्छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकपमा चम्किएका स्टार : कसले जिते कुन अवार्ड ?

काठमाडौं । स्पेनले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेसँगै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी र टोलीलाई प्रदान गर...

मृत्युका खाल्डा : मधेशमा बर्सेनि सयौँ बालबालिका किन गुमाइरहेका छन् ज्यान ?

जनकपुरधाम । मधेशका गाउँबस्तीमा वर्षा सुरु भएसँगै बालबालिकाका लागि अर्को अदृश्य खतरा पनि सक्रिय हुन्छ—पानीले भरिएका खाल्डाखुल्डी। इँटा उद्योगले माटो नि...

पर्यटकको रोजाइ बनेको अन्तुमा बेथिति : रातभर डिजे, मनपरी शुल्क र प्रहरी–व्यवसायी विवादले पर्यटन संकटमा

इलाम । पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य अन्तु पछिल्ला दिनमा अव्यवस्थित र विवादित बन्दै गएको छ। पर्यटकको बढ्दो आकर्षणसँगै होटल, होमस्टे र कटेजको ...

धान खेतको पानीमा डुबेर १८ महिनाकी बालिकाको दुःखद मृत्यु

बारा । बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा महागढीमाई नगरपालिका–९ ...

म्याग्दीका सडक र स्वास्थ्य पूर्वाधार सुधारमा मन्त्री महावीर पुनको जोड

बेनी (म्याग्दी) । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको विकासका लागि सडक र स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राखेर काम अघि ...

साउन १५ भित्र मधेस सरकारमा ठूलो हेरफेर, मन्त्रालय १२ बाट ९ मा झार्ने तयारी

जनकपुरधाम । मधेस प्रदेश सरकारमा साउन १५ भित्र मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत देखिएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल ...

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग : नागढुंगामा सवारी रोकियो, बीपी राजमार्ग खुल्यो

काठमाडौं । लगातारको वर्षापछि चितवनको फिस्लिङ र धादिङको जवाङ खोलामा पहिरो खसेपछि पृथ्वी राजमार्ग प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि काठमाडौं–धादिङ सीमा...

काठमाडौंमा शंकास्पद गतिविधि गर्ने ७० जना प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पछिल्लो २४ घण्टामा ७० जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका प...

दाङमा भेटियो दुर्लभ राज गोमनको गुँड, चराजस्तै गुँड बनाउने विश्वकै एकमात्र सर्प

दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित एक सामुदायिक वनमा विश्वकै सबैभन्दा लामो विषालु सर्प राज गोमन (किङ कोब्रा) को दुर्लभ गुँड फेला परेको छ। नेपा...

बाढीबाट जोगाउन हटाइएका सुकुम्बासी फेरि बाढीमै, थातथलोमै फर्काउने सरकारको योजना

काठमाडौं । नदी किनारका सुकुम्बासी बस्ती बाढीको उच्च जोखिममा रहेको भन्दै सरकारले केही महिनाअघि काठमाडौंका विभिन्न स्थानमा डोजर चलाएर हजारौं परिवारलाई व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending