Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

तिजको रहर...

तिज र गीतसङ्गीत एकअर्काका पर्याय

राधा चालिसे
राधा चालिसे

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाले हर्षोल्लासपूर्ण रूपमा मनाउँदै आएको चाड हरितालिका तिज भोलि आइतबारदेखि सुरु हुँदै छ । विशेष गरी काठमाडौँ उपत्यका र पहाडी भेगमा मनाइने यो चाडमा भाद्र शुक्ल द्वितीयाको दिन दर खाएर तृतीयाको दिन सक्नेले निराहार, निर्जल व्रत बस्ने गर्छन् । चौथीको दिन व्रतको पारायण गरेपछि पुनः पञ्चमीको दिन विशेष स्नान गरेर सप्तऋषिको पूजाआराधनापछि तिज सकिन्छ । यसरी हेर्दा यो चाड चार दिनसम्म मनाइन्छ । 

परापूर्व कालमा पार्वतीले आफूले चाहेको वर अर्थात् महादेवलाई पतिका रूपमा पाऊँ भनी कठोर तपस्या गरेको र त्यस्तो तपस्यामा लाग्नका लागि साथीसङ्गीहरूले पार्वतीलाई साथ दिएर ९हरेर लगेको० प्रसङ्गका आधारमा यसलाई हरितालिका भन्ने गरिएको धार्मिक कथन छ । पार्वतीले कठोर तपस्या गरिरहँदा प्राण मात्र धान्नका लागि रातमा केवल एक कोसा केरा दरको रूपमा खाएको प्रसङ्ग कथाको रूपमा पुस्तान्तरण हुँदै आएको छ । 

इच्छाएको व्यक्तिलाई पतिको रूपमा प्राप्त गर्न सक्नु र पाएपछि अटल साथ र आत्मीय प्रेम प्राप्तिको कामनाले तिजको व्रत बस्ने परम्परा छ । यो नारी स्वतन्त्रताको चाड पनि हो भन्न सकिन्छ । यस चाडमा महिलाहरू ईश्वरीय आराधनासँगै उन्मुक्त भावमा नाचगान गरेर रमाउने गर्छन् । आफूलाई पुनर्ताजगी पनि गर्छन् । 

तिजमा गरिने विशेष आराधना 

यस चाडमा उमामहेश्वर वा गौरीसहित शिव वा शिवलिङ्गलाई पुज्ने र हरितालिकाको कथा श्रवण गर्ने परम्परा छ । यसरी व्रत बसेर कथा श्रवण गर्दा महिलाको श्रीमान् र सन्ततिको आयु बढ्ने, आत्मीय प्रेम बढ्ने तथा सौभाग्य अटल रहने विश्वास रही आएको छ । हरितालिका व्रतकथा विधिमा भगवान् शिव स्वयम्ले हिमालय पुत्री पार्वतीलाई यो कथा सुनाएको उल्लेख छ । कथामा पार्वतीले के कस्तो गुप्त तपस्या गरेको कारण स्वयम् भगवान् शिवलाई पति पाएँ भन्ने प्रश्न गरेपछि भगवान् शिवले त्यसको रहस्य बताउँदै भनेका छन् – बाल्यकालमा नै अधोमुख भएर १२ वर्ष तपस्या गरिन् र त्यसपछि पनि ६४ वर्षसम्म घाँसपात मात्र खाएर तपस्या गरेको देखेपछि हिमालय पर्वत अत्यन्तै दुःखी भएर छोरीका लागि भगवान् विष्णुसँग विवाह गरिदिनका लागि तयारीमा जुटे तर पार्वतीले त्यसमा अस्वीकृति जनाउँदै साथीसङ्गीसँग भागेर घोर जङ्गलमा गएर बालुवाको शिवलिङ्ग बनाएर तपस्या गर्न थालिन् । सायम्कालमा आरती गरी रातभर जागराम बसिन् । पार्वतीको यस्तो तपस्याले शिवको आसनसमेत डगमगायो । अनि शिव पार्वतीलाई दर्शन दिन र वर दिन स्वयम् उपस्थिति भएँ । स्वयम् शिव अगाडि उपस्थित भएपछि पार्वतीले आफूले शिवलाई नै स्वामी मानेको बताइन् । स्वयम् भगवान् शिवले आफ्ना भक्तको वचन हार्न नसकेपछि त्यो इच्छा पूरा गर्नुभएको कथामा उल्लेख छ । यही कथा सुन्दै आएका हिन्दु महिलाले तिजको दिन विभिन्न शिवालयमा पुगेर भक्तिभावका साथ पूजाआराधना गर्ने गर्छन् ।

तिज मनाउने शैलीमा रूपान्तरण

सामाजिक रूपमा यो चाड परिवारका दिदीबहिनी र साथीसङ्गीको साथमा मनाइन्छ । विशेष गरी विवाह भएर गएकी चेलीलाई तिजमा बोलाउने र आफूले सकेको मिठोमसिनो बनाएर खुवाउने परम्परा पहाडी समुदायमा चल्दै आएको छ । यो माइती पक्षको विवाहित चेलीप्रतिको स्नेहभाव र सम्मान पनि हो । फेरि विवाहित चेलीका लागि केही दिन भए पनि आफ्नो पारिवारिक जिम्मेवारीबाट सास फेर्न पाउने र दिदीबहिनी तथा साथीसङ्गीसँग रम्ने अवसर पनि हो यो । यो अवसरले चेलीमा छुट्टै उत्साह र रौनक थपिदिन्छ । उनीहरू माइती घरमा जम्मा भएर दर खाने, सामूहिक रूपमा भगवान् शिवको आराधना गर्ने, पारिवारिक दुःखसुखलाई गीतको भाकामा व्यक्त गर्दै रमाउँछन् । यस कार्यले उनीहरूमा पुनर्ताजगी भएर आआफ्नो जिम्मेवारी सम्हाल्न घर फर्कन्छन् । 

पछिल्लो दशक यता भने यो चाड मनाउने यस्तो शैलीमा परिवर्तन देखिन थालेको छ । तिज सुरु हुनुभन्दा केही साताअघिदेखि नै गाउँघरका सामुदायिक भवन वा चौर, चौतारा वा सहरबजारका औपचारिक अनौपचारिक कार्यस्थल जताततै तिजमय भएको हुन्छ । विवाह, व्रतबन्ध जस्ता खासै शुभकार्य नहुने भदौमा पनि पार्टी प्यालेस, रेष्टुराँ र सानाठुला होटलमा तिजका गीत घन्कने र दरको नाउँमा भोज पाक्न थाल्छ । यो वर्ष पनि केही साताअघिदेखि नै यो कार्य सुरु भइसकेको छ । साउनभरि हरियो पहिरनमा सजिएका महिलाहरू यतिबेला भने रातो भेषमा सजिएर उत्साह र उमङ्गका साथ हिँडेको दृश्य सहरबजारमा देखिन्छ । तिज नजिकिएसँगै यस्ता गतिविधिले तीव्रता पाएको छ । त्यसलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालले दिएको छ । यसले सबै महिला कामधन्दा छाडेर तिज र दर भन्दै हिँडेका हुन् कि भन्ने भ्रम पनि सिर्जना गरेको छ । यही भ्रमका कारण नकारात्मक टिप्पणी पनि महिलाहरूले उत्तिकै सुन्नु परेको छ । 

संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्धका सबै प्रकारको भेदाभाव उन्मूलन गर्ने अभिसन्धि सिडका उपाध्यक्ष बन्दना राणा महिलाले दुईरचार दिन तिज भनेर उत्सवको रूपमा मनाउँदै हिँडेकोमा समाजले त्यति धेरै टिकाटिप्पणी गर्न आवश्यक नभएको बताउनुहुन्छ । वर्षको अधिकांश समय श्रीमान्, छोराछोरी र आफन्तका लागि समर्पण गरेर बस्ने महिलाले दुईरचार दिन साथीसङ्गीसँग आफ्नो गच्छे अनुसार रमाउन खोज्नु अन्यथा नहुने उहाँले बताउनुभयो । व्यक्ति आफू स्वयम् रमाउन सके मात्र अरूलाई खुसी राख्न सक्छ । परम्परा र संस्कृतिलाई समयसापेक्ष रूपमा वैज्ञानिक ढङ्गले अगाडि बढाउनु पर्ने उहाँको तर्क छ । नेपाली हिन्दु महिलाले मनाउँदै आएको तिज र यसले महिलाको मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावलाई उत्सवको रूपमा विश्व समुदायमाझ पु¥याउन सक्नुपर्ने उहाँको भनाइ छ । 

पारिवारिक माहोलमा धार्मिक आस्था र निष्ठापूर्वक मनाउँदै आएको तिज पहिले पहिले एकाघरका दिदीबहिनी तथा साथीसङ्गीसँग बसेर मनाउने गरिए पनि पछिल्ला केही दशकदेखि व्रmमशः साङ्गठनिक चाड बन्न पुगेको छ । विशेष गरी चेलीलाई विशेष महत्व र मान्यता दिएर मनाइँदै आएको यो चाड परिवारको सङ्ख्या घट्दो क्रममा रहेको र महिलाको बाहिरी दुनियाँसँगको सङ्गत बढ्दो क्रममा रहेकाले पनि यो चाड मनाउने शैलीमा परिवर्तन आएको धारणा संस्कृत विद्यापीठका प्रमुख प्राडा भागवत ढकालको छ । 

समाज विकसित हुने क्रममा हाम्रा परम्परा र संस्कृतिहरूमा परिवर्तन आउनु सामान्य नै भएको उहाँको ठम्याइ छ । शिक्षा र चेतनाको स्तरमा वृद्धि हुँदा, आर्थिक रूपमा महिला आत्मनिर्भर र सबल हुँदा उनीहरूले आफूलाई आनन्दित राख्न रमाउन खोज्नु स्वाभाविक नै मानिन्छ । पारिवारिक घरधन्दामा मात्र सीमित नरही कामको दुनियाँमा निस्किएका महिलाले यो चाडलाई अलि व्यापक बनाएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पहिले पहिले अपुगेको अवस्थामा छिमेकीले पनि थाहा नपाउने गरी मिठोमसिनो खाने सामाजिक अवस्थाबाट अहिले अलि सहजको अवस्थामा पुग्दा चाडपर्वकै निहुँमा छोरीबेटीलगायत आफन्तलाई बोलाएर मिठोमसिनो ख्वाउनु, दुईरचार जना जम्मा भएपछि नाचगान गरेर रमाउनु अन्यथा नहुने उहाँको भनाइ छ तर स्वतन्त्रता र स्वच्छन्दताको नाउँमा उछृङ्खलताले प्रश्रय भने पाउन नहुने उहाँ बताउनहुन्छ । स्वदेशमा मात्र होइन विदेशमा पनि यो चाड मनाउन महिला निकै हौसिएको सामाजिक सञ्जालमा देखिन्छ । एक प्रकारले यसलाई सांस्कृतिक सम्मेलनभन्दा पनि हुन्छ । यसबाट यो चाडको बारेमा नयाँ पुस्तालाई जानकारी पाउने अवसर पनि बन्छ । विदेशी भूमिमा त तिज कुनै जातिविषेशको चाड नभएर समग्र नेपालीको चाडको रूपमा स्थापित हुँदै गएको छ ।

कुनै पनि चाड मनाउनु भनेको तनलाई मजबुत बनाउनु, बुद्धिलाई धारिलो बनाउनु र मनलाई अध्यात्मिकतामा डो¥याउनु हो । तिज चाडको समग्र क्रियाकलापलाई हेर्दा महिलाको तनलाई मजबुत बनाउँछ । साथीसङ्गीसँगको आपसी अन्तर्क्रिया र नाचगानले बुद्धिलाई धारिलो बनाउँछ । मनलाई ईश्वरप्रति आकृष्ट गर्दै जीवनलाई अध्यात्मतर्फ उन्मुख गराउँछ । 

तिज मनाउने शैलीमा बाहिर देखिएको ‘तडकभडक’ले के धार्मिक आस्थामा पनि परिवर्तन ल्याएको छ त रु संस्कृतिविद् जगमान गुरुङ भन्नुहुन्छ, ‘‘ईश्वरीय आराधना गर्ने तरिका र शैली आआफ्नै हुन्छन् । सबैले आआफ्नो कुल परम्परा अनुसार नै यो दिन धार्मिक कार्यमा सरिक भएको देखिन्छ । यद्यपि, त्यसमा अघिल्लो पुस्ताको जस्तो पानी पनि पिउन हुन्न भन्ने कठोर सङ्कलपहरूमा भने संशोधित हुन थालेको छ । व्रतालुहरूले आफ्नो शारीरिक अवस्थाको ख्याल गरेर व्रत कसरी बस्ने भन्ने सङ्कल्प गर्नु पर्छ ।’ 

 ‘दर खाने’ सम्बन्धमा 

‘दर खाने’ सन्दर्भमा भने समाजमा पछिल्लो समय निकै टीकाटिप्पणी हुन थालेको छ । धार्मिक सन्दर्भमा हिमालयकी पुत्री पार्वतीले कडा तपस्या गरेर बसेको समयमा केवल जीवन धान्नका लागि भाद्र शुक्ल द्वितीयाको रात फलफूल मात्र खाएको प्रसङ्ग रहेको छ । त्यसै कथाको सिको गर्दै घरपरिवारमा भएका महिला तथा चेलीहरू जम्मा भएर अघिल्लो रात मिठोमसिनो परिकार बनाएर खाने चलन रहँदै आएको छ । 

पछिल्ला केही दशक यता भने यस परम्परालाई थप व्यापकता प्रदान गर्दै राजनीतिक दल, तिनका भ्रातृ तथा भगिनी संस्था, कार्यस्थल, औद्योगिक प्रतिष्ठान, सङ्घ सङ्गठनहरू स्थानीय तहदेखि केन्द्रीय तहसम्मका कार्यालयमा ‘दर खाने’ भन्दै तिजभन्दा केही हप्ताअघि नै जम्मा भएर खानपिन र नाचगान गर्न थालिएको छ । नयाँ संस्कृतिको रूपमा विकास हुँदै गएको यस्तो परम्पराको सामाजिक आलोचना पनि उत्तिकै हुने गरेको छ । यद्यपि, यो क्रम रोकिएको छैन । झन् बढ्दो छ । कतिपय स्थानीय तहले त विभिन्न गोष्ठी र सेमिनारको ब्यानर झुन्ड्याएर पनि तिजको नाचगान गर्ने गरेको देखिएको छ । यसरी सङ्घसङ्गठनले आफ्नो साङ्गठनिक क्रियाकलापमा नै यो पर्वलाई जोडेको पाइन्छ । 

यस्तो प्रवृत्तिको विकाससँगै होटल र पार्टी प्यालेस सञ्चालकहरूले यसलाई व्यावसायिक अवसरको रूपमा लिएर विभिन्न प्याकेज योजना अगाडि सार्न थालेका छन् । संस्कृतिविद् जगमान गुरुङ धार्मिक आस्थासँग जोडिएको दर खाने परम्परालाई ‘थ्रिडी’ ९अर्थात् ड्रिङ्क्स, डिनर र डान्स० भन्दै विकृत गर्न भने नहुने धारणा राख्नु हुन्छ । धार्मिक परम्पराको मर्यादालाई सोही अनुरूपमा अगाडि बढाउँदा राम्रो हुने उहाँको सुझाव छ । ‘थ्रिडी’ को रूपमा मनाउने नै भए अरू नाम र अवसरको खोजी गर्दा राम्रो हुने उनको भनाइ छ । उनले भने जस्तै संस्कृतिमाथि विकृति नलागोस् भनेर सरकारको पनि ध्यान तानिएको छ ।

पोखरा, धादिङलगायतका कतिपय जिल्ला प्रशासन कार्यालयले त सार्वजनिक सूचना नै प्रकाशित गरी पूर्वस्वीकृतिबिना सामूहिक रूपमा दर खाने र तिजको नाचगान गर्ने कार्यक्रम नगर्न आदेश दिएको छ । तर पनि यो रोकिएको देखिँदैन । पछिल्लो समयमा महिला राजनीतिक रूपमा होस् वा सहकारीमा होस् वा विभिन्न समूह वा पेसागत सङ्घसङ्गठनमा नै किन नहोस् कहीँ न कहीँ आबद्ध भएकै हुन्छन् । सोही आबद्धतालाई सुदृढ, बलियो कसिलो बनाउने अवसरको रूपमा पनि तिज शुभकामना वा दर कार्यक्रम आयोजना हुने गरेको छ । 

प्रसङ्ग ऋषिपञ्चमीको

तिजको पर्सिपल्ट मनाइने पञ्चमीको आफ्नै कथा र परम्परा छ । यस दिन महिलाले सबेरै उठेर मिलेसम्म नजिकको नदी वा तलाउमा पुगेर तुलसीको जराको माटो, पाएसम्म अन्य पवित्र तीर्थको माटो, गोबरले शरीर स्नान गर्ने ३६५ वटा दतिउनको टुक्राले दाँत माझ्ने परम्परा रहँदै आएको छ । यो परम्परालाई हेर्दा यस दिन महिलाले निर्धक्क भएर आफ्नो शरीरको ख्याल राख्न पनि यो चाडले सिकाएको छ । सप्तमृत्तिका लगाएर विधिपूर्वक पवित्र नदी, तलाउमा गई स्नान गर्नाले चर्म रोग नलाग्ने सौन्दर्य वृद्धि हुने विश्वास रही आएको छ ।

दतिउनमा पनि आयुर्वेदिक औषधीय गुण उत्तिकै रहेको विभिन्न अनुसन्धानले देखाएको छ । यद्यपि, अहिले भने सहर बजारमा यो सबै प्रक्रियामा परिवर्तन आइसकेको छ । यसरी स्नान गरेपछि सबै जना जम्मा भएर अरून्धतीसहित सप्तऋषिको पूजा गरेर नाचगान गर्ने परम्परा रहेको छ । 

कुल धर्म र वंश परम्परालाई अगाडि बढाउने जिम्मेवारी पनि महिलाले अझ बढी बोध गरेका कारण पनि ज्ञान, गुण र सुन्दरताले युक्त ऋषि पुज्ने परम्परा रहेको व्याख्या पनि गरिएको पाइन्छ । यो किसिमको पूजा आराधना गर्दा महिलाले आफूले जान अन्जानमा वर्षभरि गरेका पापहरूको प्रायश्चित गर्ने अवसरको रूपमा पनि लिइन्छ । कतिपयले यसलाई महिलाको महिनावारीसँग जोडेर पनि व्याख्या गरेको पाइन्छ ।

महिलाले महिनावारीको समयमा जथाभावी छाइछुतो गरेको पाप कट्टी होस् भनी सप्तऋषिको पूजा आराधना गर्नु पर्छ भन्ने परम्परागत कथनलाई लिएर पनि यसले महिलाविरुद्धको भेदभाव बढाएको भनी आलोचना हुने गरेको छ तर महिनावारीको समयमा महिलालाई घरायसी कामधन्दाबाट अलग राखेर पोषणयुक्त खानेकुरा दिँदै आरामको अवसर प्रदान गर्नु आफैँमा नराम्रो नभएको धारणा डा। ढकालको छ । उनी भन्छन्, “आधुनिक समाजमा ऋषि पञ्चमीको पूजाको सन्दर्भलाई महिलाले आत्मसमीक्षा र आत्मशुद्धिको अवसरको रूपमा हेर्दा उपयुक्त हुन्छ । यसबाट जीवनलाई संयमित र संवेगलाई नियन्त्रण गर्न प्रेरणा मिल्छ ।” 

पुरुषहरूले पनि व्रत बस्नु पर्छ

परम्परागत रूपमा तिजको व्रत महिलाले मात्र बस्ने चलन छ तर व्रतको मियोको रूपमा भने पुरुष नै रहने गरेको छ । श्रीमान् वा सन्ततिको दीर्घायुको कामना गर्ने, शिव र सप्तऋषिको पूजा गर्ने यी सबै कार्य भनेको पुरुषका लागि नै हो जस्तो देखियो । पारिवारिक सुख, शान्ति, आपसी प्रेम र सद्भावका लागि यो व्रत हो भने पुरुषले पनि महिला जति नै कटिबद्ध भएर गरेमा प्रतिफल अझ बढी हुन सक्छ । यद्यपि यो दिन महिला पुरुष दुवैले व्रत बसेर भगवान् शिवको आराधना गर्दा कुनै हानिनोक्सानी नहुने, आपसी प्रेम र सद्भाव अझ प्रगाढ हुने विश्वास प्राडा ढकालको छ । 

अर्थतन्त्र चलायमान 

त्यसो त हिन्दु समाजमा नागपञ्चमीपछि धमाधम चाडपर्व सुरु हुन्छन् । ती चाडपर्वका कारण मुलुककै अर्थतन्त्र नै अधिक चलायमान हुने समय पनि सुरु हुन्छ । बाबुको मुख हेर्ने औँसी, तिज, सोह्रश्राद्ध त्यसपछिका दसै, तिहार र ठुलो एकादशी जस्ता चाड निकै ठुलो उत्सवका साथ मनाइन्छ । यसमा समाजले आफ्नो गच्छे अनुसार मन खोलेर खर्च गर्ने गरेको पाइन्छ । 

तिजमा भने महिलाका कपडा, सुनका गरगहना, शृङ्गारका सामग्री तथा चुरापोतेको बजार निकै गुल्जार हुन्छ । पछिल्लो समय त अनलाइन बजारको तँछाडमछाड देख्दा तिजसँग जोडिएको अर्थतन्त्रको आकार निकै ठुलो भएको अनुमान गर्न सकिन्छ । यद्यपि यसको आकार कति ठुलो छ भन्ने ठोस अध्ययन नै भएको पाइँदैन । अझै साङ्गठनिक रूपमा तिज मनाउन सुरु हुनाले त यसलाई बढवा दिइरहेको छ । 

गीतसङ्गीतको बजार 

तिज र गीतसङ्गीत एकअर्काका पर्याय झैँ लाग्छन् । गीतबिनाको तिज अर्थहीन लाग्छ । विगतमा महिलाले आफ्नो दुःख सुख र वेदनालाई तिज गीतको भाकामा पोख्ने गर्थे । पछिल्लो समय भने राजनीतिक चेतना र समाज परिवर्तनका स्वरहरू तिजको गीतमा समावेश भएको पाइन्छ । अझ एकाध वर्ष यतादेखि त प्रविधिमा जोडिएका गीत बन्ने गर्छन् । एकाध तिजका गीत दशकौँसम्म चलेका छन् भने धेरै जसो गीत केही साता चल्ने र हराउने गरेको पाइन्छ । सामाजिक सञ्जालको प्रभाव बढेसँगै तिज गीतको आयु भने छोटिएका अनुभव हुन थालेको छ तर ‘तिजको रहर आयो बरिलै’ गाउने रहर चाहिँ हरेक तिजमा बढ्ने नै छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...

हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...

नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीयको स्थिरता, किसान मारमा

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...

बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...

थरमा अपमानित भए फेर्न सकिन्छ’

काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...

५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...

नेपालमा समानुपातिक प्रणाली स्थापनामा माओवादी जनयुद्धको भूमिका

नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...

जेनजी आन्दोलन प्रकरण : ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: